default_image

फुटबल

February 6, 2017

झापा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबलाई

झापा (हाम्रोखेलकुद)- आयोजक झापा ११लाई १-०ले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लबले दोस्रो झापा गोल्डकपको उपाधि जितेको छ।  यो उपाधि सहित मनाङले मोफसलका महत्वपूर्ण प्रतियोगिताहरुमा ह्याट्रिक पुरा गरेको छ।  मनाङ मस्र्याङ्दीका लागि बिजयी गोल नाइजेरियन खेलाडी ओलाड़िपो ओलावाले आफिजले गरेका थिए। सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिता बिजेता मनाङलेनगद सात लाख हात परेको छ। बिजेता क्लबका रोहित चन्द […]

February 6, 2017

मनाङको ह्याट्रिक यात्रामा झापा बाधक बन्न सक्ला ?

दिपक बोहोरा झापा – घरेलु फुटबलको पछिल्लो एक महिनाको परिणामलाई मात्र हेर्ने हो भने पनि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको प्रदर्शन उच्च रहँदै आएको छ । एक महिनामा टोली नकआउट फुटबलको चौथो फाइनलका लागि जुटिरहेको छ । घरेलु फुटबलमा यो सफलता सानो आक्न मिल्दैन । पुसको २३ गते टुबोर्ग हेटौंडा गोल्डकपको फाइनल खेलेको मनाङ सोमबार […]

February 6, 2017

रुस्लान सिमरा गोल्डकपमा हिमालयन शेर्पाले रुपन्देहीको सामना गर्दै

सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार हिमालयन शेर्पा र रुपन्देही ११ बिच खेल हुदैछ् । दुई टिमबिचको खेल सिमरा रंगशालामा दिउसो ३ बजे सुरु हुनेछ । हिमालयन शेर्पा दोस्रो संस्करणको बिजेता हो भने रुपन्देही ११ सातौं सस्करणको उपबिजेता हो । यसअघि आईतवार भएको खेलमा सरस्वती युथ क्लबलाई […]

February 5, 2017

योङ जेनेरेसन र बाह्रबिसे सिन्धु युवा कपको क्वार्टरफाइनलमा

लामोसाँघु/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)–सिन्धु युवा कप फुटबल प्रतियोगिताको दोस्रो दिन आइतबार योङ जेनेरेसन क्लब राम्चे र बाह्रबिसे फुटबल क्लब विजयी भएका छन् । जितपछि दुवै टोली प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । बसन्तपुर खेल मैदानमा योङ जेनेरेसनले श्री कालिका त्रिशक्ति युथ क्लबलाई १–० ले हरायो । अर्को खेलमा बाह्रबिसेले जुगल युथ हर्ट क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित […]

February 5, 2017

सडन डेथमा विजय युथको सेमिफाइनल यात्रा

सिमरा (हाम्रो खेलकुद)– प्राइम पोलिक्लिनिक विजय युथ क्लब रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षाका क्रममा एक कदम अघि बढेको छ । ए डिभिजन क्लब सरस्वती युवा क्लबलाई आइतबार सडन डेथमा पराजित गर्दै विजय युथ आठौं संस्करणको रुस्लान आठौं सिमरा गोल्डकपको अन्तिम चारमा पुगेको छ । सिमरा रंगशालामा निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि […]

February 5, 2017

रुस्लान सिमरा गोल्डकपमा बिजय युथ र सरस्वती भिड्दै

सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटबलमा प्रतियोगितामा आतबार साविक बिजेता हेटौडाको प्राइम पोलिक्लिनिक बिजय युथ क्लबले ए डिभिजन क्लब सरस्वती युथ क्लबको सामना गर्दैछ । पहिलो पटकको सहभागितामै सातौं सस्करणको उपाधि उचालेको बिजय युथ र सरस्वतीबिचको खेल सिमरा रंगशालामा दिउसो ३ बजे सुरु हुनेछ । रुपन्देही ११ लाई हराउदै बिजय […]

February 4, 2017

प्रिमियर लिगमा आर्सनलमाथि चेल्सीको रवाफ

लन्डन (एजेन्सी)– इडन हजार्डले सनसनीपूर्ण गोल गरेको प्रिमियर लिगको खेलमा शनिबार चेल्सीले आर्सनलमाथि ३–१ को सहज जित हासिल गरेको छ । एन्टोनियो कोन्टेको टोलीका लागि मार्कोस अलन्सोले १३ औं मिनेटमै गोल गरेका थिए । डिएगो कोस्टाको हेड प्रहार बारमा लागेर फर्केपछि अलन्सोले गोल गरेका थिए । ५३ औं मिनेटमा इडन हजार्डले विपक्षी रक्षापक्तिलाई छलाउँदै दोस्रो […]

February 4, 2017

अभिषेक चर्चलाई रुस्लान जावलाखेल कप भेट्रान्स फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– अभिषेक चर्च नवलपरासीले रुस्लान जावलाखेल कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा शनिबार भएको फाइनलमा बगरभाई खलक पोखरालाई टाइब्रेकरमा ३–१ ले हराउँदै अभिषेक चर्चले उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णयक टाइब्रेकरमा भएको थियो । फाइनलमा विजयी टोलीका जीतबहादुर तामाङ म्यान अफ दी म्याच घोषित […]

February 4, 2017

सिन्धु युवा कपमा न्यु खाडीचौरको जित

लामोसाँघु/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)– सिन्धु युवा कप फुटबल प्रतियोगितको उद्घाटन खेलमा न्यु खाडीचौर युथ क्लब विजयी भएको छ । लामासाँघुस्थित बसन्तपुर मैदानमा न्यु खाडीचौरले चौतारा स्पोर्टिङ क्लबलाई १–० ले हराएको थियो । शनिबारका अन्य खेलमा युनाइटेड युवा क्लब पाखर र सुनकोशी युथ क्लब विजयी भएका छन् । युनाइटेडले क्षितिज युवा परिवारलाई ४–१ ले हरायो । सुनकोशीले […]

February 4, 2017

सहारालाई हराउँदै वीरगन्ज रुस्लान सिमरा गोल्डकप को क्वार्टरफाइनलमा

सिमरा (हाम्रो खेलकुद)– गत साता आहा रारा गोल्डकपको फाइनल खेलेको सहारा क्लब पोखरालाई १–० ले हराउँदै वीरगन्ज युनाईटेड क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको क्वार्टरफाइनलमा पुगेको छ । सिमरा रंगशालामा शनिबार विकास राईको गोलमा वीरगन्जले जित हासिल गरेको थियो । सहाराको रंक्षापंक्ती सम्हालिन नपाउदै खेलको दुई मिनेटमा बिकासले गोल गरे । डिबक्सभित्रबाट बिकासले प्रहार […]

Success

Thank you for your time.