default_image

अन्तर्राष्ट्रिय

July 6, 2017

सर्वाधिक कमाइ गरेका विश्वका ५ फुटबल प्रशिक्षक

एजेन्सी – विश्व फुटबल जगतमा गत सिजन सर्वाधिक कमाइ गरेका फुटबल प्रशिक्षकहरुको सर्वेक्षण प्रतिष्ठित फुटबल पत्रिका फ्रान्स फुटबलले सार्वजनिक गरेको छ। शीर्ष ५ प्रशिक्षकमा प्रिमियर लिगका २ जना छन् भने अन्य लिगका १/१ जना प्रशिक्षक अटाएका छन्। ५. पेप गुआर्डीओला गत सिजन म्यानचेस्टर सिटि आएका प्रशिक्षक पेप गुआर्डीओलाले गत सिजन १२.५ मिलियन युरो कमाई गरे। […]

July 6, 2017

सेभिल्लाका कप्तान लेस्टरमा अनुबन्धित

एजेन्सी – स्पेनिस क्लब सेभिल्लाका कप्तान भिसेन्टे इबोर्रालाई इङ्गलिस प्रिमियर लिग क्लब लेस्टर सिटिले अनुबन्धित गरेको छ। २९ वर्षीय डिफेन्सिभ मिडफिल्डरलाई भित्र्याउन लेस्टरले करिब १५ मिलियन पाउण्ड खर्चिएको अनुमान गरिएको छ। गत सिजन ला लिगामा ३१ खेल खेलेका इबोर्राले ७ गोल र २ असिस्ट प्रदान गरेका थिए। उनको प्रेरणादायी प्रदर्शनमा सेभिल्लाले लिगमा चौथो स्थान प्राप्त […]

July 6, 2017

एटलेटिकोका डिफेन्डर हर्नान्डेज रियलमा अनुबन्धित

एजेन्सी – रियल म्याड्रिडले एटलेटिको म्याड्रिडका १९ वर्षीय डिफेन्डर थियो हर्नान्डेजलाई ६ वर्षको लागि अनुबन्धन गरेको छ। ११ वर्षको उमेरदेखि एटलेटिको म्याड्रिडबाट खेलेका हर्नान्डेजले एटलेटिको म्याड्रिडको नयाँ करारलाई नकार्दै रियल म्याड्रिड जान चाहेको इच्छा जाहेर गरेका थिए। गत सिजन अलाभेसबाट ला लिगा खेलेका हर्नान्डेजको एटलेटिको म्याड्रिडसँग सन् २०२१सम्म सम्जौता थियो। तर रियल म्याड्रिडले उनलाई भित्र्याउन […]

July 6, 2017

टोरेस अझै एक सिजन एटलेटिकोमै बस्ने

एजेन्सी – स्पेनिस स्ट्राइकर फर्नान्डो टोरेसले एटलेटिको म्याड्रिडसंग १ वर्षको अनुबन्धन थप गर्दै अर्को सिजन एटलेटिकोबाटै खेल्ने भएका छन्। म्याड्रिड हाल ट्रान्सफर प्रतिबन्ध खेपिरहेकोले टोरेसले १ वर्षे सम्झौता थप गरिएको बुझिएको छ। पहिलोपटक एटलेटिको म्याड्रिड छाडेर लिभरपुल र चेल्सी हुँदै एसी मिलानसम्म पुगेका टोरेसले म्याड्रिड फर्किएयता २८ गोल गरिसकेका छन्। तर विगतका सिजनमा प्रशिक्षक डिएगो […]

July 6, 2017

आर्सनलले कीर्तिमानी रकममा लाकाजेट भित्र्यायो

एजेन्सी – इङ्गलिस प्रिमियर लिगको क्लब आर्सनलले फ्रान्सको लिग वान क्लब लियोनबाट कीर्तिमानी रकम तिर्दै फ्रान्सेली स्ट्राइकर एलेक्जेन्डर लाकाजेटलाई भित्र्याएको छ। आर्सनलले ४६.५ मिलियन पाउण्ड तिरेर ५ वर्षको सम्झौता गर्दै लाकाजेटलाई अनुबन्धन गरेको हो। यसअघि रियल म्याड्रिडबाट सन् २०१३मा जर्मनीका मेसुट ओजिललाई भित्र्याउँदा आर्सनलले ४२ मिलियन पाउण्ड तिरेको थियो। २६ वर्षीय लाकाजेट यसै हप्ताबाट सुरु […]

