default_image

Featured

March 23, 2017

एमेच्योर गल्फको उपाधि टासीलाई

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गत अन्तिम दिनको खेल टासी छिरिङले शुक्र बहादुर राईलाई प्लेअफमा हराउँदै उपाधि जितेका छन्। पार ७२ गोकर्ण गल्फ क्लबमा बिहिबार भएको अन्तिम दिनको खेलमा टाशी र शुक्र समग्रमा ३ ओभर २१९मा बराबर भएपछि प्लेअफ खेल्नु परेको थियो। नियमित खेलको अन्तिम होलमा शुक्रले ८ फिट दुरीबाट बर्डी […]

March 23, 2017

चिली पुन: अर्जेन्टिनाको बाधक बन्न सक्ने

मोन्टेभिडियो (एजेन्सी) – रसियामा सन् २०१८ मा हुने विश्वकप फुटबल छनोट अन्तर्गत शुक्रबार बिहान दक्षिण अमेरिकी छनोटमा कोपा अमेरिका विजेता चिली र अर्जेन्टिना आमने सामने हुदैछन्। शुक्रबार बिहान हुने खेल अर्जेन्टिनाका लागि निकै महत्वपू्र्ण छ। कोपा अमेरिका विजेता टोलीमाथि जित निकाल्न सके अर्जेन्टिनाले रसिया विश्वकपका लागि सिधै छनोट हुने सम्भावना राख्नेछ। विश्वकप छनोटको पछिल्ला चार […]

March 23, 2017

सावित्रा र अनिता माल्दिभ्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत फुटसल लिगमा सहभागी हुन माल्दिभ्स प्रस्थान गरेका छन्। माल्दिभ्समा वर्षेनी हुने फुटसल लिगको लागि माल्दिभ्स एयरपोर्ट कम्पनीले भण्डारी र बस्नेतलाइ १ महिनाको लागि अनुबन्धन गरेका हुन्।  २ वर्ष अघि नेपालकै सजना राणा मगरले पनि उक्त फुटसल लिग खेलेकी थिइन्। मार्च […]

March 23, 2017

विश्वकप छनोटमा ब्राजिल र उरुग्वे भिड्दै

मोन्टेभिडियो (एजेन्सी) – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत उरुग्वे र ब्राजिल आमनेसामने हुँदैछन्। ब्राजिलले प्रशिक्षक पदमा टिटेलाइ नियुक्त गरेयता लगातार ६ खेलमा जित हात पारेको छ र यस जितसंगै विश्वकपमा आफ्नो नाम पक्का गर्ने सम्भावना रहेको छ। उरुग्वेले आफ्नो घरेलु मैदानमा खेलेको ६ ओटै खेलमा जित दर्ता गरेको छ। यधपी उरुग्वेले पछिल्लो चरणमा पहेंलो […]

March 23, 2017

नेपाली फुटबल टोली शनिबार फिलिपिन्स जाने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोट चरणअन्तर्गत फिलिपिन्सविरुद्धको अवे खेलका शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाल र फिलिपिन्सबीच चैत १५ गते रिजाल रंगशालामा पहिलो खेल हुँदैछ । नेपालले आन्तरिक तयारीमा जोड दिइरहँदा फिलिपिन्सले भने मंगलबार मैत्रीपूर्ण खेलमा मलेसियासँग गोलरहित बराबरी खेलेको थियो । नेपाल र फिलिपिन्स खेल हुने […]

March 23, 2017

जर्मनीद्वारा इङ्गल्याण्ड पराजित

डर्टमण्ड (एजेन्सी) – लुकास पोडोल्स्कीले आफ्नो अन्तिम अन्तराष्ट्रिय खेलमा गरेको दर्शनिय गोलको मद्दतले बुधबार भएको मैत्रिपूर्ण खेलमा जर्मनीले इङ्गल्याण्डलाई १-०ले पराजित गरेको छ। जर्मनीका लागि १३०औं खेल खेल्ने क्रममा टोलीको कप्तानी समेत पाएका पोडोल्स्कीले ६९औं मिनेटमा करिब ३५ यार्ड टाढाबाट देब्रे खुट्टाले प्रहार गरेको सट गोलमा परिणत भएको थियो। उनको यो राष्ट्रिय टोलीको लागि ४९औं […]

March 23, 2017

नेपालले सेन्ट्रल जोन भलिबलमा तुर्कमेनिस्तानको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले तुर्कमेनिस्तानसँग खेल्दै माल्दिभ्समा जारी एबिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको यात्रा प्रारम्भ गर्दैछ । मंगलबार माल्दिभ्स पुगेको नेपाली टोलीले मंगलबार झन्डै २ घन्टा अभ्यास गरेको थियो । इम राना मगरको कप्तानीमा रहेको नेपाली टोलीले शुक्रबार आयोजक माल्दिस र मार्च २७ मा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यसपटक चार टोलीको सहभागिता रहेको प्रतियोगिताको मंगलबार […]

March 22, 2017

एमेच्योर गल्फमा नेपाल ‘बि’को जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल ओपन एमेच्योर गल्फ च्याम्पियनसिप अन्तर्गत मंगलबार पार-७२ गोकर्ण गल्फ क्लबमा भएको दोश्रो दिनको खेलमा नेपाल ‘बि’ टोलीले टिम इभेन्टको उपाधि जितेको छ। पहिलो दिनमा १४६ स्कोर जोडेको नेपाल ‘बि’ले दोश्रो दिनमा १४५को स्कोर बनाएपछि जित सम्भव भएको थियो। शिव कुमार माझीले पहिलो दिन ७२ र दोश्रो दिन ७३ अंक जोडे […]

March 22, 2017

नेपालसंग खेल्नुअघि फिलिपिन्सले मलेसियासंग बराबरी खेल्यो

मनिला (एजन्सी)– नेपालले एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत चैत १५ गते फिलिपिन्सको सामना गर्दैछ। तर, नेपाली फुटबल टोलीले कात्तिक अन्तिममा एएफसी सोलिडारिटी कप जितेयता कुनै पनि प्रतियोगिता वा मैत्रीपूर्ण खेल खेलेको छैन। यद्दपी टोली झन्डै दुई महिनादेखि एसियन कप छनोटको तयारीमा जुटेको छ। ६ दिनपछि नेपालले फिलिपिन्ससँग मनिलास्थित रिजाल मेमोरियल रंगशालामा समूह चरणको […]

March 22, 2017

ओखलढुंगामा अर्को साता पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – ओखलढुंगाको गाम्नाङटारमा अर्को साता खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद पर्यटनको विकासका लागि दी युथ पावर नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चैत १५ गते देखि ३ दिन चल्ने प्रतियोगितामा काठमाडौं काठमाडौंलगायत विभिन्न जिल्लाका १३ टोलीको […]

Success

Thank you for your time.