default_image

Featured

December 27, 2017

दोस्रो जुनियर राष्ट्रिय एथलेटिक्स आज सुरु हुँदै

बाँके (हाम्रो खेलकुद) – दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता आज खजुरा गाउँपालिका–२, सीतापुरमा सुरु हुँदैछ । खेलकुदलाई ग्रामिण स्तरसम्म पु¥याई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सीतापुरस्थित शुक्र माविमा जुनियर एथलेटिक्स प्रतियोगिता आयोजना गरिएको नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले बताए । उनले सहरमा बस्नेहरु काममा ब्यस्त हुने र खेलकुद प्रति चासो नराख्ने भएकोले अव प्रतियोगिताका […]

December 27, 2017

वर्षका उत्कृष्ट सय खेलाडी

लन्डन ( स्काई स्पोर्ट्स ) – युरोपेली फुटबलमा शीर्ष लिगको सबै टोलीले लगभग सन् २०१७ को अन्तिम खेल खेलिसकेका छन्। प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडको तथा आर्सनलले क्रिस्टल प्यालेसको सामाना गरेसँगै २०१७ का अन्तिम खेलहरु सकिने छन् । स्काई स्पोर्ट्सले पावर र्याङ्किङ्गको मद्धतले तयार पारेको युरोपका शीर्ष पाँच लिगका शीर्ष १ सय खेलाडी । […]

December 27, 2017

युनाइटेड फेरी रोकियो, लिभरपुल र चेल्सी विजयी

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड गए राति लिगमा बर्नलीसँग २-२ को स्कोरमा रोकिएको छ । यस नतिजासँगै अग्रस्थानमा रहेको म्यानचेस्टर सिटी अब १५ अंकले अगाडि जाने मौका रहेको छ । पहिलो हाफमा दुई गोल गर्दै बर्नलीले घरेलु टोलीलाई दबाबमा राखेको थियो । एस्लि बार्न्सले खेलको तेस्रो मिनेटमा तथा स्टेफेन डेफोरले […]

December 26, 2017

राखेप च्याम्पियनसिप भलिबलमा विभागिय टोलीको दबदबा

पोखरा – राखेप च्याम्पियनसिप अन्तर्गत २१ औं महिला तथा ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा आज सुरु भएको छ । पाँच बिकास क्षेत्र र तीन विभागिय टोली सहभागिता रहेको प्रतियोगिताको पुरुषतर्फको लिग खेलमा त्रिभुवन आर्मी , नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र नेपाल पुलिसले सफलता प्राप्त गरेका छन् । त्यस्तै महिलातर्फ लिग खेलमा एपीएफ, मध्यामञ्चल, […]

December 26, 2017

केनको ह्याट्रिक, तोडे मेस्सी र शेयररको रेकर्ड

लण्डन (एजेन्सी) – टोटनह्यामका स्ट्राइकर ह्यारी केनले एकै क्यालेन्डर वर्षमा सर्वाधिक गोल गर्ने नयाँ प्रिमियर लिग रेकर्ड बनाएका छन् । त्यस्तै यस वर्ष युरोपको सर्वाधिक गोल गर्ने रेकर्ड पनि उनले आफ्नो नाममा पारेका छन् । सन् १९९५ मा ४२ खेल खेल्दै न्युकासलका पूर्व स्ट्राइकर एलेन शेयररलेले ३६ गोल गरेका थिए जुन रेकर्ड अहिलेसम्म कायम थियो […]

December 26, 2017

अग्नी रुपन्देही फाल्गुनन्द गोल्ड कपको सेमिफाइनलमा

दिपक बोहोरा पाँचथर– अग्नी रुपन्देही ११ फिदिममा जारी नवौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको खर्साङ फुटबल क्लब दार्जिलिङलाई ३–१ ले हराउँदै रुपन्देही अन्तिम चारमा पुगेको हो । अग्नी रुपन्देहीले फाइनल प्रवेशका लागि शुक्रबार सुनसनरी ११ को सामना गर्नेछ । रुपन्देहीको जितमा रजिन सुब्बाले २ र सुनिल खड्काले १ गोल गरे । […]

December 26, 2017

खेलाडी संघका महासचिव शिवसुन्दर दुर्घटनामा परि घाइते

ललितपुर (हाम्रो खेलकुद )- टेबल टेनिसका पूर्व नम्बर एक खेलाडी शिवसुन्दर गोथे दुर्घटनामा परि घाइते भएका छन् । ललितपुर हात्तीवनको लिटिल एन्जेल्स स्कुल पछाडि सेती पाखाको बाटोमा हिडिरहेको समयमा मिनि ट्रकले ठक्कर दिएपछि शिवसुन्दर घाइते भएका हुन् । उनको बि एन्ड बिको आकस्मिक सेवामा उपचार भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव समेत […]

December 26, 2017

पोखरा पराजित, ललितपुर र पोखरा दुवै प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रियट्सले राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दै प्ले अफमा प्रवेश गरेको छ । पराजित भएपनि पोखरा यसअघि नै प्ले अफमा पुगिसकेको हो । यी दुई टोलीले नै बुधबार नै प्ले अफ खेल्नेछ । अंक तालिकामा पोखरा ४ अंकसहित तेस्रो तथा पोखरा नेट रनरेटमा […]

December 26, 2017

ललितपुरलाई १ सय ३३ रनको लक्ष्य

 काठमाडौं  (हाम्रो खेलकुद) – पोखरा राइनोजले राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा जितका लागि ललितपुर प्याट्रियट्सलाई १ सय ३३ रनको विजयी लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रनको मध्यम योगफल बनायो । पोखराका लागि […]

December 26, 2017

चितवन टाइगर्स इपिएलबाट बाहिरियो, भैरहवासँग ४ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद)– चितवन टाइगर्स राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको लिग चरणबाटै बाहिरिएका छ । इपिएलको नवौं दिनको पहिलो खेलमा चितवन टाइगर्स भैरहवा ग्ल्याडियटर्ससँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो । भैरहवा लिग चरणको एक खेल अगावै प्ले अफ चरणमा पुग्न सफल भएको थियो । क्वालिफायरको पहिलो खेलमा शीर्ष स्थानमा रहेको […]

Success

Thank you for your time.