default_image

breaking big news

November 19, 2018

एपीएफ विरुद्ध फ्रेन्ड्स (प्रत्यक्ष प्रसारण )

पल्सर सहिद स्मारक ए डिभिजन लिग एपीएफ विरुद्ध फ्रेन्ड्स क्लब प्रत्यक्ष प्रसारण : पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजेको खेलमा फ्रेन्ड्स क्लब र एपीएफ खेल्दैछन् । फ्रेन्ड्सले पहिलो खेलमा थ्री स्टारसँग २-१ को पराजय बेहोरेको थियो । एपीएफ भने हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको थियो । पहिलो जितको खोजीमा […]

November 19, 2018

संकटाको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको पहिलो खेलमा सीएमजी क्लब संकटाले जावलाखेल युवा क्लबलाई २-० ले पराजित गरेको छ । १० खेलाडीमा सिमित संकटाको जितमा सेड्रिक अबाले २ गोल गरे । खेलको १९ अौं मिनेटमा संकटा १० खेलाडीमा सिमित भएको थियो । पहिलो पहेंलो कार्ड पाएको एक मिनेट नबित्दै एलोन […]

November 19, 2018

जावलाखेल विरुद्ध संकटा (प्रत्यक्ष प्रसारण)

सहिद स्मारक ए डिभिजन लिग जावलाखेल युवा क्लब विरुद्ध सीएमजी संकटा प्रत्यक्ष प्रसारण संकटाले पहिलो खेलमा सरस्वति युवा क्लबलाई १-० ले पराजित गरेको थियो । लक्ष्मण रुचालको इन्ज्युरी समयको गोलको मदतले संकटाले तीन अंक हात पारेको थियो । यता जावलाखेल भने पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-० ले पराजित भएको थियो । यी दुई क्लबको […]

November 19, 2018

दोस्रो चरणका अन्तिम तीन खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत दोस्रो चरणको अन्तिम तीन खेल आज हुँदैछन् । आज हुने दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र एक खेल हल्चोकस्थित एपीएफ रंगशालामा हुनेछ । दिनको पहिलो खेलमा जावलाखेल युवा क्लब र सीएमजी संकटा क्लब भिड्नेछन् । संकटाले पहिलो खेलमा सरस्वति युवा क्लबलाई १-० ले पराजित गरेको […]

November 18, 2018

रुस्लान थ्री स्टारको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अाइतबारको दोस्रो खेलमा रुस्लान थ्री स्टारले ब्रिगेड ब्वाइज क्लबलाई ५-१ ले पराजित गरेको छ । खेलको नवौं मिनेटमा थ्री स्टारले सुरुवाती अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र दिपेन सिंहले निराजन खड्कालाई लडाएपछि रेफ्रिले पेनाल्टी दिए । रन्जित धिमालले पेनाल्टीलाई सजिलै गोलमा परिणत गर्दै अग्रता […]

November 18, 2018

पहिलो हाफमा रुस्लान थ्री स्टारको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अाइतबारको दोस्रो खेलमा रुस्लान थ्री स्टार र ब्रिगेड ब्वाइज क्लब खेल्दैछन् । पहिलो हाफमा थ्री स्टारले १-० को अग्रता लिएको छ । खेलको १० अौं मिनेटमा थ्री स्टारले सुरुवाती अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र दिपेन सिंहले निराजन खड्कालाई लडाएपछि रेफ्रिले पेनाल्टी दिए । […]

November 18, 2018

रुस्लान थ्री स्टारविरुद्ध ब्रिगेड ब्वाइज (प्रत्यक्ष प्रसारण)

पल्सर सहिद स्मारक ए डिभिजन लिग रुस्लान थ्री स्टार विरुद्ध ब्रिगेड ब्वाइज क्लब प्रत्यक्ष प्रसारण सुरुवाती ११ : थ्री स्टार : एलन न्यौपाने, रजिन धिमाल, पिटर सेगुन, विजय धिमाल, विक्रम लामा(कप्तान), रुपेश केसी, निराजन खड्का, सुनील बल, बुद्ध चेम्जोङ, अजायी मार्टिन्स, रन्जन विष्ट ब्रिगेड ब्वाइज क्लब : आकाश रानाभाट, रन्दिप पौडेल, दिलेन लोक्तान, रजत तिवारी, […]

November 18, 2018

मैदान फर्किए विक्रम, बीबीसीविरूद्ध कप्तानी गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एवं रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामा झन्डै ९ महिनापछि मैदान फर्कने भएका छन् । राजधानीमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत ब्रिगेड ब्वाइज क्लबविरुद्धको खेलका लागि विक्रमले थ्री स्टारको कप्तानी गर्दैछन् । गत माघमा बुढासुब्बा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध खेल्दा खुट्टा […]

November 18, 2018

पुलिस र मछिन्द्रको गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ । मछिन्द्रले रक्षात्मक रणनीति अपनाउँदै लगातार दोस्रो खेलमा गोलरहित बराबरी खेलेको हो । पुलिसले भने पहिलो खेलमा जावलाखेललाई १-० ले पराजित गरेको थियो । पहिलो हाफमा मछिन्द्रमाथि दबाब राखेको पुलिसले दोस्रो […]

November 18, 2018

पुलिसविरुद्ध मछिन्द्र : पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लब भिड्दैछन् । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको छैन । राष्ट्रिय खेलाडीको उपस्थिति रहेको पुलिसले मछिन्द्रलाई दबाबमा राखेपनि गोल गर्न भने सकेको छैन । मछिन्द्रका गोलरक्षक दीप कार्कीले केहि राम्रो बचाउ गरेका छन् । पहिलो हाफको […]

Success

Thank you for your time.