November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । बाह्रखरी मिडिया प्रालिले आइतबार एक पत्रकार सम्मेलन गर्दै मंसिर २ गते गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा कर्पोरेट क्षेत्रका ९० देखि सय गल्फरको सहभागिता रहने प्रतियोगिता संयोजक दीपक आचार्यले जानकारी दिए । गोकर्ण गल्फ क्लबका सिनियर डिरेक्टर समेत रहेका आचार्यले ९० खेलाडीले नाम दर्ता […]
November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारतविरुद्ध उमेर समूहमा एतिहासिक जितको श्रेय नेपाली युवा टोलीको मेहनत र उनीहरुको विश्वासलाई जाने प्रशिक्षक विनोद दासले बताएका छन् । मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको नेपालले दबाबका बीच तीन पटकको च्याम्पियन भारतलाई आज १९ रनले हराएको थियो । कुनै पनि उमेर समूहमा […]
November 12, 2017
काठमाडौं (हाम्रो खेल्कुद) – एसीसी यू–१९ युथ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको छ । बायोमास ओभलमा आइतबार भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो । नेपालले उमेर समूहमा भारतलाई हराएको पनि यो पहिलो पटक हो । नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा सबै विकेट गुमाएर […]
November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको ८८ रनको मद्धतले मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले तिन पटकको विजेता भारत सामु १ सय ८६ रनको चुनौती प्रस्तुत गरेको छ । कप्तान दीपेन्द्रले १ सय १ बलमा ६ चौका र २ छक्काको मद्धतले ८८ रन बनाएपछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० […]
November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको दोस्रो खेलमा भारतसँग खेल्दै गरेको नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेका छन् । उनले ७१ बलमा २ चौका र १ छक्काको मद्धतले ५० रन पुरा गरेका हुन् । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरको समाप्ती सम्म ५ विकेट गुमाउँदै […]
November 12, 2017
मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा दोस्रो खेल खेल्दै गरेको नेपालले पहिले ब्याटिंग गर्ने भएको छ । टस जितेर भारतले नेपाललाई ब्याटिंग गर्ने निम्तो दिएको हो । पहिलो खेलमा बंगलादेशसँग पराजित नेपाली टोलीले बलियो भारतीय टोलीलाई ‘सप्राइज’ दिने आशा लिएको छ । भारतले भने पहिलो खेलमा मलेसियालाई २ सय २ रनले पराजित गर्यो ।
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दशक भन्दा लामो समयपछि काठमाडौंको मुलपानीको माथिल्लो क्रिकेट मैदान खेल्न हुने भएको छ , जहाँ आज प्रदर्शन खेल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बहुप्रतिक्षित मुलपानी क्रिकेट मैदानको उद्घाटन गरे । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद प्रदर्शनी खेलमा सदस्य सचिव ११ र भेट्रान ११ बीचको प्रदर्शनी […]
November 11, 2017
लिल (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमारले गलत कथा प्रकाशित गरेको भन्दै फ्रान्सेली सञ्चारमाध्यमको आलाचोन गरेका छन् । उनले फ्रान्सेली सञ्चारमाध्यमले भने जस्तो टोलीका प्रशिक्षक युनाई इम्री र सहकर्मी इन्डिसन काभानीसँग कुनै समस्या नरहेको दाबी गरेका छन् । पछिल्ला केही साता यता नेयमार पिएसजीमा खुसी हुन नसकेको भन्दै पटक पटक समाचार प्रकाशित भएका […]
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी यु-१९ युथ एसिया कप अन्तर्गत नेपाल बंगलादेशसँग पराजित भएको छ । पानीले प्रभावित भएको खेलमा बंगलादेशले ३९.५ ओभरमा डकवर्थ-लुइस प्रणाली (डिएलएस) मार्फत २ विकेटको जित हात पारेको हो । बंगलादेशको पारी सम्हाल्दै ओपनर मोहम्मद नइम शेखले ८२ बलमा सर्वाधिक ५२ रन बनाएका थिए । त्यस्तै अफिफ होसेन ध्रुबो (३३) र […]
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हिजो सुरु भएको एसीसी यू १९ एसिया कपमा पहिलो खेल खेल्दै गरेको नेपालले पहिले ब्याटिंग गर्ने भएको छ । टस जितेर बंगलादेशले नेपाललाई ब्याटिंग गर्ने निम्तो दिएको हो । वर्षाका कारण ढिलो सुरु भएको खेल ४३ ओभरमा खेलाइने छ । बंगलादेश त्यहि टोली हो, जो सँग नेपालले उसकै भूमिमा पुगेर अन्तिम तयारी गरेको […]