default_image

अन्तर्राष्ट्रिय

August 27, 2017

‘द मनी फाइट’मा मेवेदरले मेग्रेररलाई हराए

लस भेगास (एजेन्सी) – ‘द मनी फाइट’ कहलिएको बक्सिङ खेलमा अमेरिकाका फ्लोइड मेवेदरले आयरल्यान्डका कनर मेग्रेररलाई १० औँ राउन्डमा हराएका छन् । यस जितसँगै मेवेदरले आफ्नो अपराजित यात्रालाई ५० खेलसम्म लम्ब्याएका छन् । लास भेगसमा खेलिएको खेलको पहिला ३ राउन्डमा मेग्रेरर मेवेदरमाथि हावी देखिएका थिए । तर मेवेदरले चौथो राउन्डपछि लय समात्दै १० औँ राउन्डमै […]

Chamara

August 27, 2017

भारतविरुद्ध श्रीलंकालाई जित्नै पर्ने दबाब

केन्डी (एजेन्सी)– भारतविरुद्धको एक दिवसयि श्रृखंला जोगाउनका लागि श्रीलंकाले आजको खेल जित्नै पर्ने हुन्छ । पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा घरेलु टोली २–० ले पछाडी परिसकेको छ ।  यसै पनि श्रीलंका श्रृखंला सुरु हुनुअघि बाटै दबाबमा छ । जारी श्रृखंलामा कम्ती २ खेल जित्न नसक्दा श्रीलंका विश्व कप क्रिकेटमा स्वतः प्रवेश गर्न पाउने छैन […]

August 27, 2017

बार्सिलोनको जित, मेस्सीको ३ सय ५० गोल पुरा

अलाभा(एजेन्सी)– स्पेनिस ला लिगामा गए राती सुपर स्टार लियोनल मेस्सीले टोलीलाई जित मात्र दिलाएनन् आफ्नो खेल जीवनमा अर्को एउटा खुड्किलो पार गरेका छन् । खेलको पहिलो हाफमा पेनाल्टी चुकाएपनि उनकै २ गोलको मद्दतमा बार्सिलोनाले अल्भेसलाई २–० ले हराएको थियो । रियल बेटिससँग सिजनको पहिलो खेलमा मेस्सीको तीन पटकको प्रहार पोलमा लागेर फर्केको थियो । अल्भेसविरुद्ध […]

August 27, 2017

प्रिमियर लिगमा युनाइटेडको लगातार तेस्रो जित

म्यानचेस्टर (एजेन्सी)– मार्कुस रासफोर्ड चम्केपछि शतप्रतिशत नतिजालाई निरन्तरता दिदै म्यानचेस्टर युनाइटेडले गए राती लेस्टर सिटीमाथि २–० को जित हासिल गरेको छ । परिवर्तित खेलाडीका रुपमा मैदान पसेको चार मिनेटपछि नै रासफोर्डले जादु देखाउने क्रममा गोलको खाता खोले । माराउने फिलानीले पनि आफ्नो भूमिकामा न्याय गर्ने क्रममा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेर गोल गरे । […]

August 26, 2017

प्रिमियर लिगमा न्युक्यासल र स्वान्सी विजयी

न्युक्यासल (एजेन्सी)– प्रिमियर लिगमा न्युक्यासल युनाइटेड र स्वान्सी सिटिले सिजनको पहिलो जित गर्दै अंक तालिकामा खाता खोलेका छन् । न्युक्यासले घरेलु मैदानमा वेस्ट ह्यामलाई ३–०ले हरायो । अर्को खेलमा स्वान्सी सिटीले क्रिस्टल प्यालेसमाथि २–० को जित निकाल्यो । नव खेलाडी जोसेलुले ३६ औँ मिनेटमा न्युक्यासलका लागि पहिलो गोल गरेका थिए । त्यस्तै म्याट रिचीको शानदार […]

