default_image

क्रिकेट

August 6, 2019

एसीसीको स्वीकृति नआउँदा यू-१९ प्रशिक्षण सुरु भएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनले नेपाली क्रिकेट अभिभावकविहिन छ । जसको ठूलो असर नेपाली क्रिकेटमा परेको देखिन्छ । क्यान नहुँदा प्रतियोगिताको तयारीको लागि प्रशिक्षणमा नै समस्या आइरहेको अवस्थामा नेपाली यू१९ टोली फेरीपनि चपेटामा परेको छ । अर्को महिना श्रीलंकामा हुने यू-१९ एसिया कपमा भारत सहित टेस्ट राष्ट्रको सामना गर्नुपर्ने नेपालले […]

August 5, 2019

स्टेनद्वारा सन्न्यासको घोषणा

एजेन्सी – दक्षिण अफ्रिकामा तीब्र गतिका बलर डेल स्टेनले टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३६ वर्षिय स्टेनले सोमवार टेष्ट क्रिकेटबाट सन्न्यास लिएको जनाएका हुन् । सिमित ओभरको खेललाई भने स्टेनले निरन्तरता दिने छन् । करिअरको अधिकांश समय स्टेनले चोटसँग जुधिरहन पर्यो । यसै महिना इंग्ल्यान्डमा सम्पन्न एक दिवसिय विश्वकपबाट पनि अन्तिम समयमा चोटका […]

August 5, 2019

एसेजको पहिलो टेस्टमा इंग्ल्यान्डको लज्जास्पद हार

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियासँगको एसेज सिरिज अन्तर्गत पहिलो टेस्टमा २ सय ५१ रनको लज्जास्पद हार बेहोरेको छ । यस नतिजासँगै पाँच खेलको टेस्ट सिरिजमा पाहुना टोली अष्ट्रेलियाले १-० को अग्रता लिएको छ । जितका लागि ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड पाँचौ दिन ५२.३ ओभरमा १ सय ४६ रनमा अल आउट […]

August 5, 2019

शरफराजलाई कप्तानबाट हटाउन प्रशिक्षक आर्थरको सिफारिस

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अघिल्लो महिना इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा आफ्नो प्रदर्शनबारे समिक्षा गरिरहेको छ । खराब प्रर्दशनसँगै समुह चरणबाटै बाहिरिपछि शरफराज अहमदको कप्तानीलाई लिएर चर्को आलोचना भइरहेको छ । अहमदलाई टेष्ट टोलीको कप्तानबाट हटाईएको छ । त्यस्तै समिक्षा बैठकमा प्रमुख प्रशिक्षक मिकी आर्थरले अहमदलाई टि२० र वान डे टोलीको कप्तानबाट पनि हटाउन […]

August 5, 2019

भारतलाई एक खेल अगावै टि२० सिरिज

एजेन्सी – वेस्टइन्डिजलाई दोस्रो टि२० मा पराजित गर्दै पाहुना टोली भारतले तीन खेलको टि२० सिरिज जित पक्का गरेको छ । आइतबार राती डकवर्थ लेविस (डिएल) पद्दति आधारमा २२ रनले विजयी हुँदै भारतले सिरिज जितेको हो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.३ ओभरमा ९८-४ को अवस्थामा खेल वर्षाले रोकिदा नतिजा डिएलमा […]

August 5, 2019

टोरन्टो विजयी, सन्दीपले प्रदर्शन सुधारे

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रदर्शन सुधार गरेको खेलमा टोरन्टो नेस्नल्सले मोन्टरियल टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर फिल्डिङ रोजेको टोरन्टोले मोन्टरियललाई २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रनमा रोक्न सकेको थियो । ओपनर काइल कोट्जरले २६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । […]

August 4, 2019

रोहितको कीर्तिमानी अर्धशतकमा भारतको बलियो योगफल

एजेन्सी – ओपनर रोहित शर्माको कीर्तिमानी अर्ध शतकसँगै दोस्रो टि२० खेलमा भारतले वेस्ट इन्डिजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६७ रन बनायो । भारतका लागि ओपनर रोहितले सर्वाधिक ६७ रनको योगदान दिए । ओशन थोमसको १४ […]

August 4, 2019

एकै खेलमा स्मिथको लगातार दोस्रो शतक

एजेन्सी – अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले एसेज सिरिज अन्तर्गत पहिलो टेस्टमा लगातार दोस्रो शतक प्रहार गरेका छन् । इंग्ल्यान्डसँगको पाँच खेलको एशेज टेष्ट सिरिजअन्तर्गत पहिलो खेलको चौथो दिन स्मिथले शतक दोस्रो पूरा गरेका हुन् । स्मिथले आफ्नो टेष्ट करिअरको २५ औं शतक प्रहार गर्न १ सय ४७ बलको सामना गरे । यसअघि पहिलो इनिङमा स्मिथको […]

August 4, 2019

अन्यको टोली घोषणा, नेपाल प्रशिक्षण सुरु गर्न स्वीकृतिकै पर्खाइमा

भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनले नेपाली क्रिकेट अभिभावकविहिन छ । यसले गर्दा नेपाली क्रिकेट नै अगाडि बढ्न सकिरहेको अवस्था छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र एसियाली क्रिकेट परिषद (एसीसी) को सहकार्यमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सहभागिता जनाइरहेको छ । केहि हदसम्म घरेलु क्रिकेटका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पनि सहयोग […]

August 4, 2019

टोरन्टोको हारमा सन्दीपको खराब प्रर्दशन

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ग्लोबल टि२० क्यानडामा आफ्नो पहिलो खेलमा ब्राम्पटन वोल्भीसविरुद्ध खराब प्रर्दशन गरेका छन् । टोरन्टो ब्राम्प्टन वल्भ्ससँग ११ रनले पराजित हुँदा सन्दीपले अपेक्षित प्रदर्शन गर्न सकेनन् । टस जितेर फिल्डिङ रोजेको टोरन्टोका लागि सन्दीपले ४ ओभरमा ४४ रन खर्चिए १ विकेट लिए । ब्राम्प्टनले निर्धारित २० ओभरमा ६ विकेट […]

Success

Thank you for your time.