default_image

अन्तर्राष्ट्रिय

Messi

October 11, 2017

म्यानचेष्टर सिटी मेस्सीलाई मोटो रकम खर्चन तयार

स्पेन (एजेन्सी) –इङ्लिस क्लब म्यानचेष्टर सिटीले स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीलाई क्लबमा अनुबन्ध गर्न मोटो रकम खर्चन तयार भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । बार्सिलोनामा मेस्सीको सम्झौता यसै सिजनमा सकिदैछ । क्लबले मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा बस्ने बताइरहँदा मेस्सीले भने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन् । म्याड्रिडको ‘एस पत्रिका’का अनुसार सिटीले […]

Cricket Team

October 11, 2017

नेपाली क्रिकेट टोली हङकङ पुग्यो

काठमाडौ (हाम्रोखेलकुद)- आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली आज हङकङ पुगेको छ। टोली हङकङको स्थानीय समय बिहानको ६:३० बजे अवतरण गरेको थियो। नेपालले छैठौ चरणको खेल अन्तर्गतहङकङसँग आगामी शुक्रबार र आइतबार प्रतिस्पर्धा गर्दैछ  च्याम्पियनसिपमा नेपाल छैटौ स्थानमा रहेको छ । नेपालले १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुदै ८ अंक जोडेको छ । नेपाल अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई दुवै खेलमा पराजित गर्नैपर्ने हुन्छ । त्यसपछि नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईलाई समेत हराउनुपर्ने हुन्छ  । च्याम्पियनसिपमा हङकङ पाँचौ स्थानमा रहेको छ । हङकङको १० खेलबाट ११ अंक रहेको छ ।  च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड, दोस्रोमा पपुवा न्युगिनी र तेस्रो स्थानमा स्कटल्याण्ड र चौथोमा केन्या रहेका छन्  हङकङसँगको खेलको लागि नेपाली टिमले भारतको चेन्नईमा अन्तिम तयारी गरेको थियो । हङकङसँगको खेलका लागि कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सागरपुन, विनोद भण्डारी, करण केसी र सोमपाल कामी रहेका छन्  त्यस्तै शुशिल कंडेल, कुशल भुर्तेल, सुसन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने पनि टोलीमा अटाएका छन् । नेपाली टोलीको वैकल्पिकमा कुशल भुर्तेल, नरेश बुढाएर, जितेन्द्र मुखिया र महेबुब आलम टिममा रहेका छन् ।

Robben

October 11, 2017

आर्जेन रोबेनको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

आर्मस्टडम (एजेन्सी) – डच फुटबलका आइकन खेलाडी आर्जेन रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सन्यासको घोषणा सँगै विङ्गर रोवेनले सन्यासको यो उपयुक्त समय रहेको बताएका छन् । ‘यो सन्यास लिने उपयुक्त समय हो । मलाई थाहा थियो यो मेरो अन्तिम खेल हो तर, यो त्यति सहज थिएन ।’ सन्यासपछि रावेनले भने, ‘नयाँ पुस्तालाई हस्तान्तरण […]

Griezmann

October 11, 2017

अन्तिम खेलमा विजयी हुँदै फ्रान्स विश्वकपमा छनोट

पेरिस (एजेन्सी) – विश्वकप छनोट अन्र्तगतको युरोपियन छनोटको अन्तिम खेलमा फ्रान्स विजयी भएको छ । युरोेपियन छनोट अन्र्तगतको समूह ‘ए’ बाट यसअघि नै विश्वकपमा स्थान बनाइसकेको फ्रान्सले बेलारुसलाई २–१ ले पराजित गरेको हो । तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो । घरेलु टोलीलाई जिताउन एन्टेनियो ग्रिजम्यान र ओलिभर जिरउडले गोल गरे । पराजित टिमका लागि […]

October 11, 2017

ब्राजिलले चिलीलाई हरायो , चिली विश्वकपबाट बाहिरियो

साओपाउलो (एजेन्सी) – विश्व कप छनोट अन्तर्गत अन्तिम खेलमा ब्राजिलसँग ३-० ले पराजित चिलीको सम्भावना रोकिएको छ । लगातार दुई पटकको कोपा अमेरिका विजेता चिलीले रुस विश्व कपमा स्थान पाएन ।    ब्राजिलसँग ३-० ले पराजित चिलीले पेरुसँग गोलअन्तरमा पछि परेपछि प्ले अफको मौका गुमाएको छ । शिर्ष स्थानको ब्राजिल , दोस्रो स्थानको उरुग्वे , तेस्रो स्थानको […]

