default_image

lokpriya

February 28, 2019

झापा गोल्डकपको खेल तालिका सार्वजनिक, मनाङ र आर्मी एकै पोलमा

बिर्तामोड (हाम्रो खेलकुद) – शनिबारबाट आयोजना हुने चौथो संस्करणको मग मग झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक झापा–११ ले साहरा क्लब पोखराको सामना गर्नेछ । यस्तै अघिल्लो वर्षको च्याम्पियन त्रिभुवन आर्मी क्लब र सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब एक पोलमा परेको छ । जसअनुसार […]

February 28, 2019

दाउफिन्स अहिले क्यामरुन नफर्कने

सुबास हुमागाईं, पोखरा पछिल्लो समय नेपाली मोफसल फुटबलमा लगातार सफलता हात पारिरहेको दाउफिन्स फुटबल क्लब अझै नेपालमा रहने भएको छ । कुनै प्रतियोगिता खेल्ने निश्चित नहुँदापनि दाउफिन्स नेपालमै रहेर प्रशिक्षण गर्ने टोलीका कप्तानले बताएका हुन् । बिहीबार १७ औं आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग १-० ले पराजित हुँदै लगातार चौथो उपाधिबाट दाउफिन्स […]

February 28, 2019

दाउफिन्सलाई हराउँदै आर्मी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब १७ अौं अाहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा दाउफिन्स फुटबल क्लबलाई १-० ले पराजित गर्दै अार्मीले फाइनल भिडन्त पक्का गरेको हो । खेलको १३ अौं मिनेटमा टेकबहादुर बुढाथोकीले अार्मीलाई अग्रता दिलाए । दायाँ विङबाट अाएको क्रसलाई टेकले ६ यार्डमा बक्सभित्रबाट हेडरमार्फत […]

February 28, 2019

चेल्सीले टोटेनहमलाई हरायो, अार्सनल र लिभरपुलको फराकिलो जित

एजेन्सी – प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा लन्डन क्लब चेल्सीले चिर परिचित प्रतिद्वन्द्वी टोटेनहम हट्सपरलाई २-० ले पराजित गरेको छ । त्यस्तै लिभरपुल र अार्सनलले फराकिलो जित हात पारेका छन् । चेल्सीले एकतर्फी दवाव बनाएको खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ‌। खेलको ५७ अौं मिनेटमा कप्तान सेजार एज्पिलिक्वेटाको पासमा पेड्रो रोड्रिग्वेजले […]

February 28, 2019

रियलको मैदानमा सानदार जितसँगै बार्सिलोना फाइनलमा

एजेन्सी – रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा सानदार जित दर्ता गर्दै बार्सिलोनाले स्पेनिस कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ । बुधबार भएको दोस्रो लेगमा लुइस सुआरेजको दुई गोलमा बार्सिलोनाले ३-० को जित दर्ता गरेको हो । यससँगै समग्रमा बार्सिलोना ४-१ को जितसँगै प्रतियोगिताको उपाधि भिडन्तमा पुगेको छ । यसअघि क्याम्प नोउमा भएको पहिलो […]

February 27, 2019

लाहोरको जितमा सन्दीप ‘म्यान अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत क्वेटा ग्ल्याडीयटर्सविरुद्ध खेलमा म्यान अफ द म्याच घोषित भएका छन् । सन्दीप सम्मिलित लाहोर कलन्दर्सले ८ विकेटको सहज जित दर्ता गर्दा सन्दीपले घातक बलिङ गरे । सन्दीपले क्वेटाको शीर्षक्रम ध्वस्त पार्ने क्रममा ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए […]

February 27, 2019

सन्दीपको अविश्वसनीय बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत क्वेटा ग्ल्याडीयटर्सविरुद्ध खेलमा उत्कृष्ट बलिङ गरेका छन् । लाहोर कलन्दर्सबाट खेलिरहेका उनले क्वेटाको शीर्षक्रम ध्वस्त पार्ने क्रममा ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए । क्वेटाले जितका लागि लाहोरलाई १ सय ७ रनको लक्ष्य दिएको छ । चौथो ओभरमा […]

February 27, 2019

रुस्लान थ्री स्टार आहा गोल्डकपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले विभागीय टोली नेपाल एपीएफक्लबलाई टाइब्रेकरमा पराजित गर्दै आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । थ्री स्टार टाइब्रेकरमा ४-२ ले विजयी रहयो । पोखरा रंगशालामा बुधबार निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । यसअघिका खेलमा अतिरिक्त समयमा खेल लम्ब्याएपनि मौसम प्रतिकूलताका कारण […]

February 27, 2019

कप्तान रुविनाको ह्याट्रिकसँगै नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्रीको ह्याट्रिकसँगै अलराउन्ड प्रदर्शनमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप छनोट एसिया क्षेत्र प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई ३० रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ८६ रनमात्र जोड्न सक्यो । रुविनाले इनिङको अन्तिम तीन […]

February 27, 2019

पीएसजीको कप डे फ्रान्सको सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनलाई पराजित गर्दै कप डे फ्रान्सको सेमिफाइनलमा स्थान बनाएको छ । स्टार खेलाडी नेयमार, एडिन्सन काभानी र किलियन एमबाप्पेबिना उत्रिएको पीएसजीका लागि एन्जल डी मारियाले उत्कृष्ट प्रदर्शन गरेपछि टोली ३-० ले विजयी रहयो  । डी मारियाले खेलको आठौं मिनेटमा उत्कृष्ट चिप प्रहार गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । […]

Success

Thank you for your time.