August 26, 2017

बोर्नमाउथमाथि सिटीको संघर्षपूर्ण जित

बोर्नमाउथ (एजेन्सी) – इङ्लिस प्रिमियर लिगको दाबेदार मध्ये एकका रुपमा हेरिएको म्यानचेस्टर सिटीले आज एफसी बोर्नमाउथमाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबारको खेलमा रहिम स्टर्लिङले इन्जुरी समयमा गोल गरेपछि सिटीले बोर्नमाउथमाथि २–१ को सघर्षपूर्ण जित निकालेको हो । घरेलु मैदान बोर्नमाउथले १३ औं मिनेटमा अग्रता लिएको थियो । बोर्नामाउथका लागि चार्ली ड्यानियल्सले उत्कृष्ट गोल गरेको थियो […]

August 26, 2017

प्रिमियर लिगमा युनाइटेड र लेस्टर सिटी भिड्दै

म्यान्चेस्टर (एजेन्सी)– इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले आज राती लेस्टर सिटीको सामना गर्दै छ । युनाइटेडले पछिल्ला दुवै खेल ४–० को अन्तरले जितेको थियो । लेस्टरको दुई खेलमा एकमा जित र अर्कोमा हार बेहोरेको थियो । ओल्ड ट्राफोर्डमा हुने खेलमा युनाइटेडका प्रशिक्षक जोसे माउरिन्हो पछिल्ला खेलको नतिजाको निरन्तरताको अपेक्षा राख्छन् । घरेलु मैदानमा […]

August 26, 2017

‘सुपर स्टार मेस्सी भित्राउन असम्भव’

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीका फुटबल निर्देशक छिकी बेगरस्ताइनले बार्सिलोनाका लियोन मेस्सी ल्याउने प्रयास निरर्थक हुने बताएका छन् । प्रिमियर लिग टोलीले मेस्सीका लागि ३ सय मिलियन युरो रिलिस क्लज तिरेर पनि भित्राउन सक्ने सञ्चारमाध्यमहरुले जनाएका थिए । तर बेगरस्ताइनले त्यो सम्झौता असम्भव प्राय भएको बताएका छन् । सनसँग कुरा गर्दै बेगरस्ताइनल भनेका छन्,‘मेस्सी आउने सम्भावना […]

August 26, 2017

फिट नहुँदै इब्राहिमोभिचलाई च्याम्पियन्स लिग टोलीमा राखिने

म्यानचेस्टर (एजेन्सी)– चोटबाट पूर्ण रुपमा मुक्त भइ नसकेपनि ज्लाटान इब्राहिमोभिचलाई म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले च्याम्पियन्स लिगको टोलीमा समावेश गर्ने भएका छन् । गत सिजन युनाइटेडमा उच्च प्रदर्शन गरेका इब्राहिमोभिचलाई अप्रिलमा घुँडामा चोट लागेको थियो । अहिले पनि उनी चोटमुक्त हुनका लागि मेहनत गरिरहेका छन् । बिहीबार मात्र इब्राहिमोभिच एक वर्षको लागि पुनः युनाइटेडसँग अनुबन्धित […]

August 26, 2017

डेम्बेले बार्सिलोनासँग आबद्ध , नेयमारको जर्सी लगाउने

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले बोरुसिया डर्टमन्डबाटबाट फ्रान्सेली फरवार्ड ओसुमाने डेम्बेले लाई भित्राएको छ । बार्सिलोनाले डर्टमाउण्डलाई डेम्बेलेका लागि ९७ मिलियन पाउण्ड तिर्ने जनाएको छ । बार्सिलोनाले विपज्ञप्ती जारी गर्दै भनेको छ , ‘बार्सिलोना र डर्टमन्डबीच फ्रान्सेली स्ट्राइकर ओसुमाने डेम्बेलेको लागि सम्झौता छ । बार्सिलोनाले १ सय ५ मिलियन युरो खर्चदै उनलाई भित्राउने भएको छ ।’ क्लबसँग […]

Success

Thank you for your time.