default_image

ए डिभिजन लिग

March 7, 2023

आत्मघाती गोलले थ्री स्टार जितबाट वञ्चित

काठमाडौं (हाम्रो खेलकुद) – खेलको इन्ज्युरी समयमा आत्मघाती गोल गरेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार पहिलो जितबाट वञ्चित बनेको छ । थ्री स्टारले फ्रेन्ड्स क्लबसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । ललितपुरको च्यासलस्थित च्यासल रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टारका अजायी मार्टिन्स, योगेश गुरुङ र प्रदीप लम्सालले गोल गरे […]

March 7, 2023

आशिष चम्कदा चर्च ब्वाइजले खुमलटारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । चर्च ब्वाइजले ‘ए’ डिभिजनको अर्काे नव प्रवेशी एफसी खुमलटारलाई ३–१ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित दर्ता गर्न सफल भएको हो । चर्च ब्वाइजको जितमा आशिष चापागाईंले दुई तथा एरिक विष्टले […]

March 7, 2023

‘ए’ डिभिजन लिगमा आज दुई खेल

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछ । दोस्रो चरणको लिग अन्तर्गत आज (मंगलबार) दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्दैछन् । यो खेल दिउँसो २ः३० बजेपछि हुनेछ । चर्च ब्वाइज ‘बी’ डिभिजनको च्याम्पियन […]

March 5, 2023

मछिन्द्र लिगको पहिलो खेलमै स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – लगातार दुई सिजनको च्याम्पियन मछिन्द्र फुटबल क्लब यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेलमै पराजित भएको छ । यो सिजनको लिगको पहिलो खेलमा जावलाखेल युथ क्लबसँग ३–१ ले स्तब्ध बनेसँगै मछिन्द्रको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित यात्रामा पूर्ण विराम लागेको छ । वि.स. २०७६ मा हिमालयन शेर्पासँग २–० […]

March 5, 2023

दीपकको दुई गोलमा सातदोबाटोको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड दीपक राज सिंह ठकुरीको दुई गोल मद्दतमा सातदोबाटो युथ क्लबले यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । च्यासल रंगशालामा आइतबार भएको खेलमा न्युरोड टिम (एनआरटी) लाई २–१ ले पराजित पराजित गर्दै सातदोबाटोले विजयी सुरुवात गरेको हो । एनआरटीका निकोलस सङले एक गोल फर्काए । प्रतिस्पर्धात्मक […]

March 5, 2023

आर्मी र संकटाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । आर्मी र संकटाले गोलरहित बराबरी खेल्दै यस सिजनको लिगको सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिन पुग्यो […]

March 4, 2023

अग्रता जोगाउन नसक्दा मनाङ रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङ–मर्स्याङ्दी क्लबले यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग बराबरीबाट सुरुवात गरेको छ । मनाङले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङका लागि रोशन रानामगरले गोल गर्दा शेर्पाका सुरेश कुमालले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको १४औं मिनेटमा रोशन […]

March 4, 2023

चर्च ब्वाइजको पूनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडले विभागीय नेपाल पुलिस क्लबमाथि पूनरागमन जित निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । चर्च ब्वाइजले एक गोलले पछि परेको स्थिति उल्ट्याएर पुलिसमाथि २–१ को पूनरागमन जित निकालेको हो । चर्च ब्वाइजको पूनरागमन जितमा आशिष चौधरी र फ्रान्कलिन कोटे टालाले गोल […]

March 4, 2023

एपिएफले थ्री स्टारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिफ फुटबल क्लबले सहिद स्मामर ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । ललितपुरको थ्री स्टार क्लबलाई २–० ले पराजित गर्दै एपिएफले जितका साथ लिगको सुरुवात गरेको हो । एपिएफको जितमा मनि कुमार लामा र अर्मान्ड विडोमले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । त्रिपुरेश्व्रस्थित दशरथ […]

March 4, 2023

थ्री स्टारलाई युरो प्यासनकाे प्रायाेजन

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको थ्री स्टार क्लब र युरो प्यासन अमेरिका (स्पोर्ट्स ब्राण्ड) बीच किट्स प्रायोजनका लागि सम्झौता भएको छ । यससँगै थ्री स्टारले यसपालीको सिजनमा युरो प्यासन अमेरिका (स्पोर्ट्स ब्राण्ड) को खेल सामग्री प्रयोग गर्नेछ । थ्री स्टार क्लब तथा नेपाली राष्ट्रिय फुटबल टोलीक पूर्व खेलाडी प्रलय राजभण्डारी निर्देशक रहेको युरो प्यासन अमेरिका […]

Success

Thank you for your time.