Messi

October 11, 2017

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनालाई विश्वकपमा स्थान

इक्वेडर (एजेन्सी) – अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेपछि इक्वेडरलाई ३-१ ले पराजित गरेको अर्जेन्टिनाले रुस विश्व कपमा स्थान पक्का गरेको छ ।  अन्तिम खेलमा अनुकुल नतिजा निकाल्दै अन्य खेलहरु पनि आफ्नो पक्ष्यमा नतिजा आएपछि छनोट चरण तेस्रो स्थानमा अन्त्य गरेको मेस्सीको अर्जेन्टिनी टोलीले विश्वकपमा स्वतः स्थान बनाएको हो । अर्जेन्टिनाले जितसँगै २८ अंक बनायो भने […]

Portugal

October 11, 2017

समूह विजेता बन्दै पोर्चुगल विश्वकपलाई छनोट

लिस्वन (एजेन्सी) – युरोकप विजेता पोर्चुगलले समूह ‘बी’ को विजेता बन्दै अर्काे वर्ष रसियामा आयोजना हुने विश्वकप फुटबलमा स्थान बनाएको छ । युरोपियन छनोटको समूह ‘बी’ छनोटको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डलाई २–० ले पराजित गर्दै पोर्चुगलले समूह विजेताको रुपमा विश्वकपमा स्थान पक्का गरेको हो । पोर्चुगलसँग पराजित भएपनि स्वीट्जरल्याण्डले प्लेअफमा स्थान बनाएको छ […]

Jason

October 10, 2017

अस्ट्रेलियाको जितसँगै शृंखला बराबरी

गुवाहाटी (एजेन्सी) – भारतविरुद्ध दोस्रो टी-२० खेलमा ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले तीन खेलको शृंखला बराबरी गरेको छ । अस्ट्रेलियाको जितमा मोइसेस हेनरीक्वेजले अर्धशतक प्रहार गरे भने जेसन बेरेनड्रोफले ४ विकेट लिए । टस जितेर फिल्डिंग रोजेको अस्ट्रेलियाले भारतलाई १ सय १८ रनमा अल आउट गरेको थियो । भारतका शीर्ष क्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि कुलदिप […]

Australia

October 10, 2017

अष्ट्रेलिया विजयी, सिरियाको विश्वकप खेल्ने सपना अधुरो

सिड्नी (एजेन्सी) – युद्धग्रस्त मुलुक सिरियाको अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल खेल्ने सपना अधुरो रहेको छ ।प्ले अफको दोस्रो लेगमा युद्धग्रस्त राष्ट्र सिरिया अष्ट्रेलियासँग २–१ ले तथा समग्रमा ३–२ को हार बेहोरेपछि सिरियाको पहिलोपटक विश्वकप खेल्ने सपना चक्नाचुर भएको छ । अष्ट्रेलियालाई जिताउन दुवै गोल टिम काहिलले गरे भने ओमार अल सोमाहले सिरियाका लागि […]

Crouch

October 10, 2017

स्टोकका स्ट्राइकर क्राउचको नाम गिनिज बुकमा

लन्डन (एजेन्सी) – स्टोक सिटीक स्ट्राइकर पिटर क्राउचको नाम २०१८ को ‘गिनिज बुक्स अफ वोर्ल्ड रेकर्ड’ मा समावेश हुने भएको छ । प्रिमियर लिगमा किर्तिमान गरेपछि ३६ वर्षीय इङ्लिस स्ट्राइकरको नाम गिनिज बुकमा राखिने भएको हो । लिभरपुल तथा टोटेनह्यामका पूर्व खेलाडी क्राउचले प्रिमियर लिगमा सबै भन्दा धेरै हेडर गोल गरेको किर्तिमान आफ्नो नाममा पारेपछि उनको नाम गिनिज […]

Success

Thank you for your time.