default_image

General

October 15, 2019

एमेच्योर के १ मा नेपाली खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुसिदो कोन्सेकाई (एमएमऐ) का खेलाडीले भारतको कोलकातामा यसै साता हुने एमेच्योर के १ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा मन्दिप राना मगर, विशाल तामाङ , सविन लामा,वरुण घले,सन्तोष साउथ, विश्वास राई र राउल ठकुरी प्रतिस्पर्धा गर्नेछन् । उनिहरुले प्रो तथा एमेच्योर दुई विधामा प्रतिस्पर्धा गर्ने एमएमऐले जानकारी दिएको छ […]

October 15, 2019

विश्व सैन्य बिच भलिबललाई मान र दिल चीन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबल टोली तथा नेपाली सेनाका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी विश्व सैन्य खेलकुद अन्तरगतको बिच भलिबलका लागि मंगलबार चीन प्रस्थान गरेका छन् । मान र दिलसँगै प्रशिक्षक दानेश्वर अधिकारीसहितको तीन टोली त्यसतर्फ प्रस्थान गरेको हो । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) ले चीनको वुहान सिटीमा आयोजना हुन […]

October 15, 2019

कोन्सेकाई कराते टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुसिदो कोन्सेकाई (एमएमए) करातो टोली भारत प्रस्था गरेको छ । भारतको कोलकातामा अक्टोवर १८ देखि २० सम्म हुने एमेच्योचर के १ प्रतियोगिताका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोलीलाई ३ न प्रदेश सभा सदस्य तथा राष्ट्रिय पारा ओलम्पिक अध्यक्ष राधा घले, दिपेन्द्र श्रेष्ठ, शसस्त्र प्रहरी बलमा वरिष्ठ उपरीक्षक […]

October 14, 2019

मैत्रीपुर्ण खेलमा एनआरएनएको पोस्टमा मञ्चको ११ गोल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को टोलीले चौथो एनआरएनए फुटसल काठमाडौंको पुर्वसन्ध्यामा खेलिएको मैत्रीपुर्ण खेलमा एनआरएनए आइसीसी स्पोर्ट्स कमिटीलाई पराजित गरेको छ । मेट्स फुटसलमा सोमबार खेलिएको मैत्रीपुर्ण खेलमा मञ्चले एनआरएनए आइसीसी स्पोर्ट्स कमिटीलाई ११–५ को गोल अन्तरले पराजित गरेको हो । मञ्चका लागि दिल तामाङ र निशान राईले ह्याट्रिक पुरा […]

October 12, 2019

प्रिन्ससहितको पदक विजेता ब्याडमिन्टन टोली आज स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा सम्पन्न दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपका पदक विजेता प्रिन्स दाहालसहितको युवा ब्याडमिन्टन टोली आज स्वदेश फर्कने भएका छन् । नेपाली युवा टोली अपरान्ह ४ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथमा आइपुग्ने ब्याडमिन्टन एशियाका अम्पायर तथा बिश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) का लाईन जज उदय कुमार अर्यालले जानकारी गराए । नेपाली टोली शनिबार […]

October 12, 2019

भलिबल संघका अध्यक्ष शर्मालाई पत्नी शोक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालाई पत्नी शोक परेको छ । शर्माको पत्नी इश्वरी शर्माको ६७ वर्षको उमेरमा आफ्नै निवास काठमाडौं १६ कालधारा ठमेलमा बिहीबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनकै आज पशुपति आर्यघाटमा अन्त्योष्टि गरिनेछ । उनको पार्थिव शरीरमा राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल, १३औं सागको बन्द […]

October 11, 2019

स्वीस प्रशिक्षक पाभेलले टेबल टेनिस खेलाडीलाई एक साता विशेष प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद) – स्वीट्जरल्यान्डका अन्तराष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेकले आसन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा रहेका नेपालका टेबल टेनिस खेलाडीलाई एक साता विशेष प्रशिक्षण दिने भएका छन् । उनी नेपाली टोलीलाई विशेष प्रशिक्षण दिन शुक्रबार नेपाल आइपुगेका छन् । उनको प्रशिक्षणमा खेलाडीहरुको खेल स्तर बृद्धि हुने अपेक्षा गरिएको छ । प्रशिक्षक […]

October 10, 2019

अर्जेन्टिना र जर्मनीको बराबरी

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पूर्व विश्वविजेता जर्मनी र अर्जेन्टिनाको खेल बराबरीमा सकिएको छ । पहिलो हाफमा २-० ले पछाडि परेपनि अर्जेन्टिनाले पुनरागमन गरेको हो । जर्मनीले सर्व गनाब्रीको १५ अौं मिनेटको गोलमा अग्रता लिएको थियो । बायर्न म्युनिखका लागि निकै लयमा रहेका उनले अर्जेन्टिनी डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए । त्यसको ६ […]

October 9, 2019

इटोको सन्न्यासमा साथी मस्सीको सन्देश !

एजेन्सी – क्यामरुन तथा बार्सिलोनाका महान खेलाडी सामुइल इटोले खेल जीवनबाट सन्यासको घोषणा गरे । उनले आफ्नो दुई दशक भन्दा लामो खेल जीवनबाट सन्यास लिने घोषणासँगै पूर्व सहकर्मी एवंम निकटका साथी लियोन मेस्सीले सामाजिक सञ्जालमार्फत सन्देश दिएका छन् । मेस्सी र इटोलीले नोउ क्याम्पमा सन् २००४ देखि २००९ सम्म पाँच वर्षसँगै बिताएका थिए । अर्जेन्टिनी […]

October 3, 2019

प्रिन्ससहित ब्याडमिन्टन टोली माल्दिभ्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो दक्षिण एसियाली यु–२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोली बिहीबार माल्दिभ्स प्रस्थान गरेको छ । पुरुष खेलाडीमा प्रिन्स दाहाल, प्रफुल्ल महर्जन र रुकेश महर्जन तथा महिलामा रशिला महर्जन, जेशिका गुरुङ र सीमा राजवंशी रहेका छन् । प्रशिक्षकमा किरण थापा तथा व्यवस्थापकमा […]

Success

Thank you for your time.