July 21, 2019
एजेन्सी – बेल्जियन फरवार्ड इडेन हजार्डले ‘डेब्यु’ गरेको खेलमा स्पेनिस महारथी रियाल म्याड्रिडले प्रि–सिजनको पहिलो खेलमा हार बेहोरेको छ । प्रि–सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा रियल म्याड्रिडले जर्मन च्याम्पियन बायर्न म्युनिखसँग ३–१ को हार बेहोरेको हो । अमेरिकास्थित टेक्ससमा आइतबार बिहान भएको खेलमा बायर्नको जितमा कोरेन्टिन टोलिसो, रोवर्ट लेवान्डोस्की र सर्जी जिनब्रीले गोल गरे । रियलका […]
July 21, 2019
एजेन्सी – युवा फरवार्ड एडवार्ड एनकेइटाको दुई गोल मद्दतमा इंग्लिस क्लब आर्सनलले प्रि सिजनको इन्टर नेसनल च्याम्पियन्स कपमा प्रभावशाली जित निकालेको छ । अमेरिकास्थित क्यालिफोर्नियामा आइतबार बिहान भएको खेलमा आर्सनलले इटालियन क्लब फियोरेन्टिनामाथि ३–० को प्रभावशाली जित निकालेको हो । इन्टरनेसनल च्याम्पियन्स कपमा आसर्नलको यो लगातार दोस्रो जित हो । आर्सनलले यसअघि जर्मन च्याम्पियन बायर्न […]
July 21, 2019
एजेन्सी – नयाँ सिजन अघिको मैत्रीपुर्ण खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । जर्मनीमा शनिबार राति भएको खेलमा पीएसजी घरेलु टोली नर्नवर्गसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ४३औं मिनेटमा पाब्लो सारावियाको गोलबाट पीएसजी अघि बढेको थियो । तर, ७१औं मिनेटमा इनरिको भालन्टिनीले पेनालटीमा गोल गर्दै खेललाई १–१ […]
July 20, 2019
सुबास हुमागाईं, सिंगापुर युवा खेलाडी मेसन ग्रीनउडले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै निर्णायक गोल गरेपछि प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले प्रि सिजन टुरमा जितलाई निरन्तरता दिएको छ । अष्ट्रेलियामा दुई वटा अभ्यास खेल जितेर सिंगापुर पुगेको युनाइटेडले शनिबार इटालियन क्लब इन्टर मिलानलाई १–० ले हराएको हो । इन्टरनेसनल च्याम्पियन्स कपमा युनाइटेडलाई जित दिलाउन ग्रीनउडको […]
July 20, 2019
एजेन्सी – भारतीय टोलीका कप्तान तथा विकेटकीपर महेन्द्र सिंह धोनीले आगमी दुई महिना सम्म आर्मीमा तालिम गर्ने भएका छन्।धोनी भारतीय प्रादेशिक आर्मीको लेफ्टिनेन्ट कर्नल हुन् । शनिबार भारतीय क्रिकेट कन्ट्रोल अफ बोर्ड (बीसीसीआई) ले आधिकारीक रुपमा पुष्टि गर्दै धोनीले अर्को महिनामा वेस्ट इन्डिजसँग हुने समान तीन टी ट्वान्टी र वान डे सिरिजको लागि आफ्नो नाम […]
July 20, 2019
एजेन्सी – युभेन्टसले शुक्रबार आयाक्सबाट ६७ मिलियन पाउण्डमा इटालियन क्लब आएका डिफेन्डर म्याथिस डी लिग्टलाई सार्वजनिक गरेको छ । सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै डी लिग्टले यूईएफए नेसन्स लिगको फाइनल दौरान पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सुझाव दिएर आफू युभेन्टस नआएको बताएका छन् । उनले त्यसअघि नै युभेन्टस जाने निर्णय गरिसकेको खुलासा गरे । ‘मैले नेसन्स लिगको […]
July 20, 2019
एजेन्सी – च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब लिभरपुलले प्रि सिजनको मैत्रीपूर्ण खेलमा जर्मन क्लब डर्टमन्डसँग हार बेहोरेको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा लिभरपुल बोरुसिया डर्टमन्डसँग ३–२ को अन्तरमा पराजित भएको हो । प्रि सिजनमा लिभरपुलको यो पहिलो हार हो । यसअघि लिभरपुलले दुई खेलमा फराकिलो जित निकालेको थियो । डर्टमन्डको भने प्रि सिजनमा […]
July 20, 2019
सुबास हुमागाईं, सिंगापुर युरोपेली सिजन सुरु हुनुअघिको तयारी स्वरूप खेलिने प्रि सिजन प्रतियोगिता इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत शनिबार सिंगापुरको राष्ट्रिय रंगशालामा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब इन्टर मिलान भिड्दैछन् । नेपाली समयअनुसार ५:१५ मा सुरु हुने खेलका लागि दुवै टोलीले पछिल्लो दुई दिनदेखि तयारी गरिरहेका छन् । दुवै टोलीले आफ्ना मुख्य खेलाडीलाई पहिलो […]
July 20, 2019
एजेन्सी – अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । शुक्रबार फाइनलमा सेनेगललाई १-० ले पराजित गर्दै अल्जेरियाले दोस्रो पटक उपाधि जितेको हो । खेलको दोस्रो मिनेटमा अल्जेरियाले गरेको गोल नै खेलमा निर्णायक सावित भयो । बागदाद बोउनेदाको प्रहार सेनेगेलका सालिफ सानेलाई लाग्दै गोल भएको थियो । खेल अवधिभर अल्जेरियाले पोस्टमा गरेको एकमात्र आक्रमण […]
July 19, 2019
बार्सिलोनाले गत शुक्रबार एटलेटिको म्याड्रिडलाई एन्टोइन ग्रिजमनको १ सय २० मिलियन युरो रिलिज क्लज एकमुष्ठ तिर्दै फ्रान्सेली फरवार्डलाई नोउ क्याम्पमा भित्र्यायो । लामो समयदेखि बार्सिलोना र ग्रिजमनबीच सम्पर्क भएको र पछिल्लो सिजन चलिरहँदा नै दुई पक्षबीच सम्झौता भएको एटलेटिकोको दावी छ । एटलेटिकोले यसबारे निराशा व्यक्त गर्दै ट्रान्सफर पूरा हुनुभन्दा केहि दिन अघि विज्ञप्ति नै […]