default_image

Featured

November 11, 2017

प्ले अफमा इटाली पराजित, ६० वर्षमा पहिलो पटक छनोट नहुने खतरा

स्टोक्होम (एजेन्सी) – युरोपको विश्वकप प्ले-अफ अन्तर्गत गए राति चार पटकको विश्व विजेता इटाली स्विडेनसँग पहिलो लेगमा १-० ले पराजित भएको छ । घरेलु टोलीको जितमा ज्याकोब जोहान्सनले गोल गरेका थिए । स्विडेनले खेलको पहिलो हाफ आफ्नो पकडमा राखे पनि गोल भने गर्न सकेको थिएन । इटालीले दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरे पनि हार […]

November 11, 2017

फ्रान्स र पोर्चुगल विजयी, इङ्ग्ल्यान्ड र जर्मनी रोकिए

पेरिस (एजेन्सी) – गए राति खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्वकपको दाबेदार मानिएको फ्रान्सले वेल्सलाई २-० ले हराएको छ । फ्रान्सका लागि एन्टोएने ग्रिजम्यान र ओलिभर जिरुडले गोल गरेका थिए । फ्रान्सले खेलको १८ औं मिनेटमा एट्लेटिको म्याड्रिडका स्ट्राइकर ग्रिजम्यानमार्फत खेलमा अग्रता लिएको थियो । त्यस्तै दोस्रो हाफमा अर्का स्ट्राइकर ओलिभर जिरुडले गोल गर्दै आफ्नो टोलीको […]

November 11, 2017

यू १९ एसिया कप – नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आज बंगलादेशको सामना गर्दै मलेसियामा हिजो सुरु भएको एसीसी यू १९ एसिया कपमा आफ्नो यात्रा प्रारम्भ गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ । बंगलादेश त्यहि टोली हो, जो सँग नेपालले उसकै भूमिमा पुगेर अन्तिम तयारी गरेको थियो । तीन अभ्यास खेलमध्ये सुरुआती २ खेल हारेको नेपालले […]

Germany

November 10, 2017

जर्मनी र इङ्ग्ल्यान्ड मैत्रीपूर्ण खेलमा भिड्दै

लण्डन (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज इङ्ग्ल्यान्ड र जर्मनी भिड्दै छन् । इङ्ग्ल्यान्डको वेम्ब्ली स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार १.४५ बजे सुरु हुने छ । इङ्ग्ल्यान्डका लागि केहि मुख्य खेलाडिहरु घाइते रहेका छन् । ह्यारी केन, डेले अल्ली, रहिम स्टेर्लिङ र जोर्डन हेन्डरसन चोटका कारण यस खेलमा सहभागी हुने छैनन् । […]

November 10, 2017

पर्सिजाको अन्तिम खेलअघि नै रोहित स्वदेश फर्कँदै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द आफ्नो क्लबको अन्तिम खेल अघि नै स्वदेश फर्कने भएका छन् । फिलिपिन्सविरुद्ध मंगलबार हुने एएफसी एसियन कप छनोटको खेलका लागि रोहित फर्कन लागेका हुन् । उनी आज राती राजधानी आइपुग्ने उनका दाजु रविनले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् । चोटका कारण झन्डै एक वर्ष […]

November 10, 2017

‘विश्व कपमा स्पेन एउटै समूहमा नपरोस्’– मेस्सी

ब्युनस आइरिस (एजेन्सी)– अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोन मेस्सी अर्को वर्ष रसियामा हुने विश्व कपमा सन् २०१० को विजेता स्पेन र अर्जेन्टिना एकै समूहमा नपरोस् भन्ने चाहन्छन् । अर्को महिना विश्व कपको ड्र हुन लागेको सन्दर्भमा मेस्सीले यस्तो भनेका हुन् ।   जुलियन लोपेटेगुइको स्पेन अहिले फिफाको शीर्ष सात वरियतामा छैन । त्यसको अर्थ अब […]

November 9, 2017

पहिलो दिन आर्मी र पुलिसलाई समान ४ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – पचाँसौं राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन १९ मध्ये ९ स्वर्ण पदकको छिनोफानो लागेको छ । सबै ९ स्वर्ण पदक विभागिय खेलाडीले जिते । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले समान ४ स्वर्ण पदक जित्दा अर्को एक स्वर्ण एपिएफ पदक जितेको छ । महिला कुमुतेमा अनु अधिकारी र मल्लिका थापाले स्वर्ण […]

November 9, 2017

सिएमजी क्लब संकटा राइनो गोल्ड कप फुटबल उपाधि

कोल्हुवा (हाम्रो खेलकुद) – ए डिभिजन क्लब सिएमजी क्लब संकटाले राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सडन डेथमा अर्को ए डिभिजन टोली नेपाल एपिएफलाई ५–४ ले हराउँदै संकटा च्याम्पियन बनेको हो । नवलपारसीको कोल्हुवामा बिहीबार भएको फाइनलको निर्धारित समय १–१ को बराबरीमा टुगिएको थियो । पेनाल्टी सुटआउटमा पनि ४–४ बराबरी भएपछि खेलको […]

November 9, 2017

शिवरामले जिते खेल जीवनको ३८ औं उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पहिलो दिनबाटै गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा अग्रता बनाएका शिवरामले २२ अन्डर २ सय ६६ को प्रदर्शनसहित उपाधि जितेका हुन् । अन्तिम दिन बिहीबार भएको फाइनल राउन्डमा उनले १ अन्डर ७१ को कार्ड बनाएका थिए । […]

November 9, 2017

यू १९ एसिया कप भोलीबाट सुरु हुँदै, नेपालको खेल शनिबार

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा एसीसी यू १९ एसिया कप शुक्रबार सुरु हुँदैछ । नेपालले शनिबार बंगलादेशविरुद्ध खेल्दै एसीसी यू १९ एसिया कपको सुरुआत गर्दैछ । नेपाल र बंगलादेश दुवैले एकअर्कासँग तीनवटा अभ्यास खेल खेल्दै एसिया कपको तयारी गरेका थिए । गत साता खेलका तीन अभ्यास खेल मध्ये दुईमा बंगलादेश र अन्तिम खेलमा नेपाल विजयी भएको […]

Success

Thank you for your time.