default_image

अन्तर्राष्ट्रिय

June 4, 2018

बार्सिलानोका अध्यक्षको समर्थन मेस्सीको अर्जेन्टिनालाई

बार्सिलोना (एजेन्सी)– बार्सिलोना क्लबका अध्यक्ष जोसेप मारिा बोर्टमेउले विश्व कपमा आफ्नो स्पोनिस राष्ट्रिय टोलीलाई नभई अर्जेन्टिनालाई समर्थन गर्ने स्वीकारेका छन् । लियोनल मेस्सीकै कारण आफुले अर्जेन्टिनालाई समर्थन गर्ने अध्यक्ष बोर्टमेउले प्रष्ट पारेका हुन् । मेस्सीले आफ्नो खेल जीवनमा अहिले सम्म जित्न नसकेको भनेको विश्व कप उपाधि मात्रै हो । क्लब स्तरमा बार्सिलोनाबाट उनले सबै खाले […]

June 4, 2018

‘हामीले धेरै काम गर्नुछ’ – जर्मन प्रशिक्षक लो

म्युनिख (एजेन्सी) – जर्मन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जोचिम लोले शनिवार अष्ट्रियाविरुद्धको २-१ को हारबाट आफू निराश भएको बताएका छन् । उनले विश्वकप सुरु हुनुअघि टोलीले धेरै काम गर्नुपर्ने समेत बताएका छन् । विश्वकपको साविक विजता जर्मनी सन् १९८७-८८ यता पहिलो पटक लगातार ५ खेलमा हार बेहोर्न पुगेको छ । यसका साथै जर्मनीले सन् १९८६ […]

June 4, 2018

स्पेन बराबरीमा रोकियो

म्याड्रिड (एजेन्सी) – फिफा विश्वकप २०१८ को तयारीमा रहेको स्पेन मैत्रीपूर्ण खेलमा स्विटजरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको छ । स्पेनले पहिलो हाफमा अग्रता लिएपनि स्विस टोलीले दोस्रो हाफमा गोल फर्काएको थियो । पहिलो हाफको २९ औं मिनेटमा डेविड सिल्भाको पासको सदुपयोग गर्दै अल्भारो ओड्रीओजोलाले स्पेनलाई अग्रता दिलाएका थिए । अल्भारोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार […]

June 3, 2018

पुनरागमन खेलमा नेयमारको गोल, ब्राजिल विजयी

लिभरपुल (एजेन्सी) – मैत्रीपूर्ण खेल अन्तर्गत ब्राजिलले क्रोएसियालाई २-० ले हराएको छ । ब्राजिलका लागि चोटबाट फर्केका नेयमार र रोबर्टो फिर्मिनोले गोल गरे । पहिलो हाफमा ब्राजिल नियन्त्रणमा देखिए पनि गोलपोस्टमा प्रहार गर्न भने असफल भएको थियो । खेलको सुरुवात बेन्चमा गरेका नेयमार दोस्रो हाफमा मैदान उत्रेका थिए । फेब्रुअरीमा घाइते भएयता नेयमार मैदान बाहिर […]

June 3, 2018

सन्दीपले क्यानाडा ग्लोबल टि-२० खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले क्यानाडाको ग्लोबल टि२० प्रतियोगितामा मोन्टरेल टाइगर्सबाट खेल्ने भएका छन् । आइतबार भएको ड्राफ्टमा सन्दीपलाई छैटौं चरणमा मोन्टरेलको टोलीले खरिद गरेको हो । ६ टोलीको सहभागिता रहने प्रतियोगिता जुनको अन्तिम साताबाट सुरु हुनेछ । सन्दीपको टोलीबाट हालसम्म श्रीलंकाका लासिथ मालिंगा, वेस्ट इन्डिजका सुनिल नारायण, श्रीलंकाकै […]

June 3, 2018

काउटिन्होको विश्वास सालाह र नेयमारमाथि

लन्डन (एजेन्सी)– ब्राजिलियन स्टार फिलिप काउटिन्होको नजरमा यो विश्वकपमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबाहेक अन्य खेलाडी चम्कने विश्वास लिएका छन् । उनले यो विश्वकप अन्य खेलाडीका लागि आफुलाई प्रमाणित गर्ने अवसरका रुपमा पनि लिएका छन् । मेस्सी र रोनाल्डो दुवै आ आफ्नो राष्ट्रलाई प्रतिनिधित्व गर्दै रसिया जाने तयारीमा छन् । रोनाल्डो पोर्चुगल र मेस्सी अर्जेन्टिनाका […]

June 3, 2018

क्रोएसियाविरुद्ध ब्राजिलको सुरुआती एघार पक्का

लन्डन (एजेन्सी) – ब्राजिलले विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा आइतबार क्रोएसियाको सामना गर्दैछ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेलका लागि ब्राजिलका प्रशिक्षक टिटेले आफ्नो सुरुआती रोजाई घोषणा गरिसकेका छन् । प्रशिक्षक टिटेले चोटबाट पुनरागमन गर्ने प्रयासमा रहेका स्टार फरवार्ड नेयमारले दोस्रो हाफमा खेल्ने बताएका छन् । उनले सुरुआती रोजाइमा भने फिलिप कोउटिन्हो र ग्याब्रिएल जेससलाई […]

June 3, 2018

अर्जेन्टिनाको टोली बार्सिलोनामा,अगुएरोलाई मेस्सीको शुभकामना

बार्सिलोना (एजेन्सी)– अर्जेन्टिनाको फुटबल टोलीले विश्व कपको अन्तिम तयारी बार्सिलोनाको प्रशिक्षण मैदानमा जारी राखेको छ । लियोनल मेस्सी र उनका सहकर्मीले विश्व कपका लागि ला लिगाको विजेता टोलीको मैदान प्रयोग गर्दै आएको छ । यहि बीचमा शनिबार टोलीका स्ट्राइकर सर्जियो अगुएरोको जन्मदिन पनि मनाइएको छ । मेस्सीले अगुएरोसँगको फोटो इन्स्टाग्राममा पोष्ट गर्दै जन्म दिनको शुभकामना […]

June 3, 2018

युनाइटेडका पूर्व प्रशिक्षक फर्गुसन अस्पतालबाट घर फर्के

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एलेक्स फर्गुसन झन्डै महिना दिनपछि अस्पतालबाट घर फर्केका छन् । ब्रेन हेमरेजका कारण उनी गत महिना सालफोर्ड रोयल अस्पताल भर्ना भएका थिए । अब उनको रेखदेख परिवारले गर्ने बताइएको छ । आर्सलनको प्रशिक्षकका रुपमा गत महिना आर्सन वेङ्गर अन्तिम पटक ओल्ड ट्राफोर्ड पुग्दा फर्गुसनले उनलाई उपहार प्रदान गरेका थिए । […]

June 3, 2018

नेयामरले दोस्रो हाफमा खेल्ने

लन्डन (एजेन्सी) – ब्राजिलका स्टार फरवार्ड नेयमारले आइतबार हुने क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा हाफ टाइमपछि खेल्ने प्रशिक्षक टिटेले बताएका छन् । गत साता शत प्रतिशत फिट भएको बताएपनि ब्राजिलका स्टार फरवार्ड नेयमार प्रशिक्षणका दौरान मुख्य टोलीबाट बाहिर बसेका थिए । फ्रान्सेली लिगमा बोकेको खुट्टाको चोटको शल्यक्रियाका कारण नेयमार अझै पूर्ण रुपमा फिट भएका छैनन् । ब्राजिलले […]

Success

Thank you for your time.