default_image

फुटबल

November 15, 2021

पोर्चुगललाई स्तब्ध पार्दै सर्विया विश्वकपमा छनोट

एजेन्सी – सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को लागि सोझै छनोट हुन असफल भएको छ । घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा सर्वियासँग २-१ ले स्तब्ध हुदै पोर्चुगल विश्वकपमा सोझै छनोट हुन असफल भएको हो । यो जितले सर्वियाले पोर्चुगललाई पछि पार्दै समूह […]

November 14, 2021

ललितपुरलाई हराउँदै धनगढी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिका कैलाली उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको फाइनलमा ललितपुर महानगरपालिका ललितपुरलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै धनगढी च्याम्पियन बनेको हो । निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल ट्राई बेकरमा लम्बिएको थियो । टाइब्रेकरमा धनगढीका लागि रेबिका पाण्डे, […]

November 14, 2021

अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स रोकियो

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा बराबरीमा रोकिएको छ । नेदरल्यान्ड्सले घरेलु टोली मोन्टेनेग्रोसँग २–२ गोलको बराबरी खेल्न बाध्य बनेको हो । मोन्टेनेग्रोमा शनिबार राति भएको खेलमा नेदरल्यान्ड्सका लागि दुवै गोल मेम्फिस डिपाएले गरेका थिए । घरेलु टोलीका लिजा भुकोटिक र निकोला भुजनोभिकले बराबरी गोल […]

November 14, 2021

इस्टोनियालाई हराउँदै बेल्जियम विश्वकपमा छनोट

एजेन्सी – इस्टोनियामाथि सहज जित निकाल्दै बेल्जियमले अर्काे वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा स्थान सुरक्षित गरेको छ । घरेलु मैदानमा बेल्जियमले इस्टोनियालाई ३–१ ले पराजित गर्दै छनोटमा एक खेल बाँकी रहँदै विश्पकपमा छानिएको हो । योसँगै बेल्जियम विश्वकपमा छनोट हुने पाँचौ टोली बनेको छ । यसअघि जर्मनी, डेनमार्क, ब्राजिल […]

November 14, 2021

एमबाप्पे र बेन्जेमा चम्कदा फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – केलियन एमबाप्पेको ह्याट्रिकसहित चार गोल तथा करिम बेन्जेमाको दुई गोल सहयोगमा फ्रान्सले काजकस्तानमाथि सानदार जित निकाल्दै अर्काे वर्ष कतारमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको छ । फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोट अन्तर्गत शनिबार राति घरेलु मैदानमा फ्रान्सले काजकस्तानलाई ८–० को भारी अन्तरले पराजित गर्दै छनोट चरणमा एक खेल बाँकी छँदै […]

November 13, 2021

त्रिवेणी कप पुसमा, पुरस्कार राशिमा वृद्धि

काठमाडौं (हाम्रो खेलकुद) – जिल्लाको सबैभन्दा प्रतिष्ठित त्रिवेणी कपको २९औं संस्करणको राष्ट्रब्यापी फूटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । आयोजक त्रिवेणी युवा क्लब लमजुङले शनिबार सदरमुकाम बेशीशहरमा पत्रकार सम्मेलनको आयोजना गर्दै त्रिवेणी कप १२ देखि २१ पुससम्म बेंसीसहरको सहजी खेल मैदान (त्रिवेणी रंगाशाला) मा हुने र पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ । वृद्धि […]

November 13, 2021

ख्वप किंग्सलाई बाँसबारी युथ एकेडेमी कप

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरको ख्वप किंग्सले बाँसबारी युथ एकेडेमी कप २०७८ को उपाधि जितेको छ । फाइनलमा चान्दबाघ स्कुल ए लाई २-१ ले पराजित गर्दै ख्वपले उपाधि जितेको हो । बाँसबारी क्लबले आफ्नो क्लबको मैदानमा आयोजना गरेको प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा १४ वर्ष मुनिका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । पहिलो […]

November 13, 2021

‘चुनौती स्वीकार्दै सातदोबाटोमा आबद्ध भए’- प्रशिक्षक केसी

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन क्लब नहेर्ने आफ्नो पुरानो निर्णयबाट पछि हट्दै मेघराज केसीले सातदोबाटो युथ क्लबको कमान सम्हालेका छन् । २०७६ को अन्त्यतिर थ्री स्टार क्लबमा चार वर्षको दोस्रो कार्यकाल सकेपछि केसीले ए डिभिजन क्लबलाई प्रशिक्षण नदिई प्रशिक्षणकै अर्को पाटोमा काम गर्ने बताएका थिए । तर मंसिर ३ गतेबाट सुरु हुने यसपटक सहिद स्मारक […]

November 13, 2021

ब्राजिली भेट्रान डिफेन्डर आल्भेस बार्सिलोना फर्कने

एजेन्सी – ब्राजिली भेट्रान डिफेन्डर डेनी आल्भेस क्याटलान क्लब बार्सिलोना फर्कने भएका छन् । उनी फ्रि एजेन्टमार्फत बार्सिलोना फर्कन लागेको क्लबले पुष्टि गरेको छ । बार्सिलोनाले आल्भेसलाई यो सिजनको अन्त्यसम्म अनुबन्ध गरेको जनाएको छ । उनले अर्काे सातादेखि बार्सिलोनामा प्रशिक्षण थाल्नेछन् । तर उनले जनवरीसम्म खेल्न पाउनेछैनन् । बार्सिलोनाले क्लबकै पुर्व खेलाडी जाभी हर्नान्डेजलाई मुख्य […]

November 13, 2021

इटाली जितबाट वञ्चित

एजेन्सी – इन्ज्युरी समयमा जर्गिन्हो पेनाल्टीमा चुक्दा विश्वकप छनोटमा इटाली जितबाट वञ्चित बनेको छ । घरेलु मैदानमा इटाली र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेको हो । रोमामा शुक्रबार राति भएको खेलमा घरेलु टोली खेलको ११औं मिनेटमा पछि परेको थियो । सिल्भान विडमेरले नोआ ओकाफोरको पासमा गोल गरेका थिए । ३६औं मिनेटमा जियोभान्नी डि लोरेन्जोले बराबरीमा […]

Success

Thank you for your time.