default_image

ए डिभिजन लिग

May 8, 2023

पुछारका तीन क्लब रेलिगेसन क्षेत्र छाड्ने प्रयासमा

एजेन्सी – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार हुने दुई खेलमा अंक तालिकाको पुछारमा रहेका तीन क्लब रेलिगेसन क्षेत्र छोड्ने प्रयासमा हुनेछन् । दुवै खेल दिउँसो ३ बजे हुनेछ । च्यासल मैदानमा फ्रेन्ड्स क्लब र फुटबल क्लब खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पहिलो लेगमा खुमलटारले खेल १-० ले जितेको थियो । त्यसैले पनि फ्रेन्ड्स यस […]

May 7, 2023

१४५८ मिनेटको प्रतीक्षा!

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा पहिलो गोल गर्ने क्रममा संकटाविरुद्ध टोलीलाई सुरुवाती अग्रता दिलाए । संकटाले इन्ज्युरी समयमा गोल गर्दै खेल बराबर गर्दा आर्मीले जित हासिल गर्न सकेन, तर कप्तान भरतले निकै लामो समयदेखिको गोल खडेरी तोडे । ए डिभिजन लिगको गत संस्करणको […]

May 7, 2023

अथ्रिसको पेनाल्टीमा संकटा हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – लेवनानका फरवार्ड युसुफ अथ्रिसले इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गर्दा संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबसँग हारबाट जोगिएको छ । एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा संकटाले आर्मीलाई १-१ को बराबरीमा रोक्दै रेलिगेसन क्षेत्र छाड्यो । आर्मीले कप्तान भरत खवासको गोलमा पहिलो हाफमा अग्रता लिएपनि अन्तिम समयमा गोल […]

May 7, 2023

आफिजको गोलमा मच्छिन्द्रको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड ओलावाले आफिजले इन्ज्युरी समयमा गोल गरेपछि मच्छिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा नेपाल एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा आइतबार मच्छिन्द्रले २-१ को जित दर्ता गर्यो । एपिएफले खेलमा सुरुवाती अग्रता लिएपनि दुवै हाफको इन्ज्युरी समयमा गोल खाँदा हार बेहोर्न पुगेको हो । एपिएफका लागि अर्मान्ड […]

May 7, 2023

संकटाको रेलिगेसन क्षेत्र छाड्ने प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । दिउँसो ३ बजे हुने खेलमा संकटा क्लब खराब लयलाई अन्त्य गर्दै रेलिगेसन क्षेत्र छोड्ने प्रयासमा हुनेछ । पछिल्लो ५ मध्य ४ खेलमा हार र १ मा बराबरी खेलेको संकटाले आज एन्फा कम्पलेक्स मैदानमा त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । पहिलो […]

May 6, 2023

थ्री स्टार र फ्रेन्डसको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । थ्री स्टार र फ्रेन्ड्सको गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा फ्रेन्ड्सले बल पोसेसनमा पकड बनाएपनि तुलनात्मक रुपमा थ्री स्टारले बढी आक्रमण बुनेपनि फिनिस गर्न नसक्दा खेल […]

May 6, 2023

मनाङ र सातदोबाटोको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लब र मनाङ–मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटो र मनाङले गोलरहित बराबरी खेलेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगियो । २६औं मिनेटमा साहिदजमोल डाभ्लातजोनोभको फ्रिकिक थोरै अकासियो […]

May 6, 2023

अन्जनको ह्याट्रिकसँगै चर्च ब्वाइज शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टले ह्याट्रिक पूरा गरेको खेलमा न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लन सफल भएको छ । एनआरटीलाई ४–१ ले पराजित गर्दै चर्च ब्वाइज शीर्षस्थानमा उक्लन सफल भएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्टले ह्याट्रिक तथा सुशिल शाहले […]

May 6, 2023

तीन क्लबको शीर्षस्थानमा नजर

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन क्लबलाई लिगको शीर्षस्थानमा उक्लने अवसर रहेको छ । शुक्रबारको खेलमा जावलाखेल युवा क्लब खुमलटारसँग पराजित भएपछि दोस्रो स्थानको चर्च ब्वाइज, तेस्रो स्थानको थ्री स्टार र चौथो स्थानमा रहेको सातदोबाटो युवा क्लबले लिग तालिकामा फड्को मार्ने अवसर पाएका हुन् । शनिबार दिउँसो ३ बजे च्यासल […]

May 5, 2023

शेर्पासँग पुलिसको हार

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबसँग हार बेहोरेको छ । पुलिस शेर्पासँग २–१ ले पराजित भएको हो । शेर्पाको जितमा एवायोमी फकुन्ले र अमृत श्रेष्ठले गोल गरे । पुलिसका सौजन राईले एक गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको १३औं मिनेटमा फकुन्लेको प्रहारलाई […]

Success

Thank you for your time.