default_image

ए डिभिजन लिग

February 26, 2022

च्याम्पियन मछिन्द्र अन्त्यसम्मै अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलसम्म अपराजित रहन सफल भएको छ । लिगको आफ्नो अन्तिम खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै मछिन्द्र लिगमा अपराजित रहन सफल भएको हो । मछिन्द्रको जितमा अभिषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे […]

February 26, 2022

पहिलो हाफमा एपिएफविरुद्ध मछिन्द्रलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा विभागीय नेपाल एपिएफ फुटबल क्लबविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको पहिलो हाफमा अभिषेक गुरुङको गोलमा मछिन्द्रले १–० को अग्रता लिन सफल भएको हो । उनले ४२औं मिनेटमा गोल गरेका थिए । […]

February 26, 2022

पुलिसमाथि जित निकाल्दै एनआरटी लिगमा तेस्रो

काठमाडौं (हाम्रो खेलकुद)– न्यूरोड टिम (एनआरटी) ले तेस्रो स्थानमा रहँदै सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ । अन्तिम दिन शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै एनआरटीले तेस्रो स्थान पक्का गरेको हो । १३ औं चरणको समाप्तीमा आर्मी र एनआरटीले समान २३ अंक जोडेका थिए । आर्मीले दशरथ रंगशालामा मनाङसँग […]

February 26, 2022

मनाङसँग बराबरी खेल्दै लिगमा आर्मीको दोस्रो स्थान पक्का

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबले पनि लगातार दोस्रो पटक दोस्रो स्थानमा रहँदै सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ । लिगको अन्तिम दिन शनिबार दशरथ रंगशालामा मनाङ मस्र्याङ्दी क्लबसँग १–१ को बराबरी खेल्दै आर्मीले दोस्रो स्थान पक्का गरेको हो । यसअघि २०७६ मा भएको लिगमा पनि आर्मी दोस्रो भएको थियो । १३ […]

February 26, 2022

एनआरटीविरुद्ध पुलिसको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको अन्तिम दिन शनिबार न्यूरोड टिम एनआरटीविरुद्धको पहिलो हाफमा नेपाल पुलिस क्लबले अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले १२ औं मिनेटमा अग्रता लिएको छ । रवि पासवानको गोलबाट पुलिसले अग्रता बनाएको थियो । दोस्रो स्थानमा लिगको अन्त्य गर्ने सम्भावनालाई जीवित राख्न एनआरटीले जित्नै […]

February 26, 2022

अन्जनको गोलमा मनाङलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको अन्तिम दिन शनिबार त्रिभुवन आर्मी क्लबविरुद्धको पहिलो हाफमा मनाङ मस्र्याङ्दी क्लबले अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको अन्तिम मिनेटमा कप्तान अन्जन विष्टले गोल गरेका थिए । पुजन उपरकोटीको कर्नरमा दीनेश राजवंशीले हेड गरेको बललाई आर्मीका गोलकिपर विकेश कुथुले पन्च गरे त्यहि रिबाउन्डमा अन्जनले […]

February 25, 2022

लिग निर्देशक मिश्रको राजीनामा फिर्ता

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग र प्रतियोगिता निर्देशक पदबाट सञ्जिव मिश्रले दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरको अनुरोधपछि मिश्र राजीनामा फिर्ता लिन राजी भएका हुन् । ‘एन्फा चाँडै बी डिभिजन लिग सुरु हुँदैछ, सी डिभिजनलगायत अन्य प्रतियोगिता आयोजना गर्नुपर्नेछ । […]

February 25, 2022

डोनाको गोलमा थ्री स्टार हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयको थप गरिएको अन्तिम मिटेमा मिडफिल्डर डोना थापाको गोलमा रुस्लान थ्री स्टार क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा रेलिगेसनमा परिसकेको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँगको हारबाट जोगिएको छ । थ्री स्टारले बिबिसीसँग १–१ गोलको बराबरी खेलेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा […]

February 25, 2022

जावलाखेल संकटाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लब र संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो अन्तिम खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् । जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेल्दै यो सिजनको लिगको अन्त्य गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा जावलाखेलका सुनिल खड्काले गोल गर्दा संकटाका उत्तम राईले बराबरी […]

February 25, 2022

पहिलो हाफमा बिबिसी र थ्री स्टारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र रुस्लान थ्री स्टार क्लबले बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा दुवै टोलीले गोलका उल्लेख्य मुभ बनाउन सकेका छैनन् । रेलिगेसनमा परिसकेको बिबिसीविरुद्ध […]

Success

Thank you for your time.