default_image

अन्तर्राष्ट्रिय

June 3, 2018

केनको गोलमा इंग्ल्यान्ड विजयी

लन्डन (एजेन्सी) – फिफा विश्वकप २०१८ अगाडिको अभ्यास खेलमा इंग्ल्यान्डले नाइजेरियालाई २-१ ले पराजित गरेको छ । वेम्बली मैदानमा शनिबार भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफमै २ गोल गरेको थियो । लामो समयपछि इंग्ल्यान्ड टोलीमा फर्केका डिफेन्डर ग्यारी केहिलले इङ्गलिस टोलीलाई अग्रता दिलाएका थिए । उनले किरण ट्रीपिएरको क्रसको सदुपयोग गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए […]

June 2, 2018

विदामा रहेका रोनाल्डोले बेल्जियमविरुद्धको खेल गुमाउन सक्ने

लिस्बन (एजेन्सी)– विश्व कपका सहभागी राष्ट्रका खेलाडी अहिले तयारीमा व्यस्त छन् । तर, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो विदा मनाइरहेका छन् । उनका प्रशिक्षक फर्नान्डो सान्टोसलाई पनि रोनाल्डोलाई टोलीमा आबद्ध हुन कुनै हतार नभएको बताउँछन् । केहि समयको विश्रामले उनलाई थप प्रतिबद्ध बनाउनेमा प्रशिक्षक सान्टोस विश्वस्त छन् । गत शनिबार मात्र रोनाल्डो सम्मिलित रियल म्याड्रिडले लगातार […]

ronaldo portugal green

June 2, 2018

आज राति खेलिने ३ रोमाञ्चक मैत्रीपूर्ण खेलहरु

मस्को (एजेन्सी) – विश्वको सबैभन्दा चर्चित प्रतियोगिता, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ मा रुसमा सुरु हुँदैछ । विश्वकपमा सामेल केही दाबेदारहरु आज मैत्रीपूर्ण खेल खेल्दै छन्, र ती मध्ये ३ रोमाञ्चक तथा महत्त्वपूर्ण खेलहरु यी हुन् : १) अष्ट्रिया विरुद्ध जर्मनी समय: नेपाली समयअनुसार रातिको ९.४५ बजे साविक विजेता जर्मनी प्रतियोगिता सुरु हुनु अघि […]

June 2, 2018

विश्वकपमा जर्मनीको सम्भावित सुरुवाति ११

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । यस विश्वकपमा बलियो दाबेदार मानिएको टोलीमा साविक विजेता जर्मनी पनि पर्छ । जर्मनीका गोलकिपर म्यानुयल नोया यस सिजनको अधिकांश समय घाइते भए पनि गोलपोस्ट र कप्तानको जिम्मेवारीमा उनी फर्किने बताइएको छ । त्यस्तै डिफेन्समा […]

June 2, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – ११ कौटिन्हो

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर ११ मा रहेका छन् ब्राजिलका फरवार्ड फिलिप कौटिन्हो । प्रिमियर लिगमा लिभरपुलबाट खेल्दा फिलिप कौटिन्होले आफ्नो नाम विश्व फुटबलमै चिनाउन सफल भएका थिए । […]

June 2, 2018

चर्चामा नाइजेरियाको विश्वकप जर्सी

मस्को (एजेन्सी) – विश्वकप नजिकिंदै जाँदा सहभागी राष्ट्रहरुको तयारी पनि अन्तिम चरणमा पुगेको छ । यसक्रममा नाइजेरियाले पनि आफ्नो तयारी जारी राखेको छ । तर केहि दिनयता भने नाइजेरियाका खेलाडीले भन्दा जर्सिले गर्दा टोलीको चर्चा चुलिएको छ । विश्वकपमा नाइजेरिया उपाधिको लागि दावेदार टोली हैन । तर बजारमा नाइजेरियाको जर्सीको माग भने निकै बढेको छ […]

June 2, 2018

दाबेदार फ्रान्स मैत्रीपूर्ण खेलमा इटाली विरुद्ध विजयी

मस्को (एजेन्सी) – विश्वकपको मैत्रीपूर्ण खेलमा यस पटकको बलियो दाबेदार मानिएको फ्रान्सले इटालीलाई ३-१ ले हराउन सफल भएको छ । इटाली भने यस विश्वकपमा छनोट हुन असफल भएको थियो । फ्रान्सले खेलको आठौं मिनेटमै अग्रता लिन सफल भएको थियो । किलियन बाप्पेको पास सदुपयोग गर्दै बार्सिलोनाका सामुयल उम्टिटीले स्कोर १-० बनाएका थिए । त्यस्तै डिफेन्डर […]

June 2, 2018

सलाहविनाको इजिप्ट कोलोम्बियासँग रोकियो

मिलान (एजेन्सी) – स्टार फरवार्ड मोहमद सलाहविना उत्रिएको इजिप्टले विश्वकप अगाडीको अभ्यास खेलमा कोलोम्बियासँग गोलरहित बराबरी खेलेको छ । शुक्रबार इटालीमा खेलिएको खेलमा इजिप्टले कोलोम्बियाको दवावलाई परास्त पारेपछि खेल बराबरीमा टुंगिएको हो । विश्वकपका लागि अभ्यासरत दुवै टोलीले खेलमा राम्रो प्रदर्शन गरेपनि गोल गर्न भने सकेनन् । कोलोम्बियाले अब विश्वकपको पहिलो खेलमा जापानको सामना गर्नेछ […]

June 1, 2018

आर्मीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी एक्स्लेसिया प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई १ सय ६ रनले पराजित गरेको छ । बुधबार प्रतियोगिताको दोस्रो जित दर्ता गर्ने क्रममा आर्मीका लागि कप्तान विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरे । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका विनोदले २९ बलमा ४ चौका र ६ छक्काको मदतले […]

June 1, 2018

प्रशिक्षणमा नेयमार मुख्य टोलीभन्दा बाहिर

लन्डन (एजेन्सी) – गतसाता शत प्रतिशत फिट भएको बताएपनि ब्राजिलका स्टार फरवार्ड नेयमार बिहीबार विश्वकप प्रशिक्षण क्याम्पमा मुख्य टोलीबाट बाहिर बसेका छन् । खुट्टाको चोटको शल्यक्रियाका कारण नेयमार अझै पूर्ण रुपमा फिट भएका छैनन् । विश्वकप तयारीको लागि आइतबार लन्डन जानुअघि नेयमारले आफू पूर्णरुपमा ठिक नभएको बताए । यद्यपी नेयमारले विश्वकपको पहिलो खेलसम्म भने सबै […]

Success

Thank you for your time.