December 3, 2022
कतार (हाम्रो खेलकुद) – नेदरल्यान्ड्सका विंगब्याक डेन्जेल डम्फ्रिज फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा प्लेयर अफ द म्याच बनेका छन् । नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्दा डम्फ्रिजले उच्च प्रदर्शन गरे । खेलको सबै गोलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनले १ गोल र २ असिस्ट दिएका थिए […]
December 3, 2022
कतार (हाम्रो खेलकुद) – नेदरल्यान्ड्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले पराजित गर्दै डच टोली अन्तिम ८ मा प्रवेश गर्न सफल भएको हो । खलिफा रंगशालामा पहिलो हाफमै २-० को अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल खाएपनि अमेरिकालाई जम्न दिएन । […]
December 3, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा नेदरल्यान्ड्सले अमेरिकाविरुद्ध दुई गोलको अग्रता लिएको छ । पहिलो हाफको समाप्तिमा नेदरल्यान्ड्स २-० ले अघि छ । पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि अमेरिकी टोली आक्रमण बुन्न भने सकिरहेको छैन । विपक्षी हाफमा पुगेपछि अन्तिम पास निकाल्न अमेरिकी मिडफिल्डलाई कठिनाइ भइरहेको छ […]
December 3, 2022
प्रकाश तिमल्सिना, काठमाडौं विश्वकप फुटबल, अर्जेन्टिना र डेढ दशकभन्दा लामो समयदेखि टोलीका मुख्य केन्द्रविन्दु लियोनल मेस्सीको चर्चा स्वभाविक छ । अर्जेन्टिनाको फुटबल टोलीलाई समर्थन नगर्नेले पनि मेस्सीको प्रदर्शनको प्रशंसा गर्छन् नै । आधिकारिक सर्वेक्षण नभएपनि नेपालमा विश्व कपमा अर्जेन्टिनलाई समर्थन संख्या तुलानात्मक रुपमा बढी छ । सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेपछि नेपालमा अर्जेन्टिनालाई पछ्याउने […]
December 3, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्दैछन् । खेलका लागि दुवै टोलीले सुरुवाती ११ घोषणा गरेका छन् । अमेरिकाले पछिल्लो खेलबाट टोलीमा २ खेलाडी परिवर्तन गरेको छ । इरानविरुद्ध १-० को जित दर्ता गर्दा विजयी गोल गरेका क्रिस्टियन पुलिसिच सुरुवाती रोजाइमा अटाएका छन् । […]
December 3, 2022
कतार (हाम्रो खेलकुद) – चोटको समस्यासँग जुधिरहेको उपाधि दावेदार ब्राजिलका दुई खेलाडीले फिफा विश्वकप कतार २०२२ को बाँकी खेल गुमाउने भएका छन् । यससँगै ब्राजिलको छैटौं पटक विश्वकप जित्ने लक्ष्यमा ठूलो धक्का लागेको छ । शुक्रबार क्यामरुनविरुद्ध खेलमा चोट बोकेका फरवार्ड ग्याब्रीएल जेसस र डिफेन्डर एलेक्स टेलेसले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् । दुवै […]
December 3, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ मा एसियाका तीन राष्ट्रले नकआउट चरणमा स्थान पक्का गरे । फिफा विश्वकपको २२ औं संस्करण आइपुग्दा एसियाका तीन टोली अन्तिम १६ मा पुगेको यो पहिलो अवसर हो । यसअघि सन् २००२ मा जापान र कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा पनि एसियाका दुई टोली अघि बढेका थिए […]
December 3, 2022
कतार (हाम्रो खेलकुद) – फ्रान्सका कप्तान ह्युगो लोरिसले फिफा विश्वकप कतार २०२२ को अन्तिम १६ मा पोल्यान्डविरुद्ध खेल अघि पेनाल्टीका लागि पनि टोली तयार रहनुपर्ने बताएका छन् । खेलको पूर्वसन्ध्यामा अन्तिम १६ को खेलबारे बोल्दै लोरिसले पोल्यान्डविरुद्ध खेल लेवान्डोस्कीका कारण पनि थप कठिन हुने बताए । ‘लवान्डोस्की विश्वको उत्कृष्ट फरवार्डमा पर्छन् । उनी पोल्यान्डका महत्त्वपूर्ण […]
December 3, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को नकआउट चरणको दोस्रो खेलमा आज (शनिबार) अर्जेन्टिना र अष्ट्रेलियाबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजे अहमेद विन अली स्टेडियममा हुनेछ । समूह चरणको पहिलो खेलमा हार त्यसपछि लगातार दुई जित अर्जेन्टिना र अष्ट्रेलियाले अन्तिम १६ मा पुग्दाको यात्रा हो । भलै अर्जेन्टिना समूह सी […]
December 3, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा आज (शनिबार) देखि नकआउट चरणको खेलमा प्रतिस्पर्धा हुँदा नेदरल्यान्डले अमेरिकासँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार राति ८ः४५ बजेपछि खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता तथा अमेरिका समूह ‘बी’ को उपविजेता हो । समूह चरणमा वेल्स र इंग्ल्यान्डसँग बराबरी खेल्दा इरानलाई १–० ले […]