default_image

Featured

Barcelona

November 29, 2017

बार्सिलोना मर्सियाको सामना गर्दै

बार्सिलोना (एजेन्सी) – स्पेनिश कोपा डेल रे अन्तर्गत आज बार्सिलोना मर्सियाको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १२.१५ बजे सुरु हुने छ । कोपा डेल रेको पहिलो लेगमा बार्सिलोना मर्सियासँग ३-० ले विजयी रहेको थियो । त्यसैले आजको दोस्रो लेगमा बार्साले आफ्ना महत्त्वपूर्ण खेलाडिहरुलाई विश्राम दिने सम्भावना छ । […]

November 29, 2017

प्रिमियर लिगमा म्यानचेस्टर सिटी साउथह्याम्पटनको सामना गर्दै

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज साउथह्याम्पटनको सामना गर्दै छ । सिटीको घरेलु मैदान ‘एटिहाड स्टेडियम’मा खेलिने सो खेल नेपाली समयअनुसार १.४५ बजे सुरु हुने छ । म्यानचेस्टर सिटीका लागि जोन स्टोन्स र बेन्जामिन मेन्डी घाइते छन् भने चोटबाट भर्खरै फर्केका कप्तान भिन्सेन्ट कम्पनीलाई पनि विश्राम दिइने सम्भावना रहेको छ […]

Nepali Cricket Team

November 29, 2017

युएईसँग खेल्नुअघि नेपालले दुईवटा अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई) सँग हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसीएलसी) का अन्तिम दुई खेल खेल्न नेपाली क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । पारस खड्काको कप्तानीमा रहेको टोली इत्तिहाद विमानबाट आज दिउँसो ४ः३० बजे अबुधावी उडेकोे हो । टोलीमा प्रमुख प्रशिक्षक जगत टमाटा र व्यवस्थापक रमण सिवाकोटी पनि […]

November 29, 2017

मनाङ मेची नेत्रालय काकरभिट्टाको फाइनलमा , फेरि आर्मीसँग भिड्ने

काकारभिट्टा (हाम्रो खेलकुद) –लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई आज सडन डेथमा हराउँदै मनाङ लगातार दोस्रो साता दोस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि सडन डेथमा मनाङ ८–७ ले विजयी भएको थियो । […]

November 29, 2017

साफ महिला यू–१५ फुटबल – नेपालको पहिलो खेल बंगलादेशसँग

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आयोजक बंगलादेशसँग खेल्दै साफ महिला यू १५ फुटबल प्रतियोगिताको सुरुआत गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुन लागेको महिला यू–१५ फुटबलको खेल सार्वजनिक हुँदा नेपाल र बंगालदेशबीच डिसेम्बर १७ मा खेल हुने तय भएको छ ।   ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम […]

November 29, 2017

नेपाली क्रिकेट टोली आज युएई जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध अर्को साता हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली टोली आज त्यसतर्फ जाँदैछ । पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोलीको दुई दिनअघि घोषणा भएको थियो । युएईसँग उत्रनुअघि नेपालले दुईवटा अभ्यास खेल खेल्नेछ । नेपालले शुक्रबार अमेरिका र त्यसपछि आइतबार केन्यासँग […]

November 29, 2017

सेमिफाइनलमा मनाङ आयोजक टोलीको सामना गर्दै

काकारभिट्टा( हाम्रो खेलकुद)– मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब र आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बीच प्रतिस्पर्धा हुँदैछ । आजको विजेताले फाइनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आमीले हिजो अर्को विभागिय टोली नेपाल पुलिस क्लबमाथि ३–० को जित निकाल्दै अन्तिम दुईको यात्रा तय […]

November 29, 2017

कोपा डेल रेमा रियल रोकियो, एग्रिगेटमा विजयी

म्याड्रिड (एजेन्सी) – कोपा डेल रेमा स्पेनिश च्याम्पियन रियल म्याड्रिड तेस्रो डिभिजनको फिउनलाब्राडासँग २-२ को बराबरीमा रोकिएको छ । पहिलो लेग २-० ले जितेको रियल एग्रिगेटमा ४-२ ले विजयी रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । फिउनलाब्राडाले २५ औं मिनेटमा गोल गर्दै खेलमा आश्चर्यजनक अग्रता लिएको थियो । सो गोल लुइस मिलरले गरेका थिए […]

November 29, 2017

युनाइटेड विजयी, टोटनह्याम पराजित

वाटफोर्ड (एजेन्सी) – गए राति खेलिएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वाटफोर्डलाई ४-२ ले हराएको छ । युनाइटेडको जितमा एस्लि योङले दुई गोल गरे । खेलको १९ औं र २५ औं मिनेटमा विङ-ब्याक एस्लि योङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै ३२ औं मिनेटमा एन्थोनि मार्सियालले गोल गर्दै स्कोर ३-० बनाए । ट्रोय […]

November 28, 2017

आर्मी मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको फाइनलमा

काकरभिट्टा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब मोफसलको सर्वाधिक पुरस्कार राशीको मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको फाइनल पुगेको छ । काकरभिट्टा माविको मैदानमा आज भएको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीको तीनै गोल दोस्रो हाफमा सम्भव भएको हो । दिनेश हेम्जनले खेलको ५४ औं र […]

Success

Thank you for your time.