default_image

अन्तर्राष्ट्रिय

August 23, 2020

पीएसजी विरुद्ध बायर्न म्युनिख : सम्पूर्ण जानकारी

एजेन्सी – जर्मनीको लिग च्याम्पियन बायर्न म्युनिख र फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रतिस्पर्धा हुने अन्य राष्ट्रको लिगको टोलीलाई पन्छाउदै यो सिजनको यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएका छन् । फाइनल आइतबार राति पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । खेल नेपालमा टेन २ एचडीमा प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ । […]

August 23, 2020

नेयमारलाई सुवर्ण अवसर

एजेन्सी – तीन वर्षअघि नेयमार विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । पिएसजीले पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउँदा ब्राजिलियन सुपर स्टारले आफूमाथि क्लबले गरेको लगानीमा न्याय गरेका छन् । एट्लान्टाविरुद्धको क्वार्टरफाइनल वा आरबी लिप्जिगविरुद्धको सेमिफाइनलमा नेयमारले गोल गरेनन् । तर, दुवै खेलमा उनको प्रदर्शन स्तरीय रहेको थियो । त्यहि […]

August 23, 2020

बार्सिलोनामै बस्ने स्वारेजको इच्छा

एजेन्सी – बार्सिलोनाको इतिहासमा लुइस स्वारेज तेस्रो सर्वाधिक गोलकर्ता हुन् । तर पछिल्ला केहि वर्षमा प्रदर्शन खस्कदै जाँदा उनको आलोचना हुन थालेको छ । त्यसका बावजुद पनि स्वारेजले भने सम्झौता अवधि पूरा नहुँदासम्म क्याम्प नोउमा बस्न चाहेका छन् । च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बार्यन म्युनिख सँग ८–२ को लज्जास्पद हारपछि स्वारेजको भविष्यका बारेमा क्लब र समर्थकहरुका […]

August 23, 2020

नेयमार भर्सेस लेवान्डोस्की

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको फाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ । यस खेलमा सबैको नजर स्टार फरवार्डद्वय रोबर्ट लेवान्डोस्की र नेयमारमा हुनेछ । खेल पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । दुवै टोलीले आक्रमक फुटबल खेल्ने भएकाले दुई च्याम्पियनबीचको भिडन्त निकै रोमाञ्चक र […]

August 23, 2020

‘पीएसजी विश्वकै उत्कृष्ट टोलीमा गनिन्छ’ – बायर्न प्रशिक्षक फ्लिक

एजेन्सी – बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले यूईएफए च्याम्पियन्स लिग फाइनलको प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई विश्वकै उत्कृष्ट टोलीमध्यको एक रहेको बताएका छन् । फ्लिक पहिलो पटक युरोपेली प्रतियोगिताको फाइनलमा टोलीको नेतृत्व गर्दैछन् । बायर्नले यस सिजन घरेलु फुटबलमा दुई उपाधि जितिसकेको छ । यस उपाधि जितेमा बायर्नले सिजनको तेस्रो उपाधि जित्दै दुर्लभ ‘ट्रेबल’ […]

August 23, 2020

‘बायर्नको गल्तिमा फाइदा उठाउनुपर्छ’ – पीएसजी प्रशिक्षक टुचेल

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुचेलले यूईएफए च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखको गल्तीको फाइदा उठाएर नै जित सम्भव रहने बताएका छन् । प्रशिक्षक टुचेलले क्लबलाई पहिलो च्याम्पियन्स लिग जिताउन सहज भने नहुने बुझेका छन् । ‘बायर्नसँगको खेल निकै कठिन हुनेछ । बायर्नमा उत्कृष्ट स्तरका खेलाडी छन् । तर जुन टोलीको पनि […]

August 23, 2020

फाइनल ‘मेड इन जर्मनी’ : फ्लिक भर्सेस टुचेल

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पीएसजी) आमने सामने हुँदा दुवै टोलीको प्रशिक्षक जर्मन नागरिक रहेका छन् । पोर्चुगलको लिस्बनमा हुने फाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि जित्ने लक्ष्यसाथ उत्रनेछन् । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । बायर्न सिजनको तेस्रो […]

August 23, 2020

‘म इतिहास रच्न पीएसजी आएको हुँ’ – एमबाप्पे

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड किलीयन एमबाप्पेले आफू इतिहास रच्नकै लागि क्लबमा आएको बताएका छन् । यूईएफए च्याम्पियन्स लिग फाइनलको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनमा बोल्दै एमबाप्पेले आफ्नो धारणा प्रस्तुत गरेका हुन् । सन् २०१७ मा मोनाकोबाट मोटो रकममा पीएसजी आएका एमबाप्पेले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । यस सिजन […]

August 23, 2020

लिल र रेनिसले बराबरी खेले

एजेन्सी – नयाँ सिजनको फ्रेन्च लिग वानमा लिल र रेनिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । लिलका जोनाथन बाम्वाले गोल गर्दा रेनिसका डामिन डा सिल्भाले बराबरी गोल फर्काएका थिए । दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको ३५औं मिनेटमा रेनिस १० खेलाडीमा समेटिएको थियो । सचा बोइ […]

August 23, 2020

सनको दुई गोलमा टोटेनहमको सहज जित

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको दुई गोल सहयोगमा इंग्लिस क्लब टोटेनहम हस्टपरले क्लब मैत्रीपुर्ण खेलमा सहज जित निकालेको छ । टोटेनहमले च्याम्पियनसिप क्लब इप्सविचमाथि ३–० को सहज जित निकालेको हो । अर्काे गोल रायन सेस्सेग्ननले गरे । खेलको छैटौं मिनेटमा नै सेस्सेग्ननको गोलबाट टोटेनहम अघि बढेको थियो । १०औं मिनेटमा ह्युङ मिन […]

Success

Thank you for your time.