default_image

breaking big news

November 21, 2024

साफ महिला यु २० बंगालादेश र पुरुष यु १९ भारतमा हुने

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ यु २० महिला र यु १९ पुरुष च्याम्पियनसिपको आयोजनास्थल र मिति तय गरेको छ। प्रतियोगिता समितिको बुधवार बसेको बैठकले सो निर्णय गरेको साफले जनाएको छ। यु २० महिला‌ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी बंगालादेशले पाएको छ। च्याम्पियनसिप माघ २९ देखि फागुन ७ गते (फेब्रुअरी ११- २५) सम्म […]

November 20, 2024

ब्लु स्टार चितवनको प्रमुख प्रायोजक

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी टोली चितवन राइनोजको प्रमुख प्रायोजकमा ब्लु स्टार आबद्ध भएको छ । घरेलु सामाग्रीको उत्पादक ब्लु स्टारका प्रतिनिधि प्रतिक पन्त र चितवन टिमका अध्यक्ष आयुष न्यौपानेले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरे। चितवन राइनोजसँग साझेदारी गर्न पाउँदा खुसी लागेको पन्तले बताए । ‘यो साझेदारीको उद्देश्य एक अविस्मरणीय […]

November 19, 2024

‘हामीलाई क्षतिपूर्ति होइन न्याय चाहिन्छ’

काठमाडौं (हाम्रो खेलकुद )- मकवानपुरमा फूलको व्यवसाय गरिरहेकी ललिता घलानको एक मात्र सन्तान थिए, अनुपम। उनले दुःखैमा छोरा हुर्काई रहेकी थिइन्। १३ वर्षको छोराको इच्छा फुटबल खेलाडी बन्ने थियो। छोरालाई एकेडेमी जान रोक्ने कोशिस पनि गरिन्। तर छोराको इच्छा विपरित जान सकिनन्। वैकल्पिक खेलाडीको रूपमा उनलाई सिस्नेरीको एन्फा एकेडेमी पठाइन्। छोराको खेलाडी बन्ने सपनामा आमा […]

November 19, 2024

टिप टप हेल्प नेपालको कप्तानमा दीपकको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले कप्तानमा टोप बहादुर थापा ‘दीपक’ लाई निरन्तरता दिएको छ। हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा‌ रहँदा दीपकलाई कप्तानीको जिम्मेवारी दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत मंगलवार जानकारी दिएको‌ छ । दीपककै कप्तानीमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन […]

November 19, 2024

कर्नाटकको जितसँगै यू१९ सिरिज बराबर

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी मेन्स यू१९ एसिया कपको तयारीस्वरूप कर्नाटक यू१९ विरुद्ध अभ्यास सिरिजको चौथो खेलमा नेपाल ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य कर्नाटकले ३७ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । कर्नाटकको जितसँगै सिरिज २-२ को बराबरीमा पुगेको छ । अन्तिम खेल विहीबार हुनेछ । […]

November 19, 2024

कर्नाटकलाई नेपाल यू१९ को कमजोर लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी मेन्स यू१९ एसिया कपको तयारीस्वरूप कर्नाटक यू१९ विरुद्ध अभ्यास सिरिज खेलिरहेको नेपाली टोलीले चौथो खेलमा कमजोर ब्याटिङ गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ३५.१ ओभरमा अलआउट हुनुअघि १ सय ५ मात्र रन जोड्यो । नेपालका लागि ओपनर मयन यादवले ३४ र रोशन विकले नटआउट […]

November 19, 2024

एनपिएल – लिग चरणको खेल तालिका

काठमाडौं(हाम्रो खेलकुद) – पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को खेल तालिका सोमवार सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले जारी गरेको खेलतालिकाको लिग चरणका खेलहरु पुस १ गते सम्म हुनेछ । लिग चरणमा कुल २८ खेल हुनेछ । लिग चरणका खेल १७ दिनमा सकिनेछ । लिग चरणमा दुई दिन विश्राम, दुई दिन […]

November 19, 2024

पोर्चुगलसँग बराबरी खल्दै क्रोएसिया क्वाटरफाइनलमा

एजेन्सी – क्रोएसिया युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । पोर्चुगलसँग सोमवार १-१ को बराबरी खेल्दै क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेको हो । पोर्चुगल यसअघिनै प्रतियोगिताको अन्तिम ८ मा पुगिसकेको थियो। लिग ए‌ समूह १ मा पोर्चुगलले‌ १४ र क्रोएसियाले ८ अंक जोडेको छ। स्टेडियम पोलजुडमा क्रिस्टियानो रोनाल्डोसहित केही स्टार खेलाडीलाई विश्राम दिएका खेलको […]

November 18, 2024

जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक

जनकपुर (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमवार साँझ  जर्सी अनावरण  गरे। मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अन्तर्राष्ट्रिय राष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख […]

November 18, 2024

लुम्बिनीले १० दिनमा ७ खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार खेल तालिका सार्वजनिक गरेको छ । क्यानले मंसिर १५ देखि पुष ६ गते (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म संचालन गर्नेछ । एनपिएलको लिग चरणको खेल पुष १ गतेसम्म हुनेछ । यसका लागि लिग चरणको १७ दिनमा २ […]

Success

Thank you for your time.