August 24, 2017
बालागोल्ला (एजेन्सी)– श्रीलंका र भारत बीचको एक दिवसीय श्रृंखलाको दोश्रो खेल आज श्रीलंकाको बालागोल्लास्थित पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिँदै छ । पहिलो खेलमा भारतले श्रीलंकामाथि ९ विकेटको सहज जित दर्ता गरेको थियो । ओपनर शिखर धवनको १ सय ३२ रनको शतकीय पारी र कप्तान विराट कोहलीको ८२ रनको मद्दतले भारतले पहिलो खेल सजिलैले आफ्नो पक्षमा […]
August 24, 2017
म्याड्रिड (एजेन्सी)– पछिल्ला दुई खेल दर्शकका रुपमा सिमित हुन बाध्य क्रिस्टियानो रोनाल्डो मैदानमा फर्केको खेलमा प्रभाव जमाउन सफल भएका छन् । बालोन डी’ओर विजेता रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेपछि गएराती रियलले सन्टायागो बेर्नाबेउ ट्रफी जितेको छ । हाइलाइट्स
August 24, 2017
लिभरपुल (एजेन्सी)– लिभरपुल च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट भएको छ । प्ले अफमा आक्रामक प्रदर्शन गर्दै गए राती जर्मन टोली होफेनहायमलाई ४–२ ले हराउदै लिभरपुलले समूह चरणको यात्रा तय गरेको हो । लिभरपुलको जितसँगै पहिलो पटक पाँच इङ्लिस क्लबले च्याम्पियन्स लिगको समूह चरण खेल्ने भएका छन् । पहिलो लेगमा २–१ को अग्रता लिएको लिभरपुलले […]
August 24, 2017
म्याड्रिड (एजेन्सी)– पछिल्ला दुई खेल दर्शकका रुपमा सिमित हुन बाध्य क्रिस्टियानो रोनाल्डो मैदानमा फर्केको खेलमा प्रभाव जमाउन सफल भएका छन् । बालोन डी’ओर विजेता रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेपछि गएराती रियलले सन्टायागो बेर्नाबेउ ट्रफी जितेको छ । इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै रियलले घरेलु मैदानमा मैत्रीपूर्ण खेलको उपाधि उचालेको हो । खेलमा रोनाल्डोले निर्णायक गोल […]
August 24, 2017
अर्जेन्टिना (एजेन्सी)– अर्जेन्टिनी स्ट्राइकर कार्लो टेभेजको सरुवा रकम पूर्ण रुपमा नतिरेको कारण अर्जेन्टिनी क्लब बोका जुनियर्सले संघाई सेन्हुआविरुद्ध कोर्ट अफ आर्बिट्रेसनमा मुद्दा दायर गर्ने धम्की दिएको छ । यहि बर्षको जनवरीमा करिब १३ मिलियन अमेरिकी डलर बराबरको सम्झौतामा चीन पुगेका टेभेजको स्थानान्तरण रकम अझै संघाईले नदिएको जुनियर्सले जनाएको छ । ‘पटक पटक लिखित अनुरोध गरेपनि […]
August 23, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आज हेने खेलमा प्रतिबन्धमा रहेका क्रिस्टियानो रोनाल्डोलाई पुरा समय खेलाइने बताएका छन् । रियलको घरेलु मैदानमा हरेक बर्ष हुने सेन्टिएगो बर्नबउ ट्रफी मैत्रीपूर्ण खेलमा यसपाली रियलले इटालियन टोली फियोरेन्टिनाको सामना गर्दैछ । खेल नेपाली समयानुसार राती २ः३० बजे सुरु हुनेछ । बार्सिलोनासँग स्पेनिस सुपर कपको पहिलो लेगमा […]
August 23, 2017
कप टाउन (एजेन्सी)– एबी डी भिलियर्सले दक्षिण अफ्रिकाको एक दिवसीय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी त्याग्ने निर्णय सार्वजनिक गरेका छन् । यो निर्णय गरेपनि भिलियर्स पुन टेस्ट क्रिकेटमा फर्किने संकेत दिएका छन् । ‘फाप डुप्लेसीले टोलीलाई टि ट्वान्टी र टेस्ट क्रिकेट राम्ररी सम्हालिरहेका छन् । त्यसलाई मध्यनजर गर्दै एक दिवसिय कप्तानको जिम्मेवारीबाट टाढा हुने खबर गरेको […]
August 23, 2017
पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार पनि पूर्व क्लब बार्सिलोनाविरुद्ध लड्ने भएका छन् । सम्झौता उलंघन गरेको भन्दै स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन फरवार्ड विरुद्ध मुद्दा दायर गरेपछि उनी पनि पूर्व क्लबविरुद्ध उत्रन तयार भएका हुन् । अक्टोबरको नयाँ सम्झौताको उलंघन भएको भन्दै बार्सिलोनाले नेयमारलाई तोकिएको बोनस नदिने निर्णय गरेको थियो । त्यसबाहेक […]
August 23, 2017
लन्डन (एजेन्सी)– वायन रुनीले तत्काल लागु हुने गरि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । एभर्टनका फरवार्डले इङ्ल्यान्डका लागि १ सय १९ खेलमा ५३ गोल गरेका छन् । माल्टा र स्लोभाकियाविरुद्ध केही दिनमा हुने विश्व कप छनोटको लागि टोलीमा प्रशिक्षक गारेथ साउथगेटले बोलाएपनि रुनीले बुधबार नै विज्ञप्ती जारी गरि सन्न्यासको घोषणा सार्वजनिक गरेका हुन् । […]
August 23, 2017
बार्सिलोना (एजेन्सी)- क्याटालन क्लब बार्सिलोनाको ट्विटर अकाउन्ट ह्याक भएको छ। बुधबार बिहानै ह्याक भएको अकाउन्टमार्फत ह्याकरले पिएसजीबाट एन्जेल डी मारियाको ट्रान्सफर पुरा भएको झुठो खबर पोस्ट गरेका थिए। २४ घण्टा अगाडी मात्र नेयमार विरुद्ध मुद्दा दायर गर्ने भनेर विज्ञप्ति सार्वजनिक गरेको बार्सिलोनाले केहि घण्टा पश्चातनै डी मारियालाई भित्र्याउने खबर ट्विटर मा पोष्ट गर्दा सबै अचम्ममा परेका थिए। ह्याकरले […]