March 31, 2018
धनगढी (हाम्रो खेलकुद)– रुस्लान डिपिएल २ को उद्घाटन खेलमा धनगढी टिम चौराहाका लागि अर्धशतक पुरा गरेका छन् । ओपनर पुनित मिश्रा (९ रन) सस्तैमा आउट भएपछि मैदानमा उत्रेका सुनिलले चौका प्हार गर्दै अर्धशतक पुरा गरेका थिए । यो समाचार तयार पार्दा सम्म काठमाडौं गोल्डेन्सविरुद्धको खेलमा धनगढीले १६ ओभरमा १ विकेटको क्षेतिमा १ सय १० रन […]
March 30, 2018
धनगढी (हाम्रो खेलकुद)– धनगढीमा शनिबार सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल० २को शुक्रबार ट्रफी सार्वजनिक गरिएको छ । डिपिएल सञ्चालन हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही तथा सहभागी ६ टोलीका कप्तानको सहभागितामा ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगितामा सहभागी साविक विजेता टीम धनगढीका कप्तान सोमपाल कामी, कञ्चनपुर […]
March 29, 2018
भैरहवा (हाम्रो खेलकुद)– लुम्बिनी लायन्स भैरहवामा जारी तेस्रो नेपाल मारवाडी टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा जनकपुर ब्लास्टर्सलाई बिहीबार ९ विकेटले हराउँदै लुम्बिनी लायन्स अन्तिम दुईमा पुगेको हो । सिद्धार्थ रंगशालामा १ सय ३३ रनको लक्ष्य पछएको लुम्बिनी लायन्सले १४.१ ओभरमा मात्र १ विकेट गुमाएर १ सय ३८ रन बनाउँदै नतिजा […]
March 29, 2018
जोहानसबर्ग (एजेन्सी) – अष्ट्रेलियन क्रिकेट टिमका कप्तान स्टेभेन स्मिथ र उपकप्तान डेभिड वार्नरलाई अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटबाट १ वर्षको प्रतिबन्ध जारी गरिएको छ । दक्षिण अफ्रिका विरुद्धको टेष्टमा बलको अवस्था जानीजानी परिवर्तन गरेको आरोपमा दोषी पाइएका स्मिथ र वार्नर प्रतिबन्धित भएका हुन् । स्मिथ र वार्नरसहित ब्याट्सम्यान क्यामेरन ब्यान्क्रफ्ट पनि ९ महिनाका लागि प्रतिबन्धित भएका […]
March 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको दीपक गुप्ता मेमोरियल (डिजिएमटी) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता जनकपुरमा हुने भएको छ । मैदान अभावका कारण तीन वर्षदेखि रोकिएको (डिजिएमटी) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगमी वैशाख पहिलो साताबाट हुने धनुषा जिल्ला क्रिकेट संघले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गरायो । मैदानकै अभावका कारण ३ वर्षपछि पुनः प्रतियोगिता सञ्चालन […]
March 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगरमा पहिलोपटक एक दिवसीय विराट क्रिकेट कप प्रतियोगिता आयोजना हुने भएको छ । पूर्वाञ्चल क्रिकेट एकेडेमीले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी विराटनगरमा पहिलोपटक एक दिवसीय विराट क्रिकेट कप प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । पूर्वाञ्चल क्रिकेट एकेडेमीका सचिव सुवरथ पौडेलले पूर्वाञ्चलका पूर्व राष्ट्रिय खेलाडीहरु नरेश श्रेष्ठ र युनिल श्रेष्ठको पहलमा […]
March 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने एघारौं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को लागि मंगलबार भारतको दिल्ली प्रस्थान गरेका छन् । यो सिजनका लागि १७ वर्षे सन्दीप दिल्ली डेर डेभिल्समा आबद्ध भएका हुन् । ११ औं आइपिएलमा आइपुग्दा आइपिएल टोलीमा आबद्ध हुने उनी पहिलो नेपाली खेलाडी हुन् । सन्दीपको बुधबार […]
March 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – हालै एक दिवसिय मान्यता प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा त्रिकोणात्मक टि ट्वान्टी क्रिकेट श्रृखंला खेल्ने भएको छ । मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले सोमबार विज्ञप्ती जारी गर्दै नेपाल, नेदरल्यान्ड्स र एमसीसीबीचमा टि ट्वान्टी श्रृखंला आयोजना गर्ने जनाएको छ । जुलाई २९ लर्ड्स क्रिकेट मैदानमा हुने प्रतियोगितामा […]
March 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– धनगढीमा सुरु हुने सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल०–२ को डिजिटल पार्टनरको रुपमा मनोरञ्जन सेवा प्रदायक आईफ्लिक्स जोडिएको छ । सम्झौतामा आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) का अध्यक्ष सुवास शाही र आइफ्लिक्सका नेपालका लागि कन्ट्री म्यानेजर भावना घिमिरेले हस्ताक्षर गरिन् । सम्झौतासँगै आईफ्लिक्सले डीपीएलका खेलहरु विशेष प्रशारण गर्नेछ । सम्झौतापछि […]
March 26, 2018
अर्जुन कार्की बागलुङ– आयोजक बागलुङ क्रिकेट क्लबले पाँचौ धौलागिरि कप तथा चैत्राष्टमी टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखराको राइजिङ क्रिकेट एकेडेमीलाई सोमबार ५२ रनले हराउँदै बागलुङ च्याम्पियन बनेको हो । बागलुङको बाङ्गेचौर खेल मैदानमा फाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागलुङले सुरुवात राम्रो गर्न सकेन । तर, ओपनर पुरणसिंह ठकुरी र […]