default_image

breaking big news

April 6, 2025

अफगानिस्तानद्वारा नेपाललाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- यु १९ सिरिजमा अफगानिस्तानले नेपाललाई जितको लागि १ सय ६९ रनको चुनौती दिएको छ। मुलपानी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्र बनायो। आज अफगानिस्तानका खेलाडीहरूले ब्याटिङमा संघर्ष गरे। अफगानिस्तान विरूद्ध नेपालले राम्रो सुरुवात गर्यो। ३८ रन जोड्दा उसले ४ विकेट […]

April 6, 2025

शीर्ष स्थानको बार्सिलोना रोकियो

एजेन्सी – बार्सिलोना घरेलु मैदानमा शनिवार रियल बेटिससँग १-१ को बराबरीमा रोकिएको छ। त्यसका बाबजुद ला लिगाको शीर्ष स्थानको बार्सिलोनाले प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ४ अंकले पछि पारेको छ। ह्यान्सी फ्लिकको टोलीले एकतर्फी प्रदर्शन गरेपनि बराबरीमा‌ चित्त बुझाउनु पर्यो। सबै प्रतियोगितामा लगातार ७ खेल जितेको यात्रा पनि बेटिसले तोडिदियो। सातौं मिनेटमा मिडफिल्डर गाभीको गोलमा बार्सिलोनाले अग्रता […]

April 6, 2025

आर्सनललाई एभर्टनले रोक्यो

एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगमा शनिवार बराबरीमा रोकिएको छ। दोस्रो हाफमा इलिमान एन्डियायेको पेनाल्टी गोलले एभर्टनले आर्सनलसँग १-१ बराबरी रोकेको हो । यसले आर्सनलको उपाधि दौड झन् कमजोर भएको छ। माइल्स लुइस-स्केलीले ज्याक ह्यारिसनलाई फाउल गरेपछि ४९ औं मिनेटमा एभर्टनले पेनाल्टी पायो । एन्डियायेले पेनाल्टीमा गोल गरे। जारी सिजनमा त्यो उनको सातौं प्रिमियर लिग […]

April 6, 2025

पिएसजी लिग वान च्याम्पियन

एजेन्सी – डिजायर डुएले एक मात्र गोल गर्दै पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार एन्जेर्स १-० ले हराएपछि ६ खेलअघि नै फ्रेन्च लिग वानको उपाधि जितेको छ। लुइस एनरिकको टोलीलाई यो सिजन च्याम्पिय बन्नका लागि १ अंक मात्र आवश्यक थियो। तर डुएले ख्विचा ख्वारात्स्खेलियाको क्रसमा ५५औं मिनेटमा गरेको भली गोलले टोलीले ३ अंक जोड्यो । यसअघि […]

April 5, 2025

राजस्थानले पन्जाबलाई हरायो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले दोस्रो जित हात पारेको छ। राजस्थानले आज पन्जाब किंग्सलाई ५० रनले हराएको छ। जितको लागि २ सय ६ रनको लक्ष्य पछाएको पन्जाब २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रनमा नै समेटियो। पन्जाबले अत्यन्त खराब सुरुवात गर्यो। २६ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। ओपनर […]

April 5, 2025

जीतपुरसिमरा गोल्डकप – आयोजक सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा मोहित गुरुङको निर्णायक गोलमा आयोजक नव जनजागृति युवा क्लब सिमराले जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। हेटौंडाको एन्फा मकवानपुरलाई १-० ले हराउँदै नव जनजागृति अन्तिम चारमा पुगेको हो। मोहितले खेलको ८५ औं मिनटमा गोल गरे । कर्नर एरियाबाट मोहितले हानेको लङ रेन्ज बलले सिधै जाली चुम्दा हेटौंडाका गोलरक्षक टोपबहादुर रानाले रोक्ने […]

April 5, 2025

राजस्थानले पन्जाबलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्सले पन्जाब किंग्सलाई २ सय ६ रनको चुनौति दिएको छ। महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइपिएलमा अहिलेसम्म २ सय रन कुनैपनि टोलीले कटाउन सकेका थिएन । पन्जाबले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाउँदै २०५ रन जोड्यो। ओपनर यशस्वी […]

April 5, 2025

अस्ट्रेलियन ओपन कराते – नेपाली सबैले पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा भाग लिन नेपालबाट गएका सबै ५ खेलाडीले पदक‌ जितेका छन्। शनिवार करातेकी कीर्तिमानी खेलाडी एरिका गरुङले स्वर्ण र बाँकी सबै खेलाडीले कास्य पदक जितेको नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए । हिमालयन वारियर एरिकाले ६८ केजी माथि तौल समूहमा विजेता बनेकी हुन् । महिला ६१ केजी […]

April 5, 2025

ललितपुर र धनगढीले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा शनिवार दोस्रो खेलमा ललितपुरले दबाब बनाउँदै गोल गर्ने मौका सिर्जना गरपनि गोल गर्न सकेन। पहिलो खेलमा ४ गोल गरेको धनगढीले आज संघर्ष गर्यो। खेलको नवौं मिनेटमा साविक विजेता ललितपुरले अग्रता बनाउने मौका […]

April 5, 2025

त्रिशुली अल्ट्रा रेस – सुनसरी र होमलाललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेस‌को महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]

Success

Thank you for your time.