July 6, 2017

टुरानले बार्सिलोना नछाड्ने

एजेन्सी – स्पेनिस टोली बार्सिलोनाका मिडफिल्डर आर्डा टुरानले आफ्नो करार अवधि रहुन्जेल बार्सिलोना नछाड्ने बताएका छन्। ३० वर्षीय टर्कीस मिडफिल्डरलाई आर्सनलले क्लबमा भित्र्याउने प्रयास गरेको थियो। सन् २०१५को जुलाई महिनामा एट्लेटिको छाडेर बार्सा आएका टुरानले बार्सिलोनाको ट्रान्सफर प्रतिबन्धका कारण ६ महिना मैदानबाहिर रहनुपरेको थियो। गत सिजन ३० खेलमा १३ गोल गरेका टुरानले १४ खेलमा सुरुवात […]

July 6, 2017

रुनीले म्यानचेस्टर युनाइटेड छाड्ने

एजेन्सी – इङ्गल्याण्ड राष्ट्रिय फुटबल टोली एवं म्यानचेस्टर युनाइटेडका कप्तान वायन रुनीले खेल समयको कमी भएको कारणले क्लब छाड्ने भएका छन्। गत महिना भएो राष्ट्रिय टोलीको छनोटमा नपरेपछि उनले क्लब छाड्ने मनासय बनाएको बुझिएको छ। आगामी जुनबाट रसियामा सुरु हुने फिफा विश्वकप २०१८मा टोलीमा पर्नका लागि रुनीले नियमित क्लब फुटबल खेल्नुपर्ने र युनाइटेडमा त्यो सम्भव […]

messi

July 5, 2017

मेस्सी र बार्सिलोना नयाँ सम्झौता नजिक

बार्सिलोना (एजेन्सी) – बार्सिलोना र लियोनल मेस्सी नयाँ सम्झौता नजिक पुगेका छन् । नयाँ सम्झौता पश्चात मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा आबद्ध हुने छन् । हाल विवाहपछि परिवारसँग ब्यस्त मेस्सी र बार्सिलोनाबिच करिब १ हप्ता भित्रमा नयाँ सम्झौता हुने स्पेनिस मिडिया मार्साले जनाएको छ । नयाँ सम्झौतामा २०२१ सम्म बार्सिलोनासँग जोडिने मेस्सीले अन्त्यपछि आफ्नो खुसीले अर्को १ वर्ष […]

July 5, 2017

सेबालोसलाई भित्र्याउन म्याड्रिड र बार्साको प्रतिस्पर्धा

एजेन्सी – युरोपेली यू२१ च्याम्पियन्सिप उपविजेता स्पेनिस राष्ट्रिय टोलीका मिडफिल्डर ड्यानी सेबालोसलाई भित्र्याउन स्पेनका दुई ठुला टोली रियल म्याड्रिड र बार्सिलोनाबिच प्रतिस्पर्धा चलिरहेको छ। रियल बेटिसबाट व्यवसायिक फुटबल खेल्दै आएका सेबालोसले आफुले निर्णय लिन केहि सोच्नु पर्ने बताएका छन्। २० वर्षीस सेबालोस युरो यू२१ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए। स्पेनले उक्त प्रतियोगिताको फाइनलमा जर्मनीसँग […]

July 5, 2017

पेपे टर्किस च्याम्पियनसँग अनुबन्धित

पोर्चुगल (एजेन्सी) – रियल म्याड्रिडसँग १० वर्ष बिताएका पोर्चुगेली सेन्टर डिफेन्डर पेपेले टर्कीस लिग च्याम्पियन बेसिक्टास सँग सम्झौता गरेका छन्। रियल म्याड्रिडसँग सम्झौता समाप्त भएको र नयाँ करार नपाएकोले पेपेको रियल म्याड्रिड करियर समाप्त भएको हो। यसअघि पिएसजीसँग नजिकिएको सम्झौता विफल भएपछि पेपेले बेसिक्टासमा कुरा अघि बढाएका थिए। पिएसजीसँग मेडिकलसम्म गरेका पेपे र क्लब बिच […]

Success

Thank you for your time.