September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबल खेलाडी कोपिला उप्रेती नेदरल्यान्ड प्रस्थान गर्ने भएकी छिन् । कोपिला नेदरल्यान्ड भलिबल फेडेरेसन (नेभोवो) र डच मिनिस्ट्री अफ फरेन एफयर्सलेले आफ्नै बारेमा बनाएको वृत्तचित्र सार्वजनिक गर्ने कार्यक्रमका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् । कोपिलाको वृत्तचित्र २३ सेप्टेम्बरमा युरोपियन च्याम्पियनसिप मेन्स भलिबल प्रतियोगिताको फाइनल दौरान सार्वजनिक हुनेछ । […]
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ को उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदान नेपाली युवा टोली उत्रदा सबैभन्दा बढी दबाब सम्भवत प्रशिक्षक चेतनारायण श्रेष्ठ हुनेछन् । युवा प्रशिक्षकमा सफल बालगोपाल महर्जनका समकालिन श्रेष्ठमाथि आफ्नो प्रशिक्षण क्षमतालाई प्रमाणित गर्ने यो अहिले सम्मकै उत्कृष्ट अवसर भएको उनी आफै स्वीकार गर्छन् । ‘बालगोपाल सफल प्रशिक्षक हुन् । […]
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थापाथली चेस पार्कका आशिष फुयाल र क्यान्डिडेटमास्टर नविन तण्डुकार काठमाडौंमा जारी दोश्रो नमुना बौद्ध मास्र्टस चेस प्रतियोगिताको तेस्रो चरणको समाप्तीमा संयुक्त रुपमा अग्र स्थानमा रहेका छन् । बुधबार दोश्रो तथा तेश्रो चरणका खेलमा आशिषले क्रमशः क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मा तथा गोल्डेनगेट कलेजका सुदीप तामाङलाई हराए । त्यसैगरी नविनले दोश्रो चरणमा थापाथली चेस […]
September 18, 2019
पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति ( गण्डकी खेलकुद विकास समिति) ले सहारा क्लबको नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य राजेश कुमार गुरुङको अगुवाईमा समितिले बुधबार जिल्ला खेलकुद विकास समितिको सभाहल (पोखरा रंगशाला) मा नयाँ कार्यसमितिलाई स्वागत गर्दै बधाई ज्ञापन गरिएको थियो । राखेपका […]
September 18, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध च्याम्पियनसि लिगअन्तर्गत समूह चरणको पहिलो खेलका लागि रियल म्याड्रिडका फरवार्ड इडन हाजार्ड खेल्ने प्रशिक्षक जिनेदिन जिदानले पक्का गरेका छन् । सय मिलियन युरोमा हाजार्ड चेल्सीबाट यहि सिजनको सुरुवातमा रियल पुगेका थिए । चोटबाट मुक्त भएपछि हाजार्डले पहिलो पटक गत साता रियलका लागि परिवर्तित खेलाडीका रुपमा खेलेका थिए । […]
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद)– आइप्लेक्स मलमा फ्रि स्टाइल स्पोर्टस एन्ड क्याजुयल वेयरको अल्ट्रा धाविका मिरा राईले बुधबार उद्घाटन गरेकी छिन् । बानेश्वरस्थित आइप्लेक्स मलमा रहेको उक्त पसलमा एक्स टेप, एलभिडी, एचडी, क्यालिबर र इरिकका गरि ५ वटा स्पोर्टस् तथा क्याजुयल उत्पादक कम्पनीका सामाग्रीहरु पाइने सञ्चालक दावा तामाङले जानकारी दिएका छन् ।
September 18, 2019
एजेन्सी – क्रिस्टियानो रोनाल्डोले आफुले समग्रमा आठ पटक बालोन डी ओर जित्ने लक्ष्य राखेको बताएका छन् । चिर प्रतिद्वन्द्वी लियोनल मेस्सीलाई पछि पार्दै विश्वको उत्कृष्ट खेलाडी बन्नका लागि आफुले लक्ष्य राखेको उनले बताएका छन् । रोनाल्डो र मेस्सी दुवैको नाममा अहिले सामान ५ वटा बालोन डी ओर उपाधि छ । पछिल्लो एक दशक भन्दा लामो […]
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका बसोबास गर्दै आएका दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले चिलीमा आयोजना हुने कराते वान सिरिज ए च्याम्पियनसिप खेल्ने भएका छन् । चिलीको सान्टियागोमा सेप्टेम्बर २० देखि २२ सम्म हुने च्याम्पियनसिपमा भाग लिन लागेको सुनिलले हाम्रो खेलकुदलाई जानकारी दिए । उनले ७५ केजी मुनिको तौल […]
September 18, 2019
एजेन्सी – अस्ट्रियन क्लब साल्जवर्गका युवा खेलाडी अर्निङ ब्राउट हाल्यान्ड युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा ‘डेब्यु’ मै ह्याट्रिक पुरा गर्ने तेस्रो टिनेजर खेलाडी बनेका छन् । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको समुह चरणको खेलमा हाल्यान्डले जिन्कविरुद्ध ६–२ को फराकिलो जित निकालेको खेलमा ह्याट्रिक पुरा गर्दै च्याम्पियन्स लिगका ह्याट्रिक प्रहार गर्ने […]
September 18, 2019
एजेन्सी – अघिल्लो सिजन उच्च प्रदर्शन गरेको डच क्लब आयाक्सले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । आयाक्सले घरेलु मैदानमा मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब लिलमाथि ३–० को प्रभावशाली जित निकालेको हो । आयाक्सको जितमा क्वीन्सी प्रोमिस, एड्सन अल्भारेज र निकोलस ट्याग्लियफिकोले गोल गरे । अघिल्लो सिजन उच्च प्रदर्शन गरेक […]