default_image

Featured

February 13, 2019

विराटनगरको पहिलो जित, तेस्रो हारसँगै धनगढी संकटमा

धनगढी (हाम्रो खेलकुद) – साविक विजेता धनगढी स्टार्सले तेस्रो धनगढी प्रिमियर लिग (डिपिएल)को छैटौं खेलमा विराटनगर किंग्ससँग २१ रनको हार बेहोरेको छ । प्रतियोगितामा धनगढीको यो लगातार तेस्रो हार हो । विराटनगरले दिएको १ सय ४ रनको लक्ष्य पछ्याउने क्रममा धनगढी १९ ओभरमा ८२ रनमा अलआउट भयो । खराब सुरुवात गरेको धनगढीले कुनै समय खेलमा […]

February 13, 2019

इरानविरुद्ध नेपाली टोलीमा एक परिवर्तन, रेनुकाले कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हिरो गोल्डकप अन्तर्गत समूह चरणको तेस्रो खेलमा इरानको सामना गर्दैछ । नेपाली समयानुसार ४:१५ बजे सुरु हुने खेलका लागि नेपालले भारतविरुद्ध खेलबाट एक खेलाडी परिवर्तन गरेको छ । भारतविरुद्ध टोलीको कप्तानी सम्हालेकी फरवार्ड निरु थापाको स्थानमा युवा मिडफिल्डर सरु लिम्बू सुरुवाती एघारमा आएकी छिन् । इरानविरुद्ध […]

February 13, 2019

क्रिकेट अवार्ड फागुन तेस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को आयोजनामा प्रथम एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड फागुन तेस्रो साता आयोजना हुने भएको छ । आयोजक सिप्यानले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड फागुन २१ गते हुने जानकारी गराएको हो । नेशनल कलेज फर कम्प्युटर स्टडिज (एनसीसीएस) को मुख्य प्रायोजनमा हुने क्रिकेट अवार्डमा विभिन्न […]

February 13, 2019

सोमपालको घातक बलिङमा धनगढीलाई १ सय ४ रनको सामान्य लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को छैटौं खेलमा विराटनगर किंग्सले धनगढी स्टार्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन बनायो । विराटनगरका लागि कप्तान करण केसीले २२ बलमा २ छक्का र […]

February 13, 2019

बुढासुब्बा गोल्ड कप – दाउफिन्स एपिएफविरुद्ध खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– एउटा प्रतियोयिगता खेल्ने स्वीकृति लिएर नेपाल आइपुगेको दाउफिन्स क्लब बुधबार चौथो प्रतियोगिता खेल्ने तयारीमा रहेको छ । यसै साता मनकामना केबुलकार पोखरा कपको उपाधि जितेको क्यामरुन क्लब भनिएको दाउफिन्सले आज धरानमा जारी बुढासुब्बा गोल्डकपमा नेपाल एपिएफ क्लबको सामना गर्दैछ । दाउफिन्सलाई नेपाल ल्याउन पहल गरेका व्यवस्थापक भनिएका सगुन तण्डुकारलाई टिम फर्काउन पत्रचार […]

February 13, 2019

काठमाडौंको लगातार दोस्रो जित

धनगढी (हाम्रो खेलकुद) – भारतीय खेलाडी अंकित दबासको अलराउन्ड प्रदर्शनमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गर्दै तेस्रो रुस्लान धनगढी प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । खेलमा निर्णायक भूमिका खेलेका अंकित लगातार दोस्रो खेलमा म्यान अफ द म्याच भए । काठमाडौंले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० […]

February 13, 2019

फाइनल पुग्ने लक्ष्यसहित नेपाल इरानको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज इरानको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा म्यानमारविरुद्ध ३-० को पराजय भोगेको नेपालले दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गर्दै सानदार पुनरागमन गरेको हो । भारतविरुद्ध इतिहासमै पहिलो […]

February 13, 2019

दबासको अर्धशतकसँगै महेन्द्रनगरलाई १ सय ३५ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – भारतीय खेलाडी अंकित दबासले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि काठमाडौं गोल्डेन्सले तेस्रो रुस्लान धनगढी प्रिमियर लिगको पाँचौ खेलमा महेन्द्रनगर युनाइटेडलाई १ सय ३५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले अंकित दबासको उत्कृष्ट ब्याटिङसँगै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३४ रन जोड्यो । दुवै […]

February 13, 2019

नेपाली ‘जोन्टी’ भीमको त्यो क्याच !

धनगढी (हाम्रो खेलकुद) – दक्षिण अफ्रीकाका पूर्व क्रिकेटर जोन्टी रोड्सलाई विश्व क्रिकेटमा फिल्डिङका बादशाहका रुपमा चिनिन्छ । उनी अहिले नेपालमै छन् । धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणका प्रतियोगिताका सदभावाना दुत र सीवाईसी अत्तरियाका मेन्टरका रुपमा उनी नेपालमा छन् । त्यसैले कम्तिमा उनि फागुन ११ गते सम्म नेपालमै रहने छन् । जोन्टी पहिलो […]

February 13, 2019

‘गर वा मर’को अवस्थामा सोमपालको धनगढी !

धनगढी (हाम्रो खेलकुद)– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो दिन आज दुई खेल हुने छन् । पहिलो खेलमा महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच हुने छ । खेल ९ बजेपछि सुरु हुने छ । काठमाडौंले पहिलो खेलमा धनगढी स्टार्सलाई ४ विकेटले पराजित गरेको थियो । काठमाडौं लगतार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने […]

Success

Thank you for your time.