default_image

महिला साफ च्याम्पियनसिप

September 6, 2022

उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपको छैटौं संस्करणको उद्घाटन खेलमा आयोजक नेपालले (आज) मंगलबार घरेलु मैदान दशरथ रंगशालामा भुटानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । भुटानविरुद्ध नेपाल नयाँ कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा जितको लक्ष्यसहित मैदानमा उत्रदैछ । अनुभवी र युवा खेलाडीको समिश्रणले बनेको नेपाली टोली सुखद […]

September 5, 2022

नेपालको समूहमा रहेका भुटान र श्रीलंका यसो भन्छन्

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपको छैटौं संस्करण मंगलबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्दैछ । साफ च्याम्पियनसिपको इतिहासमा हालसम्म भुटानले नेपाललाई हराउन सकेको छैन । यसपटक उद्घाटन खेलमा भुटानले घरेलु टोली नेपालको सामना गर्दैछ । भुटानकी प्रशिक्षक क्युङ सुक होङले प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको बताइन् […]

September 5, 2022

राष्ट्रिय टोलीको कप्तान एन्जिला र उप कप्तान अमृता

काठमाडौं (हाम्रो खेलकुद)– गोलकिपर एन्जिला तुम्बापो सुब्बा महिला राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त भएकी छन् । साफ च्याम्पिनसिप सुरु हुन एक दिन बाँकी रहँदा सोमबार मुख्य प्रशिक्षक कुमार थापाले एन्जिलालाई कप्तान र अर्की सिनियर खेलाडी अमृता जैसीलाई उपकप्तानको जिम्मेवारी दिएका हुन् । थापाले आफ्नो निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी दिइसकेका दिइसकेको बताइएको […]

September 3, 2022

साविक विजेता भारतीय फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपमा भाग लिन साविक विजेता भारतको राष्ट्रिय टोली शनिबार नेपाल आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्यत्रय सरिला श्रेष्ठ, मनीष जोशी र रविन्द्र चन्दलगायतले त्रिभुवन विमानस्थलमा टोलीलाई स्वागत गरेका थिए । भुटान र पाकिस्तानी टोली भने यसअघि नै काठमाडौं आइसकेका छन् । बंगलादेशको टोली शनिबार नै काठमाडौं आइपुगेको […]

September 3, 2022

बंगलादेशको फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपमा भाग लिन बंगलादेशको राष्ट्रिय टोली शनिबार नेपाल आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्यद्वय मनीष जोशी र सरिला श्रेष्ठलगायतले त्रिभुवन विमानस्थलमा बंगलादेशी टोलीलाई स्वागत गरेका थिए । भुटान र पाकिस्तानी टोली भने यसअघि नै काठमाडौं आइसकेका छन् । भारतीय टोली शनिबार नै काठमाडौं आइपुग्ने एन्फाले यसअघि नै […]

September 2, 2022

साफ च्याम्पिनसिपमा झण्डै साढे ३ करोड खर्च हुने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा झण्डै ३ करोड ५० लाख रुपैयाँ खर्च हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुमान गरेको छ । भदौ २१ गते सुरु हुने च्याम्पियनसिपका लागि तयारी पूरा भएको एन्फाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा नेपाल समूह […]

August 31, 2022

मैत्रीपूर्ण खेलमा भुटानले आर्मीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको भुटानको महिला राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । लगनखेलस्थित आर्मीको खेल मैदानमा बुधबार भएको खेलमा भुटानले आर्मीलाई ४–० ले पराजित गरेको हो । भुटानको जितमा पेमा छिरिङले २ तथा सुनिता राई र गेले वाङ्मोले समान १ गोल गरिन् […]

August 27, 2022

सावित्रासहित ३ खेलाडीले पूनरागमन गर्दा ३ नयाँ समावेश

काठमाडौं (हाम्रो खेलकुद)– फरवार्ड सावित्रा भण्डारी सम्बासहित ३ खेलाडीले महिला राष्ट्रिय फुटबल टोलीमा पूनरागमन गर्दा ३ नयाँ खेलाडीले पहिलो पटक मौका पाएका छन् । नौ दिनपछि दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेको थियो । मुख्य प्रशिक्षक कुमार थापाले ३५ बाट अन्तिम २३ […]

August 27, 2022

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– नौं दिनपछि दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार २३ सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक कुमार थापाले ३५ बाट अन्तिम २३ खेलाडीको छनोट गरेका हुन् । पहिलो चरणमा ५८ खेलाडी छनोट भएका थिए । दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने […]

August 25, 2022

भुटानी फुटबल टोली काठमाडौं आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा ११ दिनपछि सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिनका लागि भुटानी राष्ट्रिय फुटबल टोली बिहीबार काठमाडौं आइपुगेको छ । भुटान टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी तथा पूर्व खेलाडीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । भारतले महिला साफ च्याम्पियनसिप खेल्न पाउने नपाउने निश्चित भइनसकेको अवस्थामा पनि नेपालले […]

Success

Thank you for your time.