default_image

फिफा विश्वकप

July 3, 2018

बेल्जियमविरुद्ध जापानको २–० को अग्रता

रोस्टोभ (एजेन्सी) – दोस्रो हाफ सुरु भएको सात मिनेट भित्र बेल्जियमविरुद्धको विश्व कप प्रिक्वार्टरफाइनलमा जापानले २–० को अग्रता लिएको थियो । यो अग्रतालाई जोगाउन सकेको खण्डमा जापान पहिलो पटक विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुग्ने छ । जापानका लागि पहिलो गोल गेन्की हारागुचीले ४८ औं मिनेटमा गरेका थिए । लगत्तै बेल्जियमले गोल फर्काउने मौका पाएको थियो […]

July 3, 2018

जापान र बेल्जियमबीचको पहिलो हाफ गोलरहित

रोस्टोभ (एजेन्सी) – रसियामा जारी विश्व कपको बेल्जियम र जापानबीच छैटौं प्रिक्वार्टरफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । यो खेलको विजेताले क्वार्टरफाइनलमा ब्राजिलको सामना गर्नेछ । ब्राजिलले आजै मेक्सिकोलाई २–० ले हराएको थियो । विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने एक्लो एसियाली राष्ट्रका रुपमा रहेको जापानले पटक पटक दबाब खेप्दा पनि स्तरिय बेल्जियमलाई ४५ मिनेट […]

July 2, 2018

नेयमार र फिर्मिनोको गोलमा ब्राजिल क्वाटरफाइनलमा

समारा (एजेन्सी) – विश्वकप अन्तिम १६ को पाचौं खेलमा ब्राजिलले मेक्सिकोलाई २-० ले हराएको छ । ब्राजिलका लागि फरवार्ड नेयमार र रोबर्टो फिर्मिनोले गोल गरे । खेलको ५१ औं मिनेटमा विलियनको सुन्दर पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । खेलको अन्तिम मिनेटतिर नेयमारकै पासमा परिवर्तित खेलाडी फिर्मिनोले गोल गर्दै ब्राजिलको जित र ब्राजिलको अन्तिम […]

July 2, 2018

ब्राजिल र मेक्सिकोको पहिलो हाफ गोलरहित

समारा (एजेन्सी) – विश्वकप २०१८ को अन्तिम १६ को पांचौं खेलमा ब्राजिल र मेक्सिको भिड्दै छन् । पहिलो हाफको अन्त्यमा दुवै टोलीले गोल गर्न असफल भएका छन् । ब्राजिल र मेक्सिकोले पहिलो हाफमा लगभग समान पोजेसन राखेका छन् भने ब्राजिलले पोस्टमा ३ प्रहार गर्न पनि सफल भएको छ । रक्षात्मक खेल पस्किरहेको मेक्सिको ब्राजिललाई काउन्टर […]

July 2, 2018

बलियो बेल्जियमसँग जापान तयार, रोक्ला त जापानले?

एजेन्सी (रोस्टोभ) – एसियाली राष्ट्र जापान रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने एक्लो एसियाली राष्ट्र हो । विश्व फुटबलमा युरोप र दक्षिण अमेरिकी राष्ट्रले दवदवा जमाइरहँदा एसियाली टिमलाई अन्तिम १६ सम्म पुग्नु पनि ठुलो कुरा हो । यही एसियाली राष्ट्र जापानले क्वार्टरफाइनल पुग्ने लक्ष्यलाई जीवित राख्दै सोमबार राति अहिले उपाधिको दावेदार मानिएको बेल्जियमसँग प्रतिस्पर्धा […]

July 2, 2018

मेक्सिकोसँग सचेत ब्राजिल

सामरा (एजेन्सी) – पाँच पटकको विश्वविजेता ब्राजिल छैटो विश्वकपको उपाधि रक्षाको लागि अहिले रसियामा रहेको छ । सुस्त शुरुवात गरेको ब्राजिल समूह ‘ईं’ को विजेताको रुपमा प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यस्तोमा छैटौ उपाधि रक्षाको लागि ब्राजिलले सोमबार राति मेक्सिकोको सामना गर्दैछ । खेल सामारा स्टेडियममा साँझ ७ः४५ बजेपछि शुरु हुनेछ । अर्को तर्फ मेक्सिको […]

July 2, 2018

तथ्यमा रसिया विश्वकप :५२ खेलमा २ खेलाडीको ह्याट्रिक

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलका खेलहरु जारी छन् । यसपटकको विश्व कपमा गए राती सम्म ५२ खेल सकिएका छन् । रोमाञ्चक बनिरहेको विश्व कपमा अब १२ खेल मात्र बाँकी छन् । ५२ खेलमा अहिले सम्म १ सय ३६ गोल भएका छन् । जसमध्ये पहिलो हाफमा ५३ र दोस्रो हाफमा ८३ […]

July 2, 2018

विश्वकपमा आजका खेलहरु, बेल्जियम र ब्राजिल सतर्क

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल खेलिंदैछन् । अहिलेसम्म ४ नक-आउट खेल खेलिंदा उरुग्वे, फ्रान्स, रुस र क्रोएसिया छनोट हुन सफल भएका छन् भने अर्जेन्टिना, पोर्चुगल, स्पेन र डेनमार्क बाहिरिएका छन् । आजका विश्वकपका खेलहरु यस प्रकारका छन्: पहिलो खेल ब्राजिल विरुद्ध मेक्सिको समय : ७.४५ बजे ब्राजिल समूह […]

July 2, 2018

इनियस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

मस्को (एजेन्सी)- स्पेनका महान खेलाडी आन्द्रे इनियस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आयोजक रसियासँग विश्व कपको प्रि क्वार्टरफाइनलमा आइतबार स्पेन टाइब्रेकरमा ४–३ ले पराजित भएको केहि समयपछि इनियस्टाले सन्यासको घोषणा गरेका हुन् । कप्तान समेत रहेका इनियस्टालाई रसियाविरुद्ध दोस्रो हाफमा मात्र मैदानमा उतारिएको थियो । विश्व कप अघि नै ३४ वर्षे इनियस्टाको यो अन्तिम […]

July 2, 2018

डेनमार्कलाई हराउंदै क्रोएसिया अन्तिम ८ मा, रुससंग भेट पक्का

नोभगोरोड (एजेन्सी) – विश्वकप अन्तिम १६ को चौथो खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुट-आउटमा ३-२ ले हराउन सफल भएको छ । नियमित र अतिरिक्त समय १-१ मा सकिएपछी खेल पेनाल्टीसम्म पुगेको हो । डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा […]

Success

Thank you for your time.