May 24, 2017
सबाह (एजेन्सी) – मलेसिया र नेपालको राष्ट्रिय महिला टोलीका बिच आज भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ४-१ले पराजित भएको छ। पहिलो खेलमा १-१को बराबरी खेलेको नेपालले दुवै हाफमा २/२ गोल खाएको थियो भने दोश्रो हाफको अन्तिम समयमा सान्त्वना गोल फर्काएको थियो। खेलको सुरुआती समयमै सम्हालिन नसक्दा नेपालले दोश्रो मिनेटमा गोल खाँदै खेलमा पछि परेको थियो। […]
May 24, 2017
सबाह (एजेन्सी) – मलेसिया र नेपालको राष्ट्रिय महिला टोलीका बिच जारी अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफको समाप्तिमा नेपाल दुई गोलले पछाडी परेको छ। नेपाल खेलको सुरुआती समयमै सम्हालिन नसक्दा गोल खान पुगेको थियो। मलेसियाका लागि सेराईलिन एलि पियुसले चौथो मिनेटमा गोल गर्दै आग्रता दिलाएकी हुन्। खेलको ४२औ मिनेटमा नुराथिरहले गोल गर्दै मलेसियाको आग्रता दोब्बर परेकी थिइन्। […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा हुने मैत्रीपूर्ण शृंखला अन्तर्गत बुधबार दिउँसो नेपाल र मलेसियाको महिला राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेल हुँदैछ । सोमबार भएको पहिलो खेलमा १-१को बराबरी खेलेका टोली भोलि त्यसै रंगशालामा भिड्दै छन्। युएमएस रंगशालामा हुने दोस्रो खेलमा पहिलाको तुलनामा प्रदर्शनमा सुधार हुने प्रशिक्षक थापाको विश्वास छ । ‘हाम्रा खेलाडी सुरुमा केही दबाबमा देखिएका थिए […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रभावशाली जित निकालेको छ । प्रतियोगिता अन्तर्गत मंगलबारबाट सुरु भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले पूर्वाञ्चलमाथि ९ विकेटको शानदार जित निकालेको हो । आर्मीको शानदार जितमा सागर पुनले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे भने अनिल मण्डलले अर्धशतक पूरा गरे । कीर्तिपुरस्थित […]
May 23, 2017
सिसेना, इटाली(एजेन्सी)– मोटो जिपीका पूर्व विश्व च्याम्पियन निकी हेडेनको ३५ वर्षको उमेरमा निधन भएको छ । प्रशिक्षणको क्रममा कारको ठक्करले घाइते भएका हेडेनको उपचारको क्रममा मौरिजियो बुफालिनी अस्पतालमा मृत्यु भएको हो । रेड बुल होन्डा टोलीका लागि रेस गर्ने हेडेनलाई इटालीमा प्रशिक्षणका क्रममा साइकल चलाइरहेको अवस्थामा कारले ठक्कर दिएको थियो । उनी मे १७ मा […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – कुन खेललाई नेपालको राष्ट्रिय खेल बनाउने भन्ने बहस टुंगिएको छ । नेपालका लागि माटो सुहाउँदो खेल भनेर चिनिने भलिबलले राष्ट्रिय खेलका रुपमा मान्यता पाएको छ । मन्त्री परिषद्को सोमबार बसेको बैठकले भलिबललाई नेपालको राष्ट्रिय खेल मान्ने निर्णय गरेको छ । नेपालको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी र यसको व्यापक […]
May 22, 2017
एजेन्सी – नेपाल र मलेसियाको महिला राष्ट्रिय टोलीबिचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल १-१को बराबरीमा सम्पन्न भएको छ। कोटा किनाब्लुस्थित लिकस रंगशालामा खेलिएको खेलमा नेपालले १ गोल पछि परेको स्थितिलाई उल्टाउँदै बराबरीमा ल्याएको थियो। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोश्रो हाफको ६४औं मिनेटमा मलेसियाका लागि फरवार्ड दाद्री रफिनसले अग्रता दिलाएकी थिइन्। तर […]
May 22, 2017
सबाह (एजेन्सी) – मलेसिया र नेपालको राष्ट्रिय महिला टोलीका बिच जारि अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। कोटा किनाब्लुस्थित लिकास रंगशालामा भइरहेको खेलमा दुवै टोलीले कुनै गोल गर्न सकेका छैनन्।
May 22, 2017
स्पेन (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार रातिको खेलमा मालागालाई २-०ले पराजित गर्दै २०१६/१७को लिग उपाधि हात पारेको छ। क्लब इतिहासको ३३औं ला लिगा उपाधि जितेको म्याड्रिडले पाँच वर्षपछि लिग उपाधि जितेको हो। क्रिस्टियानो रोनाल्डोले खेलको दोस्रो मिनेटमै रियललाई खेलमा अग्रता दिलाएका थिए। इस्कोको पासलाई सदुपयोग गर्दै रोनाल्डोले म्याड्रिडलाई उपाधितर्फ लम्काएका थिए। पहिलो हाफमा […]
May 21, 2017
जाकार्ता (एजेन्सी)– नेपाली राष्ट्रिय टोलीका खेलाडी रोहित चन्दको क्लब इन्डोनेसियाको पर्सिजा जाकार्ताले लिगा १ मा अर्को बराबरी खेलेको छ । पर्सिजा र बाली युनाइटेडबीच आइतबार भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । २७ औं मिनेटमा लुइज जुनियरले पेनाल्टी चुकाएपछि रोहितको टोलीले अग्रताको मौका गुमाएको थियो । पहिलो रोजाइमा परेका रोहितले पुरै समय खेलेका थिए । […]