default_image

breaking big news

April 5, 2025

पोखराको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा काठमाडौं रेजर्सलाई २-० ले स्तब्ध बनाउँदै पोखरा थन्डर्सले सिजनको पहिलो जित हात पारेको छ । तेस्रो खेलमा आएर अंकको खाता खोलेको पोखराले यो जितबाट महत्त्वपूर्ण ३ अंक जोडेको हो । यसअघि लगातार दुई खेल हारेको पोखरालाई जित्नैपर्ने दबाब थियो । आज उसले पछिल्लो दुई खेलको हार मात्र […]

April 5, 2025

पहिलो हाफमा पोखराको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा अहिले पोखरा थन्डर्स र काठमाडौं रेजर्सबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा पोखराले १-० को अग्रता बनाएको छ। अंक बिहिन पोखरा अंक तालिकाको पुछारमा छ। उसले यसअघिको दुवै खेल हारेको छ। आजको खेल जित्नैपर्ने दबाबमा पोखरा छ। यता पहिलो संस्करणको विजेता काठमाडौंलाई भने पहिलो जित निकाल्ने […]

April 5, 2025

हङकङ सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आइ सिरिजको लागि १४ सदस्यीय नेपाली टाेलीकाे घाेषणा भएकाे छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । २० सदस्यीय बन्द प्रशिक्षणमा रहेको टोलीबाट अन्तिम छनोट गरिएको हो । बन्द प्रशिक्षणमा रहेका किरण ठगुन्ना, अर्जुन […]

April 5, 2025

एरिकाले जितिन् अस्ट्रेलियन ओपनमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली करातेकी कीर्तिमानी खेलाडी एरिका गरुङले अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन्। हिमालयन वारियर एरिकाले शनिवार ६८ केजी माथि तौल समूहमा विजेता बनेकी नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए । सन्‌ २०२३ मा‌ १९ औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन्। गत वर्ष एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी […]

April 4, 2025

जीतपुरसिमरा गोल्डकप- बिएफसी भरतपुरको जित

सुनिल गाउँले,सिमरा हनामी बिएफसी भरतपुरले जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बाराको सिमरा रंगशालामा शुक्रवार राति फ्लडलाईटमा भएको १५ औं सिमरा गोल्डकपको उद्घाटन खेलमा भरतपुरले सिरहाको सलहेश युवा क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । भरतपुरको जितमा विशाल योञ्जन र राज भुषालले गोल गरे । सिरहाका लागि सुशील […]

April 4, 2025

साबामा टाइम्सको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। टाइम्सले शुक्रवार माल्दिभ्सको ट्रेक्स बिसीलाई ६७–५९ ले पराजित गर्दै पहिलो जित निकालेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको खेलको पहिलो क्वाटरमा टाइम्स १८ अंकमा रोकियो। ट्रेक्सले २० अंक बनायो। तर दोस्रो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै २२–११ को […]

April 4, 2025

एनएसएलमा चितवनको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ। चितवनले शुक्रवार बुटवल लुम्बिनी एफसीमाथि १-० को कठिन जित निकाल्यो। चितवनको जितमा टोरिक जेब्रिनले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो। दशरथ रंगशालामा दुवै टोलीका खेलाडीको प्रदर्शन कमजोर रह्यो। मिडबाट केहि मुभ सिर्जना भएपनि अधिकांश मिस पास भयो। […]

April 4, 2025

एनएसएल : उपेक्षित नेपाली गोलरक्षककै रवाफ!

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को खेलाडी अक्सनमा सहभागी टिमहरुले गोलरक्षक अनुबन्धनमा खासै इच्छा देखाएनन् । यहाँसम्मकी अक्सन हुने समयमा राष्ट्रिय टोलीमा रहेका तीनै गोलरक्षक एक समय अनसोल्ड समेत रहे । तर एनएसएलको सुरुवाती ६ खेल हेर्दा विदेशी गोलरक्षक खेलाउने टोलीको निर्णयले टोलीलाई खासै फाइदा गरेको देखिदैन । बरु अवसर पाएका नेपाली गोलरक्षकले […]

April 4, 2025

चेल्सीसँग टोटेनहमको हार

एजेन्सी – चेल्सी पुन: इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। टोटेनहमलाई १-० ले पराजित गरेपछि म्यानचेस्टर सिटीलाई उछिन्दै चेल्सी चौथो स्थानमा पुगेको हो। एन्जो फर्नान्डेजले गोल गरेपछि चेल्सीले बिहीवार जित निकालेको हो । यसले टोलीले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बढायो। टोटेनहमको हारले मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुमाथि दबाब थपिएको छ । […]

April 3, 2025

काठमाडौं र झापाको लगातार दोस्रो बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिगको तेस्रो संस्करणमा काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टिमको यो लगातार दोस्रो बराबरी नतिजा हो । दशरथ रङ्गशालामा भएको खेलमा तुलनात्मक रूपमा काठमाडौंले गोल गर्ने मौका बढी सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । काउन्टर अट्याकमा झापाले केही अवसर सिर्जना गर्दै […]

Success

Thank you for your time.