default_image

ए डिभिजन लिग

February 15, 2023

मनाङले उज्वेकिस्तानका विंगर भित्र्यायाे

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल मनाङ मर्स्याङ्दी क्लबले उज्वेकिस्तानका विंगर सेडजामोल डाभ्लाजोनोभलाई अनुबन्ध गरेको छ । कीर्तिमानी ८ पल्टको च्याम्पियन मनाङले नयाँ सिजनको लागि एसियन कोटामा उज्वेकिस्तानका खेलाडीलाई अनुबन्ध गरेको हो । मनाङले बुधबार सामाजिक संजालमार्फत विंगर सेडजामोललाई यो सिजनको लागि अनुबन्ध गरिएको जनाएको छ । २५ वर्षीय विंगर […]

February 13, 2023

मनाङमा बार्सिलोनाका पूर्व डिफेन्डर अनुबन्धित हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी क्लबले बार्सिलोनाका पूर्व खेलाडीलाई अनुबन्ध गर्ने भएको छ । सन् २०१४/१५ मा बार्सिलोनाको सिनियर टोलीमा परिसकेका सेनेगलका डिफेन्डर दिवान्दु डियाग्ने नियाङ नेपाल आइसकेका छन् । मनाङ मर्स्याङ्दीका उच्च स्रोतका अनुसार क्लबले उनलाई यस सिजनका लागि अनुबन्ध गरेको हो । क्लबले हाल […]

February 6, 2023

खेलाडी पलायनका बीच लिगमा विदेशी कोटा बढाउने चर्चा

सुबास हुमागाईं, काठमाडौं सहिद स्मारक ए डिभिजन लिग सुरु हुन एक महिना भन्दा कम समय बाँकी छ । १४ ओटै ए डिभिजन क्लब यतिबेला टोली निर्माणको अन्तिम चरणमा छन् । तर राष्ट्रिय टोलीबाट खेलिसकेका झन्डै ३ दर्जन खेलाडी पलायन भएका कारण टोली निर्माण गर्न क्लबहरुलाई केहि कठिनाइ भइरहेको छ । तीन पटक लिगको मिति स्थगित […]

February 3, 2023

‘ए’ डिभिजन लिग- तीन मैदानमा १ सय ८२ खेल हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना सुरु हुने घरेलु फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको ५० प्रतिशत तयारी पूरा भएको जनाएको छ । एन्फा मुख्यालय सातदोबाटोमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाका महासचिव किरण राईले लिगको एक महिने काउन्ट डाउन सुरु भएको जानकारी दिने क्रममा तयारीका बारेमा […]

January 29, 2023

महिला फुटबल टोलीको प्रशिक्षक नियुक्त– थापा मुख्य, गुरुङ सहायक

काठमाडौं (हाम्रो खेलकुद)– अनन्तराज थापा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपलगत्तै कुमार थापाले राजानिमाको घोषणागरेयता राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक पद खाली थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि थापालाई मुख्य प्रशिक्षक आइतबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो […]

January 24, 2023

प्रशिक्षक केसी थ्री स्टार फर्किए

काठमाडौं (हाम्रो खेलकुद)– फुटबल प्रशिक्षक मेघराज केसी पुनः थ्री स्टार क्लबमा फर्केका छन् । एक सिजन सातदोबाटो युवा क्लबमा बिताएका केसी सहिद स्मारक ए डिभिजन लिग सुरु हुन एक महिना भन्दा बढी समय रहँदा फेरि थ्री स्टारमा आबद्ध भएका हुन् । क्लबका अध्यक्ष अरुणमान जोशीसहित पदाधिकारीले मंगलबार केसीलाई क्लबमा स्वागत गरेका थिए । ४९ वर्षे […]

January 20, 2023

ए डिभिजन लिग – उद्घाटन खेल खुमलटार र फ्रेन्ड्सबीच हुने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल नव प्रवेशी खुमलटार युवा क्लब र फ्रेन्ड्स क्लबबीच हुने भएको छ । दशरथ रंगशालामा फागुन १९ गते सुरु हुने लिगको उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगका लागि शुक्रबार खेल तालिका सार्वजनिक गरेको […]

January 4, 2023

मिडफिल्डर पुजन मछिन्द्रमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद)– मिडफिल्डर पुजन उपरकोटीले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसीमा अनुबन्धित भएका छन् । मछिन्द्रबाट पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड क्लबविरुद्ध आइतबार क्वार्टरफाइनल खेलेका पुजनले औपचारिक रुपमा सम्झौता भने मंगलबार गरेका हुन् । उनले केहि दिन अघि सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी […]

January 3, 2023

नयाँ सिजनका लागि मनाङको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्बलले नयाँ सिजनका लागि आफ्नो टोलीको घोषणा गरेको छ । ए डिभिजन लिग सुरु हुनु ठिक दुई महिना अघि मंगलबार मनाङले मुख्य प्रशिक्षक गोलकिपर प्रशिक्षक र खेलाडीको नाम सार्वजनिक गरेको छ । आजै टोलीले पोखरामा जारी आहा रारा पोखरा गोल्ड कप […]

January 2, 2023

ए डिभिजन लिगको खेल तालिका माघ २ गते सार्वजनिक हुने

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका अर्को महिनाको पहिलो सातामै सार्वजनिक हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लबहरुको सहमतिमा फागुन १९ गतेबाट ए डिभिजन लिग गर्ने निर्णय गरेको यसअघि नै सार्वनिक गरिसकेको छ । सोही लिगका लागि माघ २ गते खेल तालिका सार्वजनिक गर्ने एन्फाले जनाएको छ […]

Success

Thank you for your time.