default_image

क्रिकेट

September 25, 2018

सन्दीपको अर्को छलाङ, टी–१० लिगको ड्राफ्टमा छनोट

एजेन्सी – निकै चर्चामा रहँदै अाएका नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–१० क्रिकेट लिग २०१८ मा छनोट भएका छन् । युनाइटेड अरब इमिरेट्स (युएई ) मा नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म आयोजना हुने १०–१० ओभर फर्म्याटको खेलमा सन्दीपलाई इङ्ल्यान्डका वान डे र टी–२० क्रिकेटका कप्तान अोइन मोर्गन आइकन खेलाडी र कप्तान रहेको […]

September 24, 2018

पूर्व कप्तान क्षेत्रीको आत्मकथा आउँदै

नेपालगन्ज (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोली लेखबहादुर (एलबी) क्षेत्रीको आत्मसंस्करण प्रकाशित हुने भएको छ । नेपाली खेलाडीको पहिलो आत्मकथाका रुपमा ओलम्पियन सुरेन्द्र हमालको पुस्तक प्रकाशन गरेको क्रियटिभ बुक्सको यो पाँचौं प्रकाशन हो । क्षेत्री उनै हुन, जसले आफू क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र ५ को अध्यक्ष हुँदा नेपालमा महिला क्रिकेटको सुरुवात गराएका थिए । […]

September 24, 2018

एसिया कप : झिनो अन्तरले पराजित हुँदै अफगानिस्तान बाहिरियो

यूएई (एजेन्सी) – एसिया कप क्रिकेटको सुपर फोर खेलमा बंगलादेशबीरुद्ध अन्तिम ६ बलमा ८ रन बनाउन नसक्दा अफगानिस्तान सुपरफोर बाटै बाहिरिएको छ । रोमाञ्चक खेलमा २ सय ५० रनको लक्ष्य पक्ष्याएको अफगानिस्तान निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा मात्र २ सय ४६ रन बनाउन सक्यो । अन्तिम ओभरमा अफगानिस्तानालाई जितको लागि ६ बलमा ८ रन […]

September 24, 2018

एसिया कप : पाकिस्तानलाई हराउँदै भारत फाइनलमा

यूएई (एजेन्सी) – एसिया कप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार टिम भारत एक खेल अगाडी नै फाइनमा प्रवेश गरेको छ । आइतबार राती भएको सुपर फोरको खेलमा पाकिस्तानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । ओपनरशिखर धवन र कप्तान रोहित शर्माले शतक प्रहार गरेपछि २ सय ३८ रनको लक्ष्य भारतले ३९ […]

September 23, 2018

बंगलादेशद्धारा अफगानिस्तानसामु २ सय ५० रनको लक्ष्य प्रस्तुत

एजेन्सी– एसिया कप क्रिकेटको सुपर फोर खेलमा बंगलादेशले अफगानिस्तानलाई २ सय ५० रनको लक्ष्य दिएको छ । आबुधाविमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४९ रन बनाउन सक्यो । बंगलादेशका लागि ओपनर लिटन दासले ४३ बलमा ३ चौका प्रहार गर्दै ४१ रन बनाए । बंगलादेश कुनै समय […]

September 23, 2018

पाकिस्तानले भारतलाई दियो २ सय ३८ रनको लक्ष्य

यूएई (एजेन्सी)– एसिया कप क्रिकेटको सुपर फोर खेलमा पाकिस्तानले भारतलाई २ सय ३८ रनको लक्ष्य दिएको छ । दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २३७ रन बनाउन सक्यो । पाकिस्तानका लागि शोएब मालिकले उत्कृष्ट ब्याटिङ गरे । पाकिस्तानको सुरुवात आज पनि राम्रो हुन सकेन । पहिलो विकेटको रुपमा […]

September 23, 2018

एसिया कप : भारत विरुद्ध पाकिस्तान – सम्पूर्ण जानकारी

एजेन्सी – एसिया कप क्रिकेटको सुपर फोर खेलमा आज उपाधिका दुई प्रमुख दावेदार टोली भारत र पाकिस्तान भिड्दै छन् । आज सुपर फोरकै अर्को खेलमा अफगानिस्तान र बंगलादेशको खेल भएपनि यो खेल निकै महत्त्वका साथ हेरिएको छ । खेल नेपाली समय अनुसार बेलुका ५ : १५ बाट दुबईमा सुरु हुने छ । आन्तरिक द्वन्दका कारण […]

September 23, 2018

एसिया कप क्रिकेट : भारत र पाकिस्तान भिड्दै

यूएई (एजेन्सी) – यूएईमा जारी एसिया कप क्रिकेटको सुपर फोर खेलमा आज दुई खेल हुदैँछन् । उपाधिका दुई प्रमुख दाबेदार टोली भारत र पाकिस्तान भिड्ने छन् । यी दुईबीचको खेल युएईको दुबईमा हुने छ । त्यस्तै अर्को खेलमा बंगलादेशले अफगानिस्तानको सामना गर्ने छ । यी दुई बीचको खेल आबुधाबीमा हुने छ । दुबै खेल नेपाली […]

September 22, 2018

अफगानिस्तानका स्पिनर राशिद खान आईसीसीको कारवाहीमा

एजेन्सी – एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अफगानिस्तान र पाकिस्तनाबीचको सुपर फोर खेलमा आईसीसीको आचार संहिता नियम उलंघन गरेको भन्दै आइसीसीले अफगानिस्तानका स्पिनर रशिद खानलाई कारवाही गरेको छ । उनीसँगै पाकिस्तानका तिब्र गतिका बलर हसन अली र अफगानिस्तानका कप्तान अस्गर अफ्घान पनि कारवाहीमा परेका छन् । आइसीसीले कारवाहीस्वरुप पारिश्रमीकको १५ प्रतिशत जरिवाना गर्ने […]

September 22, 2018

सन्दीप धेरै देशमा क्रिकेट खेल्ने सुचिमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने धेरै देशमा क्रिकेट खेल्ने क्रिकेटरको सुचिमा परेका छन् । क्रिकइन्फोको ‘द क्रिकेट मन्थ्ली’ को यस संस्करणमा धेरै क्रिकेट खेल्ने ६ क्रिकेटरहरुको सूचिमा लेग स्पिनर सन्दीपको नाम पनि अटाएको छ । सन् २०१८ मा इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाट ब्यवसायिक क्रिकेट यात्रा […]

Success

Thank you for your time.