default_image

ए डिभिजन लिग

February 16, 2022

पहिलो हाफमा पुलिसविरुद्ध थ्री स्टारलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत रुस्लान थ्री स्टार क्लबले विभागीय नेपाल पुलिस क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको २१औं मिनेटमा ऋतिक कुमार खड्काको गोलमा १–० को अग्रता लिन सफल भएको हो । १८औं मिनेटमा अन्सुमाना क्रोमाहको सशक्त प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन […]

February 16, 2022

आर्मी र शेर्पाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको आर्मीले शेर्पासँग १–१ गोलको बराबरी खेलेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको खेलमा आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल गर्दा शेर्पाका पिस्टोन मुताम्वाले बराबरी […]

February 16, 2022

सातदोबाटोलाई हराउँदै मछिन्द्र दुई खेल अगावै लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नव प्रवेशी सातदोबाटो युथ क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै साविक विजेता मछिन्द्र फुटबल क्लब दुई खेल बाँकी छँदै यस वर्षको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ । मछिन्द्रले सातदोबाटोलाई १–० ले हराउँदै लगातार दोस्रो वर्ष लिग च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा […]

February 16, 2022

जर्जप्रिन्सको गोलमा आर्मीलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान जर्जप्रिन्स कार्कीको गोलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पहिलो हाफमा हिमालयन शेर्पाविरुद्ध अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको खेलमा आर्मीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको छ । २६औं मिनेटमा जर्जप्रिन्सले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका […]

February 16, 2022

पहिलो हाफमा मछिन्द्र र सातदोबाटोको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – लिग लिडर मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । मछिन्द्र र सातदोबाटोले पहिलो हाफमा गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न सकिरहेका छैनन् । […]

February 15, 2022

‘मनिषको रेस्क्यूमा कमजोरी भएको छैन’- एन्फा

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्रका फरवार्ड मनिष डाँगी ब्लू क्रस अस्पतालबाट डिस्चार्ज भएकै दिन मंगलबार उनको रेस्क्यूमा व्यवस्थापनमा कुनै कमी नभएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबविरुद्धको खेलको ६६ औं मिनेटमा टाउकोमा चोट लागेर घाइते भएका मनिषको रेस्क्यूमा गरिएका सबै प्रक्रियालाई एन्फाले पत्रकार सम्मेलनमार्फत […]

February 15, 2022

जावलाखेलविरुद्ध फ्रेन्ड्सको सानदार पूनरागमन

काठमाडौं (हाम्रो खेलकुद) – ३–० ले पछि परेको स्थिति उल्ट्याएर फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबविरुद्ध रोमाञ्चक बराबरी खेलेको छ । फ्रेन्ड्सले जावलाखेलसँग ३–३ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलमा जावलाखेलका लोइक एनजिमीको दुई तथा रुप बहादुर लामाको […]

February 15, 2022

बिबिसी र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन ब्याटलको रुपमा रहेको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । बिबिसी र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यो बराबरीले दुवै टोलीलाई रेलिगेसनको दवाव यथावतै रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको […]

February 15, 2022

पहिलो हाफमा फ्रेन्ड्सविरुद्ध जावलाखेललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलमा फ्रेन्ड्स क्लबविरुद्ध पहिलो हाफमा ३–१ को अग्रता लिएको छ । लोइक एनजिमीको दुई दुई तथा रुप बहादुर लामाको एक गोलमा जावलाखेलले पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भएको हो । नाथानिल जुडे गार्सियाले एक गोल फर्काएका छन् । […]

February 15, 2022

मछिन्द्रका मनिष डिस्चार्ज भए

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्रका फरवार्ड मनिष डाँगी अस्पतालबाट मंगलबार डिस्चार्ज भएका छन् । सहिद स्मारक ए डिभिजन लिमगा शनिबार च्यासल युथ क्लबविरुद्धको खेलको ६६ औं मिनेटमा टाउकोमा चोट लागेपछि मनिषलाई ब्लु क्रस अस्पतालमा भर्ना गरिएको थियो । सबै अवस्था सामान्य भएपछि अस्पतालले उनलाई डिस्चार्ज दिएको र अहिले घर फर्केको मछिन्द्रका फिजियो सुरज भुसालले जानकारी दिए […]

Success

Thank you for your time.