default_image

फिफा विश्वकप

July 3, 2018

स्विडेन अन्तिम ८ मा प्रवेश, फोर्सबर्गको निर्णायक गोल

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप अन्तिम १६ को सातौं खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १-० ले हराएको छ । स्विडेनका लागि विङर एमिल फोर्सबर्गले निर्णायक गोल गर्न सफल रहे । पहिलो हाफमा स्विट्जरल्यान्डले अधिकांश पोजेसन राखे पनि दुवै टोली गोल गर्न असफल रहे । दोस्रो हाफमा भने स्विडेन गोलको खाता खोल्न सफल रह्यो । फोर्सबर्गले डिफ्लेक्टेड प्रहारमार्फत […]

July 3, 2018

स्विडेन र स्विट्जरल्यान्डको पहिलो हाफ गोलरहित

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकपको सातौं प्रि-क्वाटरफाइनल खेलमा स्विडेन र स्विट्जरल्यान्डले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् । स्विट्जरल्यान्ड समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो भने स्विडेन जर्मनी रहेको समूह ‘एफ’ को विजेताका रुपमा अन्तिम १६ मा छनोट हुन सफल भएको हो । यस खेलमा अधिकांश पोजेशन स्विट्जरल्यान्डले राखे पनि […]

July 3, 2018

उत्साहित इंग्ल्यान्ड, बदला लिने योजनामा कोलम्बिया

मस्को (एजेन्सी) – रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनलको बहुप्रतिक्षित खेलमा आज राति इंग्ल्यान्ड र कोलम्बियाबीचको खेल हुनेछ । यसपछि रसिया विश्वकपको क्वार्टरफाइनल समिकरण पुरा हुनेछ । इंग्ल्यान्ड र कोलम्बियाबीचको बहुप्रतिक्षित प्रि–क्वार्टरफाइनल खेल मंगलबार राति ११ः४५ बजे स्पार्कटक स्टेडियम मस्कोमा हुनेछ । कप्तान ह्यारी केन प्रेरित इंग्ल्यान्डले यो आफैले चाहेर बनेको समिकरण हो । […]

July 3, 2018

स्वीडेनको सामना गर्दै स्वीट्जरल्यान्ड

पिटर्सबर्ग (एजेन्सी) – फिफा विश्वकप फुटबल अन्र्तगत आज प्रि–क्वार्टरफाइनलको सातौ खेलमा स्वीडेन र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुदैछ । खेल सेन्ट पिटर्सबर्गस्थित एरिनामा मंगलबार नेपाली समय अनुसार साँझ ७ः४५ बजेपछि शुरु हुनेछ । स्वीडेन सन् १९९४ पछि पहिलोपटक अन्तिम ८ मा प्रवेश गर्ने योजनामा हुनेछ । त्यतिबेला स्वीडेनले तेस्रो स्थान हात पारेको थियो । त्यसयताका विश्वकपमा भने […]

July 3, 2018

‘रोनाल्डोको सुरुवाका विषयमा नबोलौं’- म्यारोडोना

ब्युनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाले क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाड्ने चर्चामा कुनै टिप्पणी गर्न नचाहेको बताएका छन् । उनले भने, ‘रोनाल्डोले नै यो विषयमा निर्णय गर्ने छन्, म यो विषयमा सहभागी हुन चाहन्न ।’ रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि जितेसँगै ३३ वर्षे सुपर स्टारले आउने सिजन क्लब छोड्ने चर्चा सुरु […]

July 3, 2018

‘इङ्ल्यान्डले विश्व कप जित्ने सम्भावना छ’- रुनी

लन्डन (एन्जेसी)– पूर्व कप्तान वायन रुनीले यसपटक इङ्ल्यान्डले विश्व कप जित्ने सम्भावना रहेको बताएका छन् । यदि त्यस्तो सम्भव भएमा सन् १९६६ को विजेताले फुटबलमा अर्को इतिहास रच्ने छ । जर्मनी समूह चरण तथा पोर्चुगल, अर्जेन्टिना, स्पेन जस्ता दाबेदार मानिएका टोली प्रि क्वार्टरफाइनलबाट बाहिएपछि विश्व जित्ने इङ्ल्यान्डका लागि अझै राम्रो सम्भावना रहेको रुनीको बुझाई छ […]

July 3, 2018

तथ्यमा रसिया विश्वकप, अब १० खेल बाँकी

 मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलको खेलहरु आज सकिदैछ । रोमाञ्चक अनपेक्षित नतिजाहरु निस्किरहेको यस विश्वकपमा उपाधिको दावेदार टिमहरु समूह चरण र अन्तिम १६ बाट बाहिरिएका छन् । उरुग्वे, फ्रान्स, क्रोएसिया, रसिया, ब्राजिल र बेल्जियमले अन्तिम आठमा स्थान सुरक्षित गर्दा उपाधिको दावेदार अर्जेन्टिना, पोर्चुगल र स्पेन अन्तिम १६ बाटै बाहिरिए । […]

July 3, 2018

विश्व कपका अन्तिम २ प्रिक्वार्टरफाइनल आज – इङ्ल्यान्डको परिक्षा

मस्को (एजेन्सी)– रसिया विश्व कपमा आज हुने दुई खेलपछि प्रिक्वार्टरफाइनलका खेल सकिनेछन् । अहिले सम्म भएका ६ वटा नकआउट खेल सकिदा फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र  बेल्जियम  क्वार्टरफाइनल पुगेका छन् ।   अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको र जापानअन्तिम १६ बाट बाहिरिएका छन् । आज हुने २खेल यी हुन् ।   विश्व कपमा आजका अन्तिम […]

July 3, 2018

बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा, जापाले २–० को अग्रता जोगाउन सकेन

रोस्टोभ (एजेन्सी) – इन्जुरी समयमा नासेर चाड्लीले निर्णायक गोल गरेपछि जापानलाई ३–२ ले हराउँदै बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा पुगेको छ । बराबरीतर्फ उन्मुख खेलको ४ मिनेट इन्जुरीको अन्तिम मिनेटमा काउन्टर एट्याकमा उत्कृष्ट मुभ बनाउँदै बेल्जियमले तेस्रो तथा निर्णायक गोल गरेको थियो ।  २–० ले पछि परेको खेल उल्टाउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो । पहिलो हाफ […]

July 3, 2018

जापानविरुद्ध बेल्जियम खेलमा फर्कियो, २–२ को बराबरी

रोस्टोभ (एजेन्सी) – पाँच मिनेटको फरकमा २ गोल गर्दै रसियामा जारी विश्व कप फुटबलको छैटौं प्रिक्वार्टरफाइनलमा जापानविरुद्ध बेल्जियमले खेलमा फर्केको छ । रोर्बेटो फिलानीले ७४ औं मिनेटमा गोल गरेसँगै खेल २–२ को बराबरीमा पुगेको हो । परिवर्तित खेलाडी फेलानीले हेडमार्फत गोल गरेका थिए । त्यसअघि ६९ औं मिनेटमा जान भेर्टोघेनले हेडमार्फत गोल गर्दै बेल्जियमलाई खेलमा […]

Success

Thank you for your time.