default_image

अन्तर्राष्ट्रिय

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

बायर्न म्युनिखको हार

एजेन्सी – बुन्डेसलिगामा १० खेलाडीमा सीमित बायर्न म्युनिख शनिवार पराजित भएको छ। २ गोलले पछि परेको अवस्था उल्टाउँदै बोखुमले ३-२ सनसनीपूर्ण जित निकाल्यो र बायर्नको १२५औं वार्षिकोत्सवको खुशीयाली खल्लो बनाइदियो। राफाएल गुएरेरोले सुरुआती २८ मिनेटमै बायर्नको लागि दुई गोल गरे । उनले १४ औं मिनेटमा नजिकैबाट प्रहार गरेर गोल गरे । दोस्रो थोमस म्युलरको असिस्टमा […]

March 8, 2025

महिला क्रिकेटलाई चलायमान बनाउने क्यानको‌ योजना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले यो पटक बर्षभरि नै महिला क्रिकेटलाई चलायमान बनाउने योजना अनुरूप महिला क्रिकेटलाई प्राथमिकतामा राखेको जनाएको छ। क्यानले शनिवार सन् २०२५ को‌ वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । जसमा महिला पुरुष सिनियर जुनियर गरेर प्रतियोगिता र अन्यगरि ५५ वटा कार्यक्रम समावेश गरिएको‌ छ । तुलनात्मक रूपमा यो […]

March 8, 2025

क्यानको बार्षिक क्यालेण्डरमा प्रतियोगितासहित ५५ कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ को वार्षिक कमयालेन्डर सार्वजनिक गरेको छ। महिला पुरुष सिनियर, उमेरमा समूहको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता लगायत ५५ वटा कार्यक्रम सामेल गरिएको छ। जारी गरिएको क्यालेन्डरमा क्यानले आयोजना गर्ने कार्यक्रमलाई मात्र समेटिएको जानकारी सचिव पारस खड्काले दिए। प्रदेश र क्षेत्रले गर्ने कार्यक्रमा यो क्यालेन्डरमा राखिएको छैन […]

March 7, 2025

भारतीय फुटबल टोलीमा सुनिलको पुनरागमन

एजेन्सी – पूर्व कप्तान सुनिल क्षेत्री अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको वर्ष दिन नपुग्दै भारतीय फुटबल टोली फर्केका छन् । गत जुनमा सन्न्यास लिएका सुनिललाई यसै महिनाको अन्तर्राष्ट्रिय ब्रेकका लागि भारतीय राष्ट्रिय टोलीमा समावेश गरिएको छ। मुख्य प्रशिक्षक मानोलो मार्क्वेजले बिहीवार २६ सदस्यीय टोलीको घोषणा गरे, जसमा सुनिल परेका छन् । भारतले मार्च १९ मा माल्दिभ्सविरुद्ध […]

March 7, 2025

युनाइटेड बराबरीमा रोकियो

एजेन्सी – इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । युनाइटेड सोसिडाडसँग बिहीवार भएको खेलमा १-१ को बराबरीमा रोकिएको हो । सोसिडाडको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका जोहोशू जिर्कजीले गोल गरे । सोसिडाडका लागि मिकल ओयार्जाबलले गोल गरे । खेलको ५७औं मिनेटमा जिर्कजीले गोल […]

March 7, 2025

चेल्सीको जित

एजेन्सी – चेल्सीले युरोपा कन्फ्रेन्स लिग अन्तिम १६ को पहिलो लेगमा बिहीवार कोपनहेगनलाई २-१ ले हराएको छ। रिस जेम्स र एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई जित दिलाए। पहिलो हाफभरि चेल्सीले कोपेनहेगनको संगठित डिफेन्स विरुद्ध एउटा पनि प्रहार गर्न सकेन । घरेलु टोलीले राम्रो आक्रमणात्मक खेल प्रस्तुत गरेपनि पहिलो हाफमा गोल‌ गर्न सकेन । दोस्रो हाफको […]

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

Success

Thank you for your time.