July 18, 2019
एजेन्सी– बार्सिलोनाका सुपर स्टार नयाँ सिजनको तयारीमा सामेल हुनुअघिको समय परिवारलाई दिइरहेका छन् । छुट्टी मनाउने क्रममा उनी श्रीमती र बच्चाहरुसँग बीचमा रमाइरहेको देखिएका छन् । उनले समुद्रमा श्रीमती र बच्चाहरुसँग तस्बिर पनि खिचाएका छन् । अर्जेन्टिनाका कप्तान समेत रहेका मेस्सी प्रि सिजनको लागि टोलीमा कहिले आबद्ध हुन्छन् भन्ने अहिले नै टुंगो लागेको छैन । […]
July 18, 2019
एजेन्सी – एक दिवसिय विश्वकप च्याम्पियन टोली इंग्ल्यान्डले आयरल्यान्डसँग हुने एकमात्र टेष्ट खेलको लागि आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा इंग्ल्यान्डले विश्वकप जित्दाका कप्तान इओन मोर्गन सहित सहित १० खेलाडी परिवर्तन गरेको छ । विश्वकप जित्दाका प्रमुख ब्याट्सम्यान जो रुट,जोेसन रोय,जोनी बेयरस्टो,मोइन अली र क्रिस वोक्स बाहेक अन्य सबै खेलाडीलाई आराम […]
July 18, 2019
एजेन्सी – ब्राजिलका स्टार फरवार्ड नेयमारले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने निर्णयमा अडिग रहेको जनाउँदै युरोपका ठूला क्लबसामू आफ्नो प्रस्ताव अगाडि बढाएका छन् । बार्सिलोना जाने हल्ला चलेपनि क्याटलान क्लबले एन्टोइन ग्रिज्मनलाई अनुबन्धन गर्न १ सय २० मिलियन युरो खर्चेपछि नेयमार आफ्नो पूर्वक्लब फर्कने सम्भावना कम भएको हो । बार्सिलोनाले ट्रान्सफर रकम मात्र […]
July 18, 2019
एजेन्सी – नयाँ सिजन शुरु हुनुअघिको प्रि–सिजनको इन्टरनेशनल च्याम्पियन्स कपमा इंग्लिस क्लब आर्सनलले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई पराजित गरेको छ । क्यालिफोर्नियामा बिहीबार बिहान भएको खेलमा आर्सनलले बायर्नलाई २–१ ले पराजित गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो । ४९औं मिनेटमा लुइस पोजनान्सकीको आत्मघाती […]
July 18, 2019
एजेन्सी – नयाँ सिजन सुरु हुनुअघिको युरोपियन क्लबहरुको मैत्रीपुर्ण खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले सहज जित निकालेको छ । बिहीबार बिहान अमेरिकाको वासिङटनमा भएको खेलमा डर्टमन्डले घरेलु टोली सियाटल साउन्डर्समाथि ३–१ को सहज जित निकालेको हो । डर्टमन्डको सहज जितमा मारिअस वल्फ, पाको अल्कासेर र जाडोन सान्चोले गोल गरे । घरेलु टोलीका जोनाथन क्याम्पवेलले एक […]
July 18, 2019
एजेन्सी – इंग्ल्यान्ड तथा टोटेनहम हस्टपरका डिफेन्डर किरियन ट्रिपिएर स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्ध भएका छन् । ट्रिपिएरलाई स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले बुधबार ३ वर्षको लागि २० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । ट्रिपिएर क्लबमा अनुबन्ध भएसँगै क्लबको प्रशिक्षणमा सामेल भएको छन् । २८ वर्षीय ट्रिपिएरले टोटेनहममा ४ वर्ष बिताएका थिए । उनी एट्लेटिकोको इतिहासमा […]
July 18, 2019
एजेन्सी – तीन पटकको च्याम्पियन नाइजेरियाले अफ्रिका कप अफ नेसन्समा तेस्रो स्थान हात पारेको छ । बुधबार राति भएको खेलमा ट्युनिसियालाई १–० ले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो । अल सलाम स्टेडियम इजिप्टमा भएको खेलको शुरुमै ओडिअन इगहलोले गरेको गोल नै निर्णायक बनेको थियो । ओडिअनले खेलको तेस्रो मिनेटमा गोल गर्दै नाइजेरियालाई अग्रता […]
July 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोटमा अष्ट्रेलियासँग खेल्न पाउनु नेपाली खेलाडीको लागि राम्रो अवसर रहेको बताएका छन् । बुधबार मलेसियास्थित एएफसी मुख्यालयमा भएको विश्वकप छनोटको दोस्रो चरण अनतर्गत समूह चरणको ड्रमा नेपाल समूह ‘बी’ मा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत सम्मिलित समूहमा परेको हो । नेपालले […]
July 17, 2019
एजेन्सी – प्रि सिजनका अस्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेडले लगातार दास्रो जित हासिल गरेको छ । पर्थमा बुधबार भएको खेलमा युनाइटेडले लिड्सलाई ४–० ले हराएको छ । मासोन ग्रिनउडको गोलबाट अग्रता लिएको युनाइटेडकालागि पहिलो हाफमै मार्कोस रासफोर्डले अर्को गोल थपेका थिए । दोस्रो हाफमा युनाइटेडले ११ खेलाडी परिवर्तन गरेपछि फिल जोन्स र एन्टोनी मार्सियलले गोल […]
July 17, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को उपाधि घरेलु टोली इंग्ल्यान्डले जितेको छ । आइतबार फाइनल र सुपर ओभर पनि बराबर भएपछि न्युजिल्यान्डलाई बाउन्ड्री काउन्ट अर्थात चौका छक्का धेरै प्रहार गरेको आधारमा पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो । यस विश्वकपमा तीब्र गतिका बलरको प्रर्दशन उत्कृष्ट रह्यो । स्पिनरको लागि खासै उपयोगि भएन […]