November 6, 2015
अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरी खेलप्रेमीमाझ घृणा फैलाएको निष्कर्ष निकाल्दै प्रहरीले फुटबलका पाँच राष्ट्रिय खेलाडी र एक फिजियोथेरापिस्टलाई राष्ट्र विप्लवको अभियोगमा जन्मकैदसम्मको सजाय प्रस्ताव गरेको छ। राष्ट्रिय टिमका कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसी तथा फुटबलका फिजियोथेरापिस्ट डेजिव थापालाई उक्त मुद्धामा दायर गरी खेल मिलेमतो गरेको पुष्टि भएको दाबी गर्दै उनीहरूविरुद्ध […]
November 5, 2015
फिफा वरियतामा नेपाल थप २ स्थान तल झरेको छ । नेपालले अन्तराष्ट्रिय खेलमा सहभागिता नजनाउँदा लगातार तल झरेको हो । १९० स्थानबाट तल झर्दै १९२ स्थानमा पुगेको नेपाल साफमा श्रीलंका भन्दा मात्र माथी छ भने अफ्घानिस्तन सिर्श स्थान मा छ । अर्जेन्टिना र जर्मनीलाई उछिन्दै बेल्जियम पहिलो स्थानमा छ भने एसियामा ईरान प्रथम छ । साफमा अफ्घानिस्तन ६ […]
November 4, 2015
राष्ट्रिय टोलीका प्रशिक्षक प्याट्रिक ओजेम्सले निकै प्रभावकारी प्रशिक्षण शैली अपनाउदै आएका छन् । युरोपेको माथिल्लो लिगमा खेलाडीका रुपमा खेलिसकेका ओजेम्सले विभिन्न क्लब तथा राष्ट्रलाई प्रशिक्षण दिईसकेका छन् । करिब ५० दिन पछी भारतमा हुने सुजुकी साफ कपको लागि नेपालले अपनाएको ओजेम्सको प्रशिक्षण हेर्नुहोस ।
November 3, 2015
कार्तिक १७, २०७२- राष्ट्रिय खेलकुद परिषदले म्याच फिक्सिङ र उमेर समुहको जिम्मेवारीलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)संग स्पष्टिकरण माग गरेको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव स्तरीय बैठकले सात दिनभित्र लिखित जवाफ पठाउन एन्फालाई तीन बुँदे स्पष्टिकरण सोधेको छ । राखेपले म्याच फिक्सिङमा स्थापित नै खेलाडी संलग्न भएको अवस्थामा के कसरी यस्तो अवस्था आएको […]
November 3, 2015
नेपाल प्रहरीले सार्वजनिक गरे लगतै राष्ट्रिय टोलिको पूर्व फिजियो डेजिब थापा आफुलाई बलिको बक्रा बनाएको बताएका छन । आफुलाई फिक्सिङ काण्ड्मा मुछिएको लगतै डेजिबले फेसबुकमा आफु निर्दोष रहेको र आफ्नो नाम प्रयोग गरी कसैले रकम लिएको दाबी गरेका छन । म्याच फिक्सिङको आरोपमा अनुसन्धानको दायरामा तानिएका मलेसियाका पूर्वराष्ट्रिय खेलाडी केसभान पटानको नामबाट थापाको नाममा एकपटक करिब […]
November 3, 2015
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भएको म्याच फिक्सिङमा राष्ट्रिय टोलीका फिजिसियनको पनि संलग्नता रहेको खुलासा नेपाल प्रहरीले गरेको छ । लामो समय राष्ट्रिय टोलीका फिजियोका रूपमा काम गरेका डेजिव थापाको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ तर, थापा हाल अमेरिकामा रहेकाले फरार प्रतिवादी बनाई मुद्दा दायर गर्ने प्रहरीले तयारी गरेको छ । म्याच फिक्सिङको आरोपमा अनुसन्धानको दायरामा […]
November 2, 2015
कार्तिक १६ , दीपेन्द्र पोखरेल , हाम्रो खेलकुद हाम्रो खेलकुदले गरेको सर्भे अनुसार अधिकतम समर्थकहरुले राष्ट्रिय टोलिका गोल किपर किरण चेम्जोङलाई फुटबल समर्थकहरुले राष्ट्रिय फुटबल टोलीको कप्तानका रुपमा हेर्न चहेका छन । राष्ट्रिय टोलिका कप्तान सागर थापा र उपकप्तान सन्दिप राइ गरी ५ खेलाडी फिक्सिङको आरोपमा पक्राउ परे पछी टोलिको नयाँ कप्तान को होलान् भन्ने चासो सम्पूर्ण नेपाली समर्थक हरुमा छ । यसै […]
November 1, 2015
१५ कात्तिक, काठमाडौं । विशेष अदालत काठमाडौंले म्याच फिक्सिङको आरोपमा पक्राउ परेका फुटबल खेलाडीहरुलाई थप सात दिन हिरासतमा राख्न आदेश दिएको छ । यसअघि विशेष अदालतले पक्राउ परेको मितिले १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले दिएको म्याद शुक्रबार नै सकिएको थियो । तर, शनिबार अदालत विदा भएकाले आइतबार उपस्थित गराउन […]
November 1, 2015
राष्ट्रिय टोलीका वर्तमान कप्तान सागर थापा निलम्बित रहेको अवस्थामा अब घोषणा हुने टोलाको कप्तान को होलान् भन्ने चासो सम्पूर्ण नेपाली समर्थक हरुमा छ । टोलिको कप्तान सागर र उपकप्तान सन्दिप दुबै निलम्बित भएको अवस्थामा प्यट्रीकले छान्न सक्ने केहि खेलाडीहरु तल लेखिएको छ । १. अनिल गुरुङ्ग : अहिलेको राष्ट्रिय टोलीका सबैभन्दा अग्रज खेलाडी अनिल विगत नौ वर्ष देखि फरवार्डको भुमिका […]
November 1, 2015
म्याच फिक्सिङ आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापासहित पाँच खेलाडीलाई प्रहरीले आज विशेष अदालतमा उपस्थित गराउदै छ । खेलाडीसँगको बयान नसकिएको भन्दै विशेषले पक्राउ परेको दिनदेखि लागु हुने गरि १७ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो । १७ दिन शुक्रबार पुरा भएको हो तर शनिबार विदा भएकाले आइतबार मात्र खेलाडीलाई विशेष लान लागिएको […]