default_image

breaking big news

November 21, 2018

ए डिभिजन लिग : तेस्रो चरणमा दुई हेभीवेट खेल

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबारदेखि तेस्रो चरणका खेलहरु सुरु हुँदैछ । दोस्रो चरणको समाप्तिमा रुस्लान थ्री स्टार र मनाङ मर्स्याङदी क्लब शीर्ष दुई स्थानमा छन् । तेस्रो चरणको पहिलो दिन नै शीर्ष दुई टोलीको भिडन्त हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो २ बजे मनाङ र रुस्लान थ्री स्टारले खेल्नेछन् […]

November 21, 2018

ब्राजिलको साँघुरो जितमा नेयमार घाइते

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राती भएको खेलमा ब्राजिलले क्यामरुनलाई १-० ले पराजित गरेको छ । खेलको सुरुवाती समयमै फरवार्ड नेयमार भने चोट बोक्दै बाहिरीए । खेलको आठौं मिनेटमा नै ब्राजिलका कप्तान समेत रहेका नेयमार तिघ्राको चोट बोकेपछि मैदान छाड्न बाध्य भएका थिए । उनको स्थानमा एभरटनका रिचार्लीसन मैदान प्रवेश गरे भने मार्किन्होसले […]

November 20, 2018

नेपालले ग्वान्झाउसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले चिनियाँ क्लब ग्वान्झाउ आर एण्ड एफसँगमैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार विज्ञप्ति जारी गर्दै चिनियाँ सुपर लिगमा प्रतिस्पर्धा गर्ने क्लबसँगको खेल पक्का गरेको हो । खेलको मिति तय नभएपनि सन् २०१९ जनवरीमा हुने एन्फाले जनाएको छ । नेपाली टोलीले केहि […]

November 20, 2018

नेपालले महिला साफ च्याम्पियनसिप आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सन् २०१९ मा महिला साफ च्याम्पियनसिपको पाँचौ संस्करण आयोजना गर्ने पक्का भएको छ । नेपाल यसअघी तीन पटक फाइनल र पछिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो । मंगलबार दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले नेपाललाई आयोजनाको जिम्मेवारी सुम्पिएको हो । प्रतियोगिता ११ देखि २१ मार्च २०१९ सम्म विराटनगरमा हुनेछ । प्रतियोगितामा […]

November 20, 2018

सन्दीपले पाकिस्तान सुपर लिग खेल्ने

काठमाडौं – पाकिस्तान सुपर लिग (पीएसएल) को अक्सनमा लेग स्पिनर सन्दीप लामिछाने छनोट भएका छन् । सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको छ। इस्लामावाद चलि रहेको ड्राफ्टमा लाहोर कलन्दर्सले सन्दीपलाई छनोट गरेको हो । तर कति मुल्यमा भन्ने आधिकारीक रुपमा खुलेको छैन । विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार […]

November 20, 2018

सोमपाल र सन्दीप ड्राफ्टमा परेको पीएसएल अक्सन आज

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिगको अक्सन आज इस्लामबादमा हुँदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुइ सदस्य सन्दीप लामिछाने र सोमपाल कामी ड्राफ्टमा हुँदा अक्सनलाई निकै महत्वका साथ हेरिएको छ । तीव्र गतिका बलर सोमपाललाई सिल्भर क्याटगरि विदेशी खेलाडीको सूचिमा राखिएको छ । लेग स्पिनर सन्दीप लामिछाने गोल्ड क्याटगरिमा रहेका छन् । पछिल्लो एक वर्षमा […]

November 20, 2018

जर्मनीलाई रोक्दै नेदरल्यान्ड अन्तिम चारमा, फ्रान्स रोकियो

साल्के (एजेन्सी) – दुई गोलले पछि परेको स्थिति उल्ट्याएर नेदरल्यान्डले जर्मनीसँग २–२ गोलको बराबरी खेल्दै युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । नेदरल्यान्डले लिग ए को समूह १ बाट समूह विजेताको रुपमा प्ले अफमा स्थान बनाउदा विश्वविजेता फ्रान्स रोकिएको छ । जर्मनी भने यसअघि नै रेलिगेसनका परेको थियो । नेदरल्यान्डको ४ खेलबाट ७ […]

November 19, 2018

न्युजिल्यान्डसँग पाकिस्तानको नाटकीय हार

अबुधाबी (एजेन्सी) – न्युजिल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तानले नाटकीय हार बेहोरेको छ । एक समय १३०-४ को स्थितिमा रहेको पाकिस्तानले  अन्तिम २० ओभरमा ४१ रन जोड्दै ६ विकेट गुमाएपछि ४ रनले पराजित हुन पुगेको हो । १ सय ७६ रनको सामान्य लक्ष्य पक्ष्याएको पाकिस्तान चौथो दिन १ सय ७१ रनमा समेटियो । पाकिस्तानका लागि दोस्रो […]

November 19, 2018

दोस्रो चरणपछि यस्तो छ अंक तालिका

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार तीन खेल सकिएसँगै दोस्रो चरणका खेलहरु सकिएका छन् । दोस्रो चरणको समाप्तिमा थ्री स्टार लिगको शीर्ष स्थानमा छ । थ्री स्टारले दोस्रो चरणको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५-१ ले पराजित गर्दै शीर्ष स्थानमा कब्जा जमाएको हो । मनाङ मर्स्याङदीले पनि एनआरटीलाई २-० ले पराजित […]

November 19, 2018

अन्तिम मिनेटको गोलमा एपीएफको जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रवीन स्याङतानले खेलको अन्तिम समय गोल गरेपछि पल्सर सहिद स्मारक ए डिभिजन अन्तर्गत दोस्रो खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई १-० ले पराजित गरेको छ । एपीएफका लागि खेलको १३ औं मिनेटमा रुपबहादुर लामाले गरेको प्रहार बंगलादेशी गोलरक्षक मोहमद नुरुल करीमले बचाए । लगत्तै प्रवीन स्याङतानको प्रहार पनि उनैले विफल तुल्याए । फ्रेन्ड्सले […]

Success

Thank you for your time.