default_image

अन्तर्राष्ट्रिय

July 22, 2019

सेभिल्लासँग लिभरपुलको हार

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको विजेता लिभरपुल प्रि-सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार राती स्पेनिस क्लब सेभिल्लासँग २-१ ले पराजित भएको छ । सेभिल्लाले खेलको ३७ औं मिनेटमा नोलिटोको गोलमा अग्रता लिएको थियो । उनले डिफ्लेक्ट भएर आएको बललाई उत्कृष्ट प्रहार गर्दै गोलमा परिणत गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा लिभरपुलले बराबरी गोल फर्काएको थियो […]

July 21, 2019

केनको उत्कृष्ट गोलमा युभेन्टस पराजित

सुबास हुमागाईं, सिंगापुर फरवार्ड ह्यारी केनले मैदानको मध्यभागबाट सिधै गोल गरेपछि टोटेनहम हट्सपरले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा युभेन्टसलाई पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत खेलमा इंग्लिस टोली ३-२ ले विजयी भयो । खेलको पहिलो हाफमा टोटेनहमले १-० को अग्रता लिएको थियो । एरिक लामेलाले ३१ औं मिनेटमा गोल गर्दै स्पर्सलाई […]

July 21, 2019

क्रिकेटका असली जेन्टलम्यान!

भूपेन्द्र जिसी, काठमाडौं क्रिकेटमा कुनै भर हुँदैन । अन्तिम बल र विकेट सम्म कुनै पनि बेला खेल जसको पक्षमा पनि जान सक्छ । कागजी रुपमा बलियो टोली भएर मात्रै पुग्दैन । मैदानमा जसले बलियो प्रर्दशन गर्न सक्छ उसैले खेल जित्ने हो । चाहे कमजोर मानिएको टिम नै किन नहोस् । बलियो टिमलाई हराउन कमजोर टिमले […]

July 21, 2019

वेस्टइन्डिज भ्रमणको लागि भारतीय टोली घोषणा

एजेन्सी – वेस्ट इन्डिजसँग हुने दुई टेष्ट र वान डे र टी ट्वान्टी सिरिजको लागि भारतले फरक फरक टोली घोषणा गरेको छ । आइतबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले दुई युवा खेलाडीलाई मौका दिदै टोली घोषणा गरेको छ । टी ट्वान्टी घोषणा टोलीमा युवा खेलाडी राहुल चाहर र नवादिप सैनीलाई पहिलो पटक मौका दिएको छ […]

July 21, 2019

बेल रियलबाट बाहिरिने पक्का

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेलले सिजनको सुरुवात अगाडि नै क्लब छाड्ने लगभग पक्का भएको छ । प्रशिक्षक जिनेदिन जिदानले बायर्न म्युनिखविरुद्ध खेलमा बेललाई टोलीमा समावेश नै नगरेपछि बेलले छाड्ने पक्का भएको हो । जिदानले बायर्नविरुद्धको खेलमा दुवै हाफमा ११-११ जना खेलाडीले मौका दिएका थिए । तर बेल भने बेन्चमा पनि बस्न नपाएर दर्शक […]

July 21, 2019

दीपेन्द्र पहिलो खेलका ‘फिट’

सुबास हुमागाईं, सिंगापुर नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी सोमबारदेखि सुरु हुने टि-२० विश्वकप २०२० को एसिया क्षेत्र छनोटका लागि फिट भएका छन् । मलेसियामा १० दिन प्रशिक्षण र मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली शनिबार सिंगापुर आइपुगेको थियो । नेपाली टोलीले आइतबार नै प्रतियोगिता आयोजना हुने सिंगापुर इन्डियन एसोसियसनको मैदानमा प्रशिक्षण गरेको […]

July 21, 2019

हजार्डको ‘डेब्यु’ खेलमा रियालको हार

एजेन्सी – बेल्जियन फरवार्ड इडेन हजार्डले ‘डेब्यु’ गरेको खेलमा स्पेनिस महारथी रियाल म्याड्रिडले प्रि–सिजनको पहिलो खेलमा हार बेहोरेको छ । प्रि–सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा रियल म्याड्रिडले जर्मन च्याम्पियन बायर्न म्युनिखसँग ३–१ को हार बेहोरेको हो । अमेरिकास्थित टेक्ससमा आइतबार बिहान भएको खेलमा बायर्नको जितमा कोरेन्टिन टोलिसो, रोवर्ट लेवान्डोस्की र सर्जी जिनब्रीले गोल गरे । रियलका […]

July 21, 2019

युवा फरवार्ड एडवार्डको दुई गोलमा आर्सनलको प्रभावशाली जित

एजेन्सी – युवा फरवार्ड एडवार्ड एनकेइटाको दुई गोल मद्दतमा इंग्लिस क्लब आर्सनलले प्रि सिजनको इन्टर नेसनल च्याम्पियन्स कपमा प्रभावशाली जित निकालेको छ । अमेरिकास्थित क्यालिफोर्नियामा आइतबार बिहान भएको खेलमा आर्सनलले इटालियन क्लब फियोरेन्टिनामाथि ३–० को प्रभावशाली जित निकालेको हो । इन्टरनेसनल च्याम्पियन्स कपमा आसर्नलको यो लगातार दोस्रो जित हो । आर्सनलले यसअघि जर्मन च्याम्पियन बायर्न […]

July 21, 2019

पीएसजी रोकियो

एजेन्सी – नयाँ सिजन अघिको मैत्रीपुर्ण खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । जर्मनीमा शनिबार राति भएको खेलमा पीएसजी घरेलु टोली नर्नवर्गसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ४३औं मिनेटमा पाब्लो सारावियाको गोलबाट पीएसजी अघि बढेको थियो । तर, ७१औं मिनेटमा इनरिको भालन्टिनीले पेनालटीमा गोल गर्दै खेललाई १–१ […]

July 20, 2019

ग्रीनउडको गोलमा युनाइटेडको जित

सुबास हुमागाईं, सिंगापुर युवा खेलाडी मेसन ग्रीनउडले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै निर्णायक गोल गरेपछि प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले प्रि सिजन टुरमा जितलाई निरन्तरता दिएको छ । अष्ट्रेलियामा दुई वटा अभ्यास खेल जितेर सिंगापुर पुगेको युनाइटेडले शनिबार इटालियन क्लब इन्टर मिलानलाई १–० ले हराएको हो । इन्टरनेसनल च्याम्पियन्स कपमा युनाइटेडलाई जित दिलाउन ग्रीनउडको […]

Success

Thank you for your time.