default_image

Featured

March 22, 2017

जोनल चेसमा जिआउरको अग्रता, केशव दोस्रो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशका ग्रान्डमास्टर जीआउर रहमानले एसियन जोनल ३.२ चेस प्रतियोगिताको चौथो चरणको समाप्तीमा एकल अग्रता लिएका छन् । नेकोस चेस बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा बुधबार चौथो चरणको समाप्तीमा जीआउरले ३.५ अंक बटुलेका छन् । उनले चौथो चरणमा बंगलादेशका ग्रान्डमास्टर हुसेन एनामुएललाई हराए । नेपालका पूर्व […]

March 22, 2017

युनाइटेड कपिलबस्तु सैनामैना गोल्डकपको सेमिफाइनलमा

दिपक न्यौपाने बुटवल – युनाइटेड कपिलबस्तु प्रथम सैनामैना गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सुनौलो शान्ति युवा क्लब गजेडीलाइ सडन डेथमा १–१ (६—५) ले पराजित गर्दै अन्तिम चार प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएको थियो । पहिलो हाफको ४४ औ मिनेटमा युनाइटेडका बिक्रम थापाले गोल गरेका थिए […]

March 22, 2017

सरकारी हस्तक्षेप निन्दनिय – अध्यक्ष श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सरकारले फिल्मी शैलीमा सुरक्षार्कीको तैनाथमा असम्बन्धित पक्षलाई एनओसी मुख्यालयमा प्रवेश गराएको आरोप लगाएको छ । सर्वाेच्च अदालतले पूर्नस्थापित रुक्म शम्सेर राणा अध्यक्ष रहेको एनओसीका पदाधिकारी पुलिसको रोहबरमा मंगलबार ताल्चा खोलेर सातदोबाटो एनओसी मुख्यालय प्रवेश गरेका थिए । ‘हिजोको दिन नेपाल खेलकुदका लागि कालो दिन […]

March 22, 2017

भरतपुरमा बार्सिलोना फ्यान क्लबको भेला हुने

राकेश तिमल्सिना चितवन – बार्सिलोना फ्यान क्लब नेपालको तेश्रो बार्षिकोत्सवको अवसरमा चैत्र २६ गते भरतपुरमा वृहत भेलाको आयोजना हुने भएको छ । भरतपुरमा क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै भेला आयोजनाको जानकारी दिएको हो । भेलामा केन्द्रिय प्रतिनिधि र बार्सिलोनाका समर्थकहरुको सहभागिता रहने कार्यक्रमका संयोजक कुशल लामिछानेले बताए । भेलामा मेस्सी, नेयमार र स्वारेजको हस्ताक्षर अंकित […]

March 22, 2017

पारस सगरमाथा डिपिएल क्रिकेटबाट मैदान फर्कने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का चैतको अन्तिमबाट मैदान फर्केने भएका छन् । पेटको शल्यक्रियापछि पूर्ण रुपमा फिट नभइसकेका कारण उनले विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको गत महिना भएका दुई खेल गुमाएका थिए । त्यस्तै उनले शनिबारदेखि बंगलादेशमा सुरु हुने एसिसी इमर्जिङ कप क्रिकेटबाट पनि नाम फिर्ता लिएका थिए […]

March 22, 2017

पारस र डी सिल्भाले कप्तानीमा गार्खा र लंकन भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेतृत्व गर्ने गोर्खा राइनोज र श्रीलंकाका पूर्व र वर्तमान राष्ट्रिय राष्ट्रिय खेलाडी सम्मिलित लंकन लायन्सबीच अर्को महिना टि ट्वान्टी–२० श्रृखंला आयोजना हुने भएको छ । नेपाल र श्रीलंकाबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६० औं बार्षिकोत्सवको अवसरमा पारेर पेरिविंकल सर्भिसले तीन वटा टि ट्वान्टी क्रिकेट श्रृखंला आयोजना […]

March 22, 2017

६ दिन बाँकी!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गतको पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब ६ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को […]

March 22, 2017

फुटबल खेलाडी सावित्रा र अनितालाई माल्दिभ्समा अवसर

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप फुटबलमा भारतपछि नेपाल सफल टोलीमा पर्दछ। चौथो संस्करणसम्म आइपुग्दा नेपालले तीन फाइनल खेलेको छ। भारत भने चारै संस्करणको विजेता रहेको छ। पछिल्ला चार संस्करणमा नेपाल यो बर्ष पहिलो पटक फाइनल पुग्नबाट बञ्चित रह्यो। यसअघि सधै फाइनल पुगेको नेपाल भारतको सिलगुढीमा यसपटक आयोजना हुँदा सेमिफाइनलबाटै बाहिरिएको थियो। टोली फाइनल […]

March 21, 2017

स्वाइन्सटाइगरले म्यानचेस्टर युनाईटड छाडे

म्यानचेस्टर (एजेन्सी) – जर्मनीका पूर्वकप्तान एवं म्यानचेस्टर युनाईटडबाट व्यावसायिक फुटबल खेल्दै आएका स्टार मिडफिल्डर बास्टियन स्वाइन्सटाइगरले क्लब छोड्ने भएका छन्। अमेरिकी क्लब सिकागो फायरले उनलाई १ वर्षको करार दिएपछि युनाईटेड छाडेर उनि एम.एल.एस. खेल्न अमेरिका जाने भएका हुन्। म्यानचेस्टर युनाईटेड र सिकागो फायरबीच सोमबार भएको सम्झौता अनुसार स्वाइन्सटाइगरले आजकै मितिबाट युनाईटेड छाड्नेछन्। उनले आफ्नो फेसबुक […]

default_image

March 21, 2017

क्षितिजले ग्रान्ड मास्टरसँग बराबरी खेले , तीन बंगलादेशी शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशी ग्रान्डमास्टर जिआउर रहमान र अब्दुल्लाह अलल रकिब र फिडे मास्टर हसन मेहन्दी २.५ अंकका साथ राजधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगिताको तेस्रो चरणको समाप्तीमा संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । नेकोस चेस बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा मंगलबार २५२० रेटेड जिआउल हक र […]

Success

Thank you for your time.