April 17, 2025
एजेन्सी- आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । रियल म्याड्रिडसँग बुधवार २-१ ले पराजित गर्दै समग्रमा ५-१ को अग्रतासहित आर्सनल अन्तिम चारमा पुगेको हो। पहिलो लेगमा आर्सनल ३-० ले विजयी भएको थियो। बोकायो साकाले ६५ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरले बराबरी गोल फर्काए । इन्ज्युरी […]
April 17, 2025
एजेन्सी – इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बायर्न म्युनिखसँग बुधवार २-२ को बराबरी खेलेपछि समग्रमा ४-३ को अग्रतासहित इन्टर अन्तिम चारमा पुगेको हो । खेलमा दुवै टोलीले लिएको अग्रतालाई जोगाउन सकेन। ह्यारी केनको गोलबाट बायर्नले ५२ औं मिनेटमा अग्रता बनायो। ५८ औं मिनेटमा लाउटुरे मार्टिनेजले बराबरी गोल गरे। त्यसको ३ मिनेटपछि बेन्जामिन […]
April 16, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा असम्भवलाई बनाउने टोलीको नाम हो रियल म्याड्रिड। फेरि त्यस्तै असम्भव लाग्ने चुनौतीका बीच रियलले क्वाटरफाइनलको दोस्रो लेगमा आज आर्सनलको सामना गर्नेछ । पहिलो लेगमा आर्सनल ३-० ले अग्रता बनाएको छ । रियलले सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित राख्न कम्तीमा ३ गोलको बराबरी गर्नुपर्नेछ। १५ पटकको विजेता रियलको पछिल्ला च्याम्पियन्स लिग यात्रामा असम्भवलाई […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल सुपर लिग (एनएसएल) मा क्वालिफायर वानमा पुगिसकेको ललितपुर सिटी एफसीलाई आज झापा एफसीले १-१ गोलको बराबरीमा रोकेको छ। बराबरी नतिजा निकाल्न माहिर झापाको यो पाँचौं बराबरी हो। ललितपुरको लागि नविन लामा र झापाको लागि लाकेन लिम्बुले गोल गरे। दशरथ रंगशालामा यो खेलको नतिजाले कुनै पनि समीकरणलाई असर गर्दैन्थ्यो। झापा पहिलो […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल सुपर लिग (एनएसएल) मा क्वालिफायरमा पुगिसकेको ललितपुर एफसी सिटी र बाहिरिसकेको झापा एफसीबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको यो खेलको नतिजाले लिगको कुनै पनि समिकरणलाई असर गर्दैन । अर्थहिन यो खेलमा ललितपुर अपराजित यात्रा कायम राख्न चाहन्छ भने झापा जितसहित सिजन अन्त्य […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा झापा फुटबल क्लबले इन्ज्युरी समयमा अग्रता जोगाउन नसक्दा ब्रिगेड ब्वाइज क्लब ( बिबिसी) सँग १-१ गोलको बराबरी खेलेको छ। बराबरीमा दुवैले समान १ अंक प्राप्त गरे । एन्फा कम्प्लेक्समा भएको खेलको आजको एक मात्र खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफ सुरु भएको चौथो […]
April 16, 2025
एजेन्सी – बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन। बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले […]
April 16, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चितवनको नारायणगढ फुटबल क्लब र एम्बेसडर फुटबलले दशौं ओसन कपको पुरुष र महिलातर्फको उपाधि जितेका छन् । विजेता नारायणगढले २५ हजार रुपैयाँ र उपविजेता नव जन जागृतिले १५ हजार रुपैयाँ प्राप्त गरे । गोरखास्थित ओसन क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको महिलातर्फ एम्बेसडरले हिलीफिल्डर्स गोरखा एफसीलाई २-१ ले पराजित गर्यो । […]
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा थन्डर्स तेस्रो स नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा पुग्न सफल भएको छ। बुटवल लुम्बिनीलाई आज २-० ले हराउँदै पोखरा लिगको तेस्रो स्थानमा उक्लिएको छ। यो सँगै पोखराले काठमाडौं रेजर्सलाई गोल अन्तरमा पछि पार्दै प्ले अफमा स्थान सुरक्षित गरेको हो। पोखराको जितपछि झापा लिगबाट बाहिरिने दोस्रो टोली बन्यो। अब एफसी […]