default_image

फुटसल

November 7, 2022

ताम्रकार फुटसल लिगको सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ ताम्रकार फुटसल लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपास्थित फिल्ड फुटसलमा शनिबार समूह चरणका खेल समाप्त भएसँगै अन्तिम ४ मा प्रवेश गर्ने टोलीको टुंगो लागेको हो । समूह ए बाट ओरियन इलेक्ट्रिकल्स ३ खेलमा २ जित र १ हारसँगै ७ अंक जोड्दै समूह विजेता बन्यो । आर्ट्स फेसन नेपाल […]

October 22, 2022

ताम्रकार फुटसल २०२२ आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार समाजको आयोजनामा पाँचौ ताम्रकार फुटसल प्रतियोगिताको कार्तिक १९ गतेदेखि सुरु हुँदैछ । सानेपास्थित फिल्ड फुटसल ग्राउण्डमा हुने प्रतियोगितामा दुई दिन खेल हुनेछ । कार्तिक ८ टोलीले दुई समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् । २६ गते प्रतियोगिताको अन्तिम चरण हुनेछ ।  खेलकुदको माध्यमबाट समाजमा भाइचारा बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको […]

September 30, 2022

एनएसजेएफ कैलालीलाई फुटसल उपाधि

धनगढी (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा भएको निसर्ग हस्पिटल मिडिया कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । आयोजकसमेत रहेको मञ्चले फाइनलमा चडेपानी ब्वाइज पत्रकार समूहलाई ३–२ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । मञ्चको जितमा कप्तान प्रदीप पाठकले २ र महेन्द्र बमले १ गोल गरे । चडेपानी ब्वाइजका राजेश चौधरीले […]

September 29, 2022

मिडिया कप फुटसलको सेमिफाइनल समिरकरण पूरा

धनगढी (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा बिहीबारदेखि शुरु भएको निसर्ग हस्पिटल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण तयारी पूरा भएको छ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा दोस्रो संस्करणको मिडिया कप फुटसलमा समूह क बाट आयोजक खेलकुद पत्रकार मञ्च समूह विजेता र अत्तरिया पत्रकार समूह उपविजेता भएर सेमिफाइनलमा पुगेका छन् । यस्तै समूह बी […]

September 23, 2022

लिटिल एन्जल्सलाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं सुशील केडिया स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि ललितपुरको लिटिल एन्जल्स स्कुलले जितेको छ । जावलाखेलस्थित डीएभी स्कुलमा भएको फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । सुरुवाती गोल पुलिस स्कुलले गरेता पनि खेलमा उत्कृस्ट पुनरागमन गर्दै लिटिल एन्जल्सले लगातार दोस्रो पटक उपाधि […]

September 18, 2022

पुलिस ब्वाइजलाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– पुलिस ब्वाइज २०७१ ले डिकप्स एनकप्स एल्मुनी फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल प्रहरी स्कुलको ब्याच नम्बर २०६० ले शनिबार आयोजना गरेको प्रतियोगिताको फाइनलमा आयोजक टोलीलाई १–० ले हराउँदै पुलिस ब्वाइजले उपाधि जितेको हो । मनोकामना फुटसल गोकर्णेश्वरमा भएको प्रतियोगितामा आयोजक टोलीका सिद्धार्थ बहादुर सिंह उत्कृष्ट खेलाडी चुनिएका थिए । सर्वाधिक […]

September 15, 2022

दशै खुल्ला फुटसल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – पचली भैरव युवा समाजले दशैं खुल्ला फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगमी असोज २ देखि नागर्जुन फुटसल रानीबन स्थित नागर्जुन १ मा सुरु हुनेछ । प्रतियोगिताको विजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेता टोलीले ३५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट किपरले ३ हजार पाँच सय प्राप्त गर्ने […]

September 3, 2022

लेपर्ड फिजियोलाई नेप्टा फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फिजियोथेरापी संघ (नेप्टा) को आयोजनामा भएको नेप्टा फुटसल प्रतियोगिताको उपाधि लेपर्ड फिजियोले जितेको छ । प्रतियोगिताभर अपराजित रहेको लेपर्डले फाइनलमा नेप्टा बागमतीलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो । बालुवाटारस्थित ढुकु फुटसलमा निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ३-२ को जित निकाल्दै लेपर्डले उपाधि […]

August 22, 2022

महा फुटसल मेला ‘भेट्रान्स कप’ हुने

काठमाडौं (हाम्रो खेलकुद) – खुमलटार युवा क्लबको आयोजनामा महा फुटसल मेला भेट्रान्स कप प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता २४ र २५ भदौंमा विनायक स्पोर्ट्स कम्प्लेक्स ढोलाहिटीमा हुनेछ । खेलाडीको उमेर ३५ वर्षभन्दा माथिको हुनुपर्नेछ । टिम दर्ताको समय भदौं २२ सम्म रहेको छ । दर्ता शुल्क ८ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिताको […]

August 21, 2022

आयोजक हिमालयन ब्रदर्शलाई फुटसल उपाधि

लमजुङ (हाम्रो खेलकुद) – आयोजक हिमालयन ब्रदर्श ग्रुपले लमजुङको सदरमुकाम बेसीशहरमा सञ्चालन उपाधि जितेको छ । प्याब्सन लमजुङलाई ४–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । व्यापार व्यवसाय प्रवद्र्धन गर्ने र आपसी सदभाव बढाउने उद्देश्यले कृष्णाष्टमीको अवसरमा हिमालयन ब्रदर्श ग्रुप र मनाङ मर्स्याङ्दी प्रालिले प्रतियोगिताको आयोजना गरेको हो । उपाधिसँगै हिमालयनले नगद १५ […]

Success

Thank you for your time.