default_image

अन्तर्राष्ट्रिय

July 23, 2019

नेपाललाई अर्को झट्का, कप्तान पारस घाइते!

सुबास हुमागाईं, सिंगापुर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आईसीसी टि-२ विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा कतारविरुद्ध घाइते भएपछि दोस्रो खेलमा नखेल्ने सम्भावना रहेको छ । पहिलो खेलमा कतारसँग पराजित नेपाललाई अर्को झट्का लागेको हो । कतारविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लको साझेदारीमा राम्रो सुरुवात पाएको […]

July 23, 2019

कतारसँग नेपालको अप्रत्याशित हार

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको छ । कतारले उपाधिको प्रमुख दाबेदार नेपाललाई ४ विकेटले हराउँदै अघिल्लो चरणको यात्राको सम्भावना कायमै राखेको हो । यो हारले भने नेपाललाई ठूलो धक्का दिएको छ । १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २० औं ओभरमा […]

July 23, 2019

चलेन नेपालको ब्याटिङ, कतारलाई सामान्य लक्ष्य

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० एसिया विश्वकप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा कतारलाई १ सय २३ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २२ रनमा समेटियो । नेपालका लागि युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको […]

July 23, 2019

पारस र ज्ञानेन्द्रको कीर्तिमानी साझेदारी

सुबास हुमागाईं, सिंगापुर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि कीर्तिमानी साझेदारी गरेका छन् । मंगलबार आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा कतारसँग ४९ रनको साझेदारी गर्दै पहिलो विकेटको लागि उच्च साझेदारी गरेका हुन् । यसअघि नेपालले टी २० खेलमा पहिलो विकेटका लागि […]

July 23, 2019

विश्वकप छनोट : कतारविरुद्ध नेपालले टस जित्यो

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट उपाधिको प्रमुख दाबेदार नेपालले पहिलो खेलमा कतारको सामना गर्दैछ । नेपालका कप्तान पारस खड्काले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । आजको खेलमा मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले कमब्याक गरेका छन् । यस खेलमा पवन सर्राफ, रोहितकुमार पौडेल र प्रदिप ऐरी बेन्चमा रहेका छन् […]

July 22, 2019

नेपाललाई निराश बनाउन सक्ने कतारका ३ स्टार

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी एसिया विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा मंगलबार कतारसँग खेल्दै छ । खेल नेपाली समय अनुसार ७:१५ पछि सुरु हुने छ । कतारले पहिलो खेलमा सिंगापुरसँग ३३ रनले पराजित हुँदै खराब सुरुवात गरेको छ । कतारमाथि सहज जित निकाल्दै नेपाल भने विजयी सुरुवात गर्न चाहन्छ । कतारलाई अघिल्लो चरणको आसा […]

July 22, 2019

आयोजक सिंगापुर र मलेसियाको विजयी सुरुवात

सिंगापुर (हाम्रोखेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया छनोट प्रतियोगिताको पहिलो दिन आयोजक सिंगापुर र मलेसियाले विजयी सुरुवात गरेका छन् । सिंगापुरले कतारलाई ३३ रन र मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्दै विजयी सुरुवात गरेका हुन् । पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ […]

July 22, 2019

नेपालले उपाधि जित्न सक्ने ४ आधार

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको एसिया छनोट प्रतियोगिता सोमबारदेखि सिंगापुरमा सुरु भएको छ । आयोजक सिंगापुरसहित नेपाल, कतार, मलेसिया र कुवेत सहभागि प्रतियोगिताको शीर्ष टोलीले आगामी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउने छ । ग्लोबल छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ देशमध्य उत्कृष्ट प्रर्दशन गर्ने ६ टोलीले आगमी वर्ष अष्ट्रेलियामा हुने टी […]

July 22, 2019

बेललाई अनुबन्ध गर्न चिनियाँ क्लबको चासो

एजेन्सी – वेल्स तथा स्पेनिस महारथी रियाल म्याड्रिडका फरवार्ड ग्यारेथ बेललाई चिनियाँ क्लबहरुले अनुबन्ध गर्ने चासो देखाएको छन् । म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आइतबार बेलले केही दिनमै म्याड्रिड छाड्ने बताएपछि उनलाई अनुबन्ध गर्न चिनियाँ सुपर लिग क्लबले चासो देखाएको हो । जिदानको भनाई सार्वजनिक भएसँगै चिनिया क्लब सांघाइ सिन्हा, जियाङ्सु सुनिङ र बेइजिङ गुवानले अुनबन्ध […]

July 22, 2019

‘दर्शकको समर्थन हाम्रो बलियो पक्ष’ – कप्तान पारस

सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली हाल आईसीसी टि-२० विश्वकपको एसिया क्षेत्र छनोट खेल्न सिंगापुरमा छ । प्रतियोगिता सुरु हुनुअघि पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान पारस खड्काले नेपाली समर्थक टोलीको बलियो पक्षमध्य एक रहेको अभिव्यक्ति दिएका छन् । कप्तान खड्काले नेपाली समर्थकहरुले जहाँसुकै गएर खेलेपनि हौसला बढाउन मैदानमा आउँदा टोलीलाई सहज हुने बताए । […]

Success

Thank you for your time.