default_image

अन्तर्राष्ट्रिय

February 6, 2022

बार्सिलोनाको सानदार जित

एजेन्सी – बार्सिलोनाले ला लिगामा आइतबार एट्लेटिको म्याड्रिडमाथि ४–२ को सानदार जित निकाल्दै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । नोभेम्बरपछि बार्सिलोनाले ला लिगामा लगातार दोस्रो जित निकाल्ने क्रममा एट्लेटिकोलाई हराएको हो । यद्दपी बार्सिलोना पछिल्लो ६ खेलमा अपराजित रहेको छ । एकरुपताको प्रदर्शन गर्नबाट चुकेपछि एट्लेटिकोले पछिल्ला तीन खेलमा २ जित निकालेको थियो । […]

February 6, 2022

लिभरपुल एफए कपको प्रि–क्वाटरफाइनलमा

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल एफए कपको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा च्याम्पियनसिप क्लब कार्डिफलाई ३–१ ले पराजित गर्दै लिभरपुलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । लिभरपुलको सहज जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले गोल गरेका कार्डिफका रुविन कोलविलले एक गोल फर्काए । एनफिल्डमा आइतबार राति भएको खेलको […]

February 6, 2022

को बन्ला अफ्रिकाको राजा : सलाह वा माने ?

एजेन्सी – अफ्रिका कप अफ नेसन्सको फाइनलमा आइतबार राति इजिप्ट र सेनेगलबीच प्रतिस्पर्धा गर्दैछन् । यसबीचमा सबैको नजर विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी साडियो माने र मोहमद सलाहमा हुनेछ । दुवै इंग्लिस क्लब लिभरपुलका खेलाडी हुन् । इजिप्टले आयोजक क्यामरुनलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै सेनेगलसँगको भेट पक्का गरेको थियो । सेनेगलले बुर्किना फासोलाई ३–१ […]

February 6, 2022

बुर्किना फासोलाई हराउँदै क्यामरुन तेस्रो

एजेन्सी – आयोजक क्यामरुनले अफ्रिका कप अफ नेसन्समा तेस्रो स्थान हासिल गरेको छ । बुर्किना फासोलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै क्यामरुन तेस्रो भएको हो । याओन्डेमा शनिबार राति भएको निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।टाइब्रेकरमा क्यामरुनका भिन्सेन्ट एब्डोउबाकर, निकोलस नागमालेउ, कार्ल टोको इकम्वी, पिएरे कुन्डे र एम्ब्रोइस […]

February 6, 2022

लाम्पार्डको ‘डेब्यु’ मा एभर्टनको सानदार जित

एजेन्सी – प्रशिक्षक फ्रान्क लाम्पार्डको ‘डेब्यु’ प्रशिक्षणमा एभर्टनले सानदार जित निकालेको छ । एभर्टनले घरेलु मैदानमा एफए कपको चौथो राउन्डको खेलमा ब्रेन्टफर्डमाथि ४–१ को सानदार जित निकालेको हो । एभर्टनको फराकिलो जितमा यारी मिना, रिचार्लीसन, मासन होल्गेट र एन्ड्रोस टाउनसेन्डले गोल गरे । ब्रेन्टफर्डका इभान टोनीले एक गोल फर्काए । गुडिसन पार्कमा शनिबार राति भएको […]

February 6, 2022

म्यानचेस्टर सिटी र टोटेनहमको सानदार जित

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र टोटेनहम हटस्परले एफए कपमा सानदार जित निकाल्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएका छन् । सिटीले च्याम्पियनसिप क्लब फुलहममाथि ४–१ को फराकिलो जित निकालेको हो । इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा सिटीको फराकिलो जितमा रियाद महारेजले दुई तथा इल्केए गुन्डोगान र जोन स्टोन्सले एक गोल गरे । फुलहमका फावियो […]

February 6, 2022

आत्मघाती गोलले बायर्नको जित

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले रोमाञ्चक जित निकालेको छ । बायर्नले घरेलु मैदानमा आरबी लाइप्जिगलाई ३–२ ले हराएको हो । बायर्नको जितमा थोमस मुलर र रोबर्ट लेवान्डोस्कीले गोल गर्दा एक गोल उपहार पाएको थियो । लाइप्जिगका आन्द्र सिल्भा र क्रिस्टोफोर एनकुन्कुले गोल गरेपनि आत्मघाती गोल गर्न पुग्दा पराजित हुन पुग्यो । एलिएन्ज […]

February 6, 2022

मिलान डर्वीमा एसी मिलानको पूनरागमन जित

एजेन्सी – एक गोलले पछि परेको स्थितिमा फ्रान्सेली फरवार्ड ओलिभर जिरुउडले दुई गोल गरेपछि मिलान डर्वीमा एसी मिलानले पूनरागमन जित दर्ता गरेको छ । मिलान डर्वीमा एसी मिलानले शीर्ष स्थानमा रहेको इन्टरमाथि २–१ को पूनरागमन जित निकालेको हो । मिलानोमा शनिबार राति भएको खेलमा इभान पेरिससको गोलबाट इन्टरले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजित […]

February 5, 2022

चेल्सीको कठिन जित

एजेन्सी – तेस्रो श्रेणीको क्लब प्लिमाउथ आर्गाइलमाथि अतिरिक्त समयमा पूनरागमन जित निकाल्दै प्रिमियर लिग क्लब चेल्सी एफए कपको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । चेल्सीले घरेलु मैदानमा १–० ले पछि परेको स्थितिबाट अतिरिक्त समयमा २–१ को जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । चेल्सीको जितमा कप्तान सिजर एज्पिलिक्वेटा र सव्सिच्युट मिडफिल्डर मार्काेस अलन्सोले […]

February 5, 2022

सिमिओनीको सामना गर्ने जाभी बार्सिलोनाको आठौं प्रशिक्षक

एजेन्सी – अर्जेन्टिनी डिएगो सिमिओनी डिसेम्वर २०११ मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको मुख्य प्रशिक्षक बने । त्यसयता उनी निरन्तर एट्लेटिकोकै मुख्य प्रशिक्षक रहेका छन् । क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब रियल म्याड्रिड क्लबको खराब प्रदर्शनसँगै प्रशिक्षकलाई बर्खास्त गर्न ढिला सुस्ती गर्दैनन् । यो १० वर्षको अवधिमा मात्र बार्सिलोनाले आठ प्रशिक्षक परिवर्तन गरिसकेको छ । […]

Success

Thank you for your time.