December 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानमाथि जित निकाल्दै स्वर्ण प्रतिस्पर्धाको यात्रा कायमै राखेको छ । तुलनात्मक रुपमा कमजोर भुटानमाथि ब्याटिङ हाबी […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु मैदानको विशेषता र फाइदा भनेकै समर्थकको साथ हो । समर्थक विनाको खेल खेलाडीलाई खल्लो लाग्छ । घरेलु मैदान र समर्थकको साथ पाउँदा कमजोर टोली पनि बलियो बन्छ । समर्थकको राम्रो साथ दिन्छन् । उत्साह प्रदान गर्छन्, दबाब सिर्जना गर्छन् । त्यसैले सबै खेलाडीको चाहाना धेरै घरेलु समर्थक आउन भन्ने हुन्छ […]
December 5, 2019
पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा माल्दिभ्स महिला क्रिकेट टोली बंगलादेशसँग ६ रनमा अल आउट भएको छ । २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १२.१ ओभरमा ६ रनमा अल आउट भएपछि बंगलादेश २ सय ४९ रनको फराकिलो अन्तरले विजयी हुँदै फाइनलमा पुगेको छ । बंगलादेशले […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो अन्तर टि ट्वान्टीमा नेपालले हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो । यसअघि नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० हराएको सर्वाधिक ठूलो जित […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लको शतकमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भुटानलाई २ सय ३७ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । टि ट्वान्टी क्रिकेटमा नेपालले बनाएको यो हालसम्मकै उच्च […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुटानविरुद्ध शतक प्रहार गरेका छन् । यससँगै उनी टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले ५३ बलमा आफ्नो टि ट्वान्टी […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर पारस खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । पारसले २२ बलमा अर्ध शतक पुरा गरेका हुन् । टस हारेर ब्याटिङ थालेको नेपालले ७ ओभरमा ८९ रन जोड्न कुनै विकेट गुमाएको छैन । पारस २३ बलमा ९ चौका र१ छक्का सहित ५१ रनमा अविजित […]
December 5, 2019
काठमाडौं(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा टस जितेर भुटानले पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपाली टोलीमा दुई परिवर्तन भएको छ । युवा तीब्र गतिका बलर राशिद खानले डेब्यू गरेका थिए । राशिदलाई नेपाल क्रिकेट संघ […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग खेल्दै छ । खेल बिहान ९ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ । दुवै टोली पहिलो जितको खोजिमा छन् । नेपाल पहिलो खेलमा श्रीलंका यू२३सँग ६ विकेटले पराजित भएको थियो । भुटान श्रीलंका […]
December 4, 2019
एजेन्सी– भारतीय मोन्टी देशाईं वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका छन् । देशाई दुई वर्षको लागि नियुक्त भएका हुन् । वेस्ट इन्डिजले भारतसँगको तीन टि ट्वान्टी सिरिज अघि देशाईंलाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । भारतसँगको तीन टि ट्वान्टी सिरिज शुक्रबार देखी सुरु हुने छ । गत अप्रिल २० देखी नामिवियामा सम्पन्न आईसीसी […]