August 15, 2019
एजेन्सी – वेस्टइन्डिजसँगको तीन वान डे सिरिज पाहुना टोली भारतले २-० ले जितेको छ । बिहीबार विहान डकवर्थ लेविस पद्धतीको आधारमा तेस्रो वान डे खेलमा ६ विकेटले पराजित गर्दै भारतले सिरिज क्लिनस्वीप गरेको हो । वर्षाको कारण लामो समय खेल अवरुद्ध हुँदा भारतले ३५ ओभरमा जितको लागि २ सय ५५ रनको लक्ष्य पाएको थियो । […]
August 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – इपिएल टोली काठमाडौं किंग्स एलेभेनलेको आयोजनामा दोस्रो संस्करणको कर्पोरेट कप इन्डोर क्रिकेट प्रतियोगिता सोमवार देखी हुने भएको छ । प्रतियोगितामा कुल १५ टोलि सहभागी रहने छ । विभिन्न मिडिया हाउस, बैंक, इन्सोरेन्स, दुरसंचार कम्पनि लगायतका कर्पोरेट हाउसले सहभागिता जनाउने छन्। यस प्रतियोगिताले काठमाडौं किंग्स एलेभेनलाई ठूलो नाम र पहिचान दिलाउन मद्दत […]
August 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा अमित वीर पाण्डे निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलबार भएको चुनावी साधरणसभाले अध्यक्षसहित सबै १४ सदस्यीय समितिलाई निर्विरोध चयन गरेको हो । उपाध्यक्षमा विजय कुमार शर्मा, सचिवमा बसन्त राज सत्याल र कोषाध्यक्षमा युग बस्नेत निर्विरोध भए । सदस्यमा हिमाल गिरी, मनिष ढुंगेल, अजय वीर पाण्डे, रमन […]
August 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गर्न अमेरिकी भिसा नपाएका क्रिकेटर सन्दीप लामिछानेले अन्तत: भिसा प्राप्त गरेका छन् । मंगलबार विहान सन्दीपले नेपालस्थित अमेरिकी दुतावासमा दिएको भिसा अन्तर्वार्तामा उनलाई भिसा नदिने निर्णय गरेको थियो । सन्दीपले आफ्नो ट्वीटरमा यस अवस्थाबारे लेखेपछि चौतर्फी चर्चा भएको थियो । मंगलबार दिउँसो […]
August 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि मंगलबार बिहान अमेरिकाको लागि भिसा आवेदन दिएपनि दूतावासले अस्वीकार गरेको सन्दीपले सामाजिक सन्जाल ट्वीटमा ट्वीट गरेका छन् । ‘म आज सिपिएलको लागि अमेरिकी राजदुतावास पुगेको थिए । राष्ट्रिय क्रिकेट खेलाडीको हैसियतले […]
August 12, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि रोडम्याप सार्वजनिक गरेको छ । आईसीसीको पहिलो रोडम्याप अनुसार सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्यान्ड्स गरि कुल १३ देशबीच प्रतिस्पर्धा हुने छ । सन् २०२० मे देखी २ वर्ष सम्म चल्ने द्विपक्षीय सिरिजमा कुल १ सय ५६ ओडीआई खेल […]
August 12, 2019
भूपेन्द्र जिसी, काठमाडौं ग्लोबल टि२० क्यानडामा तीब्र गतिका बलर सोमपाल कामीले पहिलो प्रतियोगितामै विनिपेग हक्सबाट प्रतिनिधित्व गर्दै उपाधि जिते । आइतबार सम्पन्न फाइनलमा सुपर ओभरमा भान्कुभर नाइट्सलाई पराजित गर्दै हक्स च्याम्पियन बन्दा सोमपाल फ्रेन्चाईज लिग जित्ने पहिलो नेपाली खेलाडी बने । सोमपाललाई हक्सले न्युनतम ३ हजार अमेरिकी डलर मुल्यमा अनुबन्ध गरेको थियो । सोमपालको यो […]
August 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) आगमी फागुनमा हुने भएको छ । सोमबार आयोजक ईपीएलले एक प्रस विज्ञप्ती जारी गर्दै चौथो संस्करणको ईपीएल आगमी फेबुअरी २९ देखि मार्च १४ सम्म हुने जानकारी दिएको छ । नेपाली मितिअनुसार प्रतियोगिता फागुन १७ देखि चैत्र १ गते सम्म हुने छ । जसक्रममा ३ वटा […]
August 12, 2019
एजेन्सी – कप्तान विराट कोहलीको कीर्तिमानी शतकसँगै वेस्ट इन्डिजसँगको दोस्रो वान डे खेलमा पाहुना टोली भारत डकवर्थ लेविस पद्धतीको आधारमा ५९ रनले विजयी भएको छ । योसँगै तीन वान डे सिरिजमा भारतले १–० को अग्रता लिएको छ । पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । जितका लागि २ सय ७० रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज […]
August 12, 2019
एजेन्सी – ग्लोबल टि२० क्यानडाको उपाधि नेपाली तीब्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले जितेको छ । यससँगै सोमपाल कामी विदेशी फ्रेन्चाइज लिगको उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आइतबार सम्पन्न रोमान्चक फाइनल खेलमा सुपर ओभरमा भान्कुभर नाइट्सलाई पराजित गर्दै हक्स च्याम्पियन बनेको हो । सोमपालले पहिलो रोजाइमा खेल्न भने पाएनन् । […]