default_image

फुटबल

January 26, 2017

रियल म्याड्रिड कोपा डेल रे बाट बीहिरियो

एजेन्सी – कोपा डेल रे अन्तर्गत बुधबार भएको दोश्रो लेगको खेलमा सेल्टा भिगोसंग २-२को बराबरी खेलेपछि रियल म्याड्रिड कोपा डेल रेको क्वार्टरफाइनलबाट बाहिरिएको छ। पहिलो लेगमा २-१को पराजय भोगेको म्याड्रिडका लागि दोश्रो लेगमा पनि कमजोर प्रदर्शन गर्यो। खेलको ४४औं मिनेटमा ड्यानिलोले आत्मघाती गोल गरेपछि सेल्टाले खेलमा अग्रता लिएको थियो। ६२औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई […]

January 25, 2017

सहारा एकेडेमीको अक्षयकोषमा आर्थिक सहयोग

पोखरा (हाम्रो खेलकुद) – तमु धिँ नेपालका अध्यक्ष कर्मा तमुले सहारा एकेडेमिको अक्षयकोष स्थापनाको लागि एक लाख १ हजार १ सय ११ रुपैया सहयोग रकम हस्तान्तरण गरेकी छन् । पोखरा रंगशालामा जारी १५ औं आहा रारा गोल्ड कपको सेमिफाइनलका दौरान बुधबार अध्यक्ष तमुले क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई चेक हस्तान्तरण गरेकी थिइन् । त्यसै गरी कास्की […]

January 25, 2017

साहारा तेश्रोपटक आहा! राराको फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – आयोजक साहारा फुटबल क्लब १५औं आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधबार भएको सेमिफाइनल खेलमा तिन पटक फाइनल खेलिसकेको त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै साहारा उपाधि नजिक पुगेको हो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयतर्फा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको नतिजा […]

January 25, 2017

आहा! राराको सेमिफाइनलमा आर्मी र साहारा भिड्दै

पोखरा(हाम्रो खेलकुद) – १५औं आहा! रारा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र आयोजक साहारा क्लब भिड्दै छन्। गतवर्ष पनि सेमिफाइनलमानै यी दुइ टोलीको भेट भएको थियो र उक्त खेल आर्मीले २-०को गोलअन्तरले जितेको थियो। यसअघी सन् २०१३को सेमिफाइनलमा भने साहाराले आर्मीलाई टाइब्रेकरमा ४-२को अन्तरले पराजित गरेको थियो। प्रतिष्ठित आहा! रारा गोल्डकपको उपाधि […]

January 24, 2017

सिएमजी क्लब संकटा आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा  संकटाले बंगलादेशको क्लब नारायणगज एफ.सी.लाई २-०ले पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। संकटाका लागि निराजन खड्काले गोल गर्दै अग्रता दिलाएका थिए। थ्रि स्टारले एन्फासंगको विवादका कारण कुनै प्रतियोगितामा भाग नलिएपछि खड्का लगाएत अन्य केहि खेलाडी संकटाका लागि खेल्दै आएका छन्। खेलको ९०औं मिनेटमा विश्वास श्रेष्ठले […]

January 24, 2017

एसियन कप छनोटको पहिलो खेल फिलिपिन्समा

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरणको समूह ‘एफ’मा परेको नेपालले पहिलो खेल फिलिपिन्समा खेल्ने पक्का भएको छ। यहि चैत १५ गते हुने खेलमा नेपालले फिलिपिन्सको सामना गर्नेछ। फिलिपिन्सको मनिला सहरमा खेलिने खेल नेपाली समयानुसार साँझ ५:४५ बजे खेलिनेछ। समूह ‘एफ’कै अर्को खेलमा भने यमन र ताजिकिस्तान भिड्नेछन्। यमनको घरेलु रंगशाला विविध […]

January 24, 2017

आहा रारा गोल्डकपको अन्तिम क्वार्टरफाइनल – संकटा र नारायणगज भिड्दै

पोखरा (हाम्रो खेलकुद )– सिएमजी क्लब संकटा र बंगलादेशको नारायणगज एफसीबीच आज १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ । संकटा विभागिय टोलीलाई २–१ ले हराउँदै अन्तिम आठमा पुगेको थियो भने नारायगज सोझै क्वार्टरफाइनल खेल्दैछ । नारायणगज टोली काठमाडौं हुँदै सोमबार रातीमात्र पोखरा आइपुगेको छ । पूर्व निर्धारित बंगलादेशको प्राराजगज स्र्पोर्टिङ […]

January 24, 2017

कप्तान अनिल र सुजलले समर्थकसँग माफी मागे

पोखरा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङ र मिडफिल्डर सुजल श्रेष्ठले आइतबारको घटनाले समर्थकहरुलाई दुःखी बनाएकोमा माफी मागेका छन् । आहा गोल्ड कपमा आइतबार सेमिफाइनल पुगेको रात अनिल र सुजललाई होहल्ला र विवाद गरेको भन्दै बैदाम वडा प्रहरीले राती २ बजे पोखरा लेकसाइडबाट पक्राउ गरेको थियो । उनीहरुलाई सोमबार बिहानमात्र छाडिएको […]

January 23, 2017

अनिल र सुजल रातभर थुनामा, दिउँसो उनीहरुकै गोलमा मनाङको जित

पोखरा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङ र मिडफिल्डर सुजल श्रेष्ठलाई आइतबार दोहोरो खुसियाली महंगो परेको छ। पोखरामा जारी आहा रारा गोल्डकप क्वार्टरफाइनलको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अनिल र सुजलले रात भने वडा प्रहरी कार्यालय बैदाममा बिताउनु परेको थियो। टोलीको जित र अर्का मिडफिल्डर विशाल राईको जन्म दिन मनाउन मनाङ […]

January 23, 2017

सहारा एकेडेमीलाई युके र अष्ट्रेलियाबाट ८ लाख बढी सहयोग

पोखरा (हाम्रो खेलकुद)– सहारा क्बलले सञ्चालन गर्दै आएको सहारा एकेडेमीको अक्षयकोषको लागि अष्ट्रेलिया र बेलायतका क्लबले आर्थिक सहयोग गरेका छन् । सहारा क्लब, अष्ट्रेलियाबाट ३ लाख ५१ हजार र सहारा क्लब युकेबाट ५ लाख २५ हजार गरि ८ लाख ७६ हजार सहयोग गरेका हुन् । क्लबमा सोमबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लब, अष्ट्रेलियाका अध्यक्ष […]

Success

Thank you for your time.