October 10, 2017
अल्वानिया (एजेन्सी) – चारपटको विश्व विजेता इटाली अर्काे वर्ष रुसमा हुने रसिया विश्वकपको प्ले अफको लागि छनोट भएको छ । कम्तीमा पनि प्ले अफमा स्थान बनाउन जित्नै पर्ने खेलमा अल्वानियालाई उसैको मैदानमा १–० ले पराजित गरेपछि इटालीले प्ले अफमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, इटालीले […]
October 10, 2017
कार्डिफ (एजेन्सी) – वेल्स रसिया विश्वकपमा छनोट हुन असफल भएको छ । विश्वकप छनोट अन्र्तगत युरोपेली छनोटको समूहको ‘डी’ को अन्तिम खेलमा आयरल्याण्डसँग १–० ले पराजित भएसँगै वेल्सको विश्वकप यात्रा टुङ्गिएको हो । विश्वकपमा स्थान बनाउनको लागि जित्नैपर्ने खेलमा घरेलु मैदानमै पराजित भएपछि वेल्स विश्वकपमा स्थान बनाउन असफल भएको हो । वेल्स समूह ‘डी’ मा १७ […]
October 9, 2017
एलेक्सजानड्रिया (एजेन्सी) – लिभरपुलका विङ्गर मोहोम्मद सलाहको दुई गोलको मद्धतले कंगोमाथि २-१ को रोमाञ्चक जित हासिल गर्दै इजिप्टले रुस विश्व कपमा स्थान बनाएको छ । अघिल्लो पटक १९९० को विश्व कपमा सहभागी भएयता इजिप्टले फुटबलको महासंग्राममा भाग लिएको थिएन । इजिप्टलाई विश्व कपमा स्थान बनाउन जित्नै पर्ने हुँदा ९५ औं मिनेटमा पाएको पेनाल्टी मार्फत गोल गर्दै सलाहले जित दिलाएका […]
October 9, 2017
वार्स (एजेन्सी) – विश्वकप छनोट अन्र्तगत युरोपियन क्षेत्रको छनोटको समूह ‘ई’ को अन्तिम चरणको खेलमा विजयी हुँदै पोल्याण्डले रुस विश्व कपमा सोझै स्थान बनाएको छ । समूह ‘ई’ को अन्तिम खेलमा पोल्याण्डले मोन्टेनेग्रोमाथि ४–२ को सहज जित निकाल्यो । पोल्याण्डको वार्सास्थित नेशनल स्टेडियममा आइतबार राति खेलिएको खेलमा घरेलु टोलीलाई जिताउन क्रिजिस्टफ माकज्यान्स्कीले २ रोवर्ट लेवान्डोस्कीले १ गोल गरे । […]
October 9, 2017
भिलनियस (एजेन्सी) – विश्व कप अन्तर्गत युरोपेली छनोट चरणको अन्तिम खेलमा इङ्ल्यान्डले लिथुआनियालाई १-० ले हराएको छ । अन्तिम खेल अघि नै रुस विश्व कपमा स्थान पक्का गरेको इङ्ल्यान्डलाई ह्यारी केनले पेनाल्टी मार्फत निर्णायक गोल दिलाएका थिए । प्रशिक्षक ग्यारेथ साउथगेटले अन्तिम खेलमा इङ्लिस टोलीमा परिक्षण गरेका थिए । टोटेनह्यामका डिफेन्डर ह्यारी विङ्क्स र लेस्टर सिटीका ह्यारी म्याकग्वैरलाई […]
October 9, 2017
म्युनिख (एजेन्सी) – रसिया विश्वकपलाई स्थान सुरक्षित गरिसकेको डिफेन्डिङ च्याम्पियन जर्मनीले समूह चरणको अन्तिम खेलमा फराकिलो जित हात पारेका छन् । घरेलु मैदानमा भएको खेलमा जर्मनीले अजरबैजानलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै विश्वकप छनोटको यात्रा सुखद रुपमा समाप्त गर्यो । अजरबैजानलाई पराजित गरेसँगै जर्मनीले विश्वकप छनोटमा अपराजित रहन सफल भयो । समूहको १० खेलमा जर्मनीले […]
October 8, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनमा रहेको समय कर छलीको आरोपमा चेल्सी तथा रियल म्याड्रिडका पूर्व डिफेन्डर रिकार्डो कार्वाल्होलाई त्यहाँको एक अदालतले ८ महिना जेल सजाय सुनाइएको छ । हाल उनि चीनको शंघाई एसआईपिजीसँग आबद्ध छन् । स्पेनमा रियलसँग रहँदा तस्विर प्रयोगको अधिकारबाट कमाएको करिब ५ सय हजार युरो बराबर कर छलेको आरोपमा उनलाई ७ महिना जेल […]
October 8, 2017
बेलारुस (एजेन्सी) – समूह चरणको एक खेल बाँकी रहँदा डच टिम नेदरल्याण्डको रसिया विश्वकपको छनोट हुने झिनो सम्भावना कायम रहेको छ । युरोपियन छनोट अन्र्तगत समूह ‘ए’ को खेलमा घरेलु टोली बेलारुसलाई ३–१ ले पराजित गर्दै नेदरल्याण्डले छनोटको झिनो आशा कायमै राखेको हो । जितपछि तेस्रो स्थानमा रहेको नेदरल्याण्डको ९ खेलबाट १६ अंक छ । अब नेदरल्याण्डले […]
October 8, 2017
एन्डोरा (एजेन्सी) – क्रिष्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल अर्काे वर्ष रसियामा हुने विश्वकपको लागि छनोट नजिक पुगेको छ । युरोपियन क्षेत्रको समूह ‘बी’ अन्र्तगतको खेलमा घरेलु टोली एन्डोरालाई २–० ले पराजित गर्दै विश्वकपको लागि सोझै छनोट नजिक पुगेको हो । जितसँगै पोर्चुगल ९ खेलबाट २४ अंकसहित दोस्रो स्थानमा रहेको छ । पोर्चुगलभन्दा अघि रहेको स्वीट्जरल्याण्डको समान […]
October 7, 2017
म्याड्रिड (एजेन्सी) – एक पटकको विश्व विजेता स्पेन अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । युरोपियन क्षेत्रको छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा अल्बानियामाथि ३–० को सहज जित निकालेपछि एक खेल बाँकी छदै स्पेनले विश्वकपमा स्थान सुरक्षित गरेको हो । युरोपियन क्षेत्रको समूह ‘जी’ मा रहेको स्पेनले छनोट चरणको ९